राजदम्पत्ति मध्य तथा सुदूरपश्चिम भ्रमणमा आउने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, ०७ पुष
राजा ज्ञानेन्द्र शाह सपरिवार सुदूरपश्चिम र मध्यपश्चिम भ्रमणमा आउनु हुने भएको छ । अंग्रेजी नयाँ वर्षका दिन नेपालगन्जमा खोल्न लागिएको होटल सोल्टीको उद्घाटन र अन्य भेटघाटका लागि सुदूरपश्चिम र मध्यपश्चिम भ्रमणमा आउन लाग्नुभएको हो ।
राजा ज्ञानेन्द्र सपरिवार पुस १२ गते बुद्ध एयरको विमानबाट नेपालगन्ज आउन लाग्नु भएको हो । उहाँका साथमा छोरा, नाति–नातिना लगायत टोली नेपालगन्ज आउन लागेको हो । नेपालगन्जमा होटल सोल्टी उद्घाटनपछि त्यहाँ पारिवारिक जमघट हुने भएको छ । होटल सोल्टीकै स्वामित्वमा नेपालगन्जको कारकादोमा निर्माण सम्पन्न भएको सो होटलको अंग्रेजी नयाँ वर्ष अर्थात् पुस १७ गते उद्घाटन हुने भएको छ । पूर्वराजाको सुरक्षा सहितको टोली आइतबार नेपालगन्ज आउँदै छ ।
करिब दुई हप्ता मध्य र सुदूरपश्चिमको भ्रमणको तय गर्नुभएका राजाले दुवै क्षेत्रमा आफू निकटका राजावादीसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले शुक्रबार विज्ञप्ति जारी गरी पूर्वराजा ज्ञानेन्द्र र रानी कोमलको भ्रमण निश्चित भएको उल्लेख गर्नुभएको थियो । विज्ञप्तिमा राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह केही दिनको निजी भ्रमणको सिलसिलामा आगामी हप्ता मध्यपश्चिम तथा सुदूरपश्चिम आउने उल्लेख गरिएको छ ।
विभिन्न पारिवारिक कामले राजा निरन्तर रुपबाट देश दर्शनमा गइरहेका छन् । यस देशप्रतिको माया मोहलाई उहाँले उच्च प्राथमिकतामा राखेको कुरा उहाँका गतिविधिबाट जानकारी लिन सकिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *