रेशम चौधरीले प्रमाणपत्र नपाए आन्दोलन हुन्छः राजपा उपाध्याक्ष

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

टीकापुर, ०७ पुष
राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले कैलालीको टिकापुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई तत्काल विजेताको प्रमाणपत्र प्रदान नगरे आन्दोलनमा सुरु गर्ने चेतावनी दिएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा प्रचार(प्रसार समिति टिकापुर क्षेत्र नम्बर १ कैलालीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष लालले भने, ‘रेशम चौधरीलाई निर्वाचन आयोगले अन्याय गर्दैछ, विभेदकारी व्यवहार गर्दैछ, हामी निर्वाचन आयोगलाई सचेत गराउन चाहन्छौँ, तत्काल रेशमको प्रमाणपत्र वारिसमार्फत प्रदान गरोस्, होइन भने निर्वाचन आयोगको निश्पक्षतामाथि प्रश्न उठ्नेछ, र आन्दोलन हुनेछ ।’
उनले अघि थपे, ‘रेशम चौधरीलाई फरार अभियूक्त आदी इत्यादीले सम्बोधन गर्ने गरिएको छ, यसका बारेमा छानविन आयोगले सरकारलाई मधेसमा घटेका घटनाको बारेमा छानविन गरेर प्रतिवेदन सरकारलाई बुझाइसकेको छ, त्यो प्रतिवेदन सरकारलाई सार्वजनिक गर्न समेत माग गर्दछु ।’
त्यस्तै नव निर्वा्चित सांसद चौधरीकी धर्मपत्नी रञ्जिताले मतगणना स्थलमा समेत आफूहरुलाई प्रवेश निशेध गरिएको बताउँदै भनिन्, ‘२०७२ भाद्र ७ गतेको घटना नहुनुपर्ने थियो, भयो, त्यसमा हाम्रो समुदायले समेत दुःख प्रकट गरेको छ, त्यो घट्ना सरकारले नै गराएको हो, सत्य तथ्य छानविनको लागि अझैपनि आग्रह गर्दछु ।’
‘२ वर्ष ७ महिना वितिसक्दा पनि त्यो ७ गते बाहेक ८ गते कफ्र्र्यूका बीचमा थारु समुदायका घरहरु छानिछानि जलाउन दिइएको छ, त्यो हाम्रो समुदाय माथिको आक्रमण हो की होइन ?’
उनले थपिन्, ‘म धेरै टाढा जान चाहान्न गत मंसिर २१ गते पछि हाम्रो विजयी घोषणा भएपछि मतगणना स्थल धनगढीमा हामीलाई प्रवेश गर्न दिइएन, जनमतको कदर गर्नुको साटो प्रशासन समेत हामीमाथि अन्याय गर्छ, हाम्रा घरहरु खानतलासी गर्छ, यो अन्याय होइन ?’
यस सम्बन्धमा विभिन्न जनभावनाहरु बटुल्दा प्रहरीहरुले थारुहरुको घरघरमा गए आगजनी गरेपछि या छानविन गरेपछि या खानतलासी गरेपछि प्रहरीहरु मारिएका हुन् कि प्रहरीहरुलाई मारेपछि अपराधीहरुलाई खोज्न प्रहरीहरु गाउँतिर पसेका हुन् । प्रहरीहरुले घरबस्ती जलाउँदैनन्, उनका परिवारजनहरुले रिसको आवेगमा आएर जलाएको हो भने हामी भन्न सक्दैनौं भन्ने जनविद्वत वर्गहरुको भनाई रहेको बुझिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *