देशमा प्राण भर्ने काम गर्नुपर्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

प्राकृतिक समावेशी रहेको विश्वको एक पवित्र भु–भाग नेपाल एक विजोड र एसियाको स्वतन्त्र राष्ट्र जसलाई स्वतन्त्रता दिवस मनाउने जरुरत पर्दैन, परेको छैन । यो देशले थप प्राण मागेको छ । विश्वका हरेक राष्ट्रहरुले आ–आफ्नै शैलीले आफ्नो अलग पहिचान बनाएर राखेका छन् । त्यस्तै हाम्रो भारतखण्डमा पनि मर्यादा पुरुषोत्तम श्रीरामको सयम देखि अलग पहिचान रहेको क्षेत्र पूर्वमा टिष्टा पश्चिममा का“गडा सतलज सम्मको भु–भागमा गोरखालीले २५ वर्ष सम्म शासन गरी नेपालको नक्सामा अंकित रहेपनि अंग्रेजहरुको विस्तार नीतिले नेपाल अंग्रेज युद्ध भयो । अन्तमा सुगौली सन्धीले त्यो क्षेत्र नेपालले गुमाएपनि त्यस भित्र रहेको संस्कृति, संस्कार र धर्मको संरक्षण हालसम्म भइरहेको छ ।

हाम्रा साझा धार्मिक स्थलहरु बद्रिनाथ, केदारनाथ, हरिद्वार जमत्री, गंगोत्री, करण प्रयाग तथा गौतम बुद्धले ज्ञान प्राप्त गरेको स्थान बौद्ध गया, लुम्बिनी तथा पशुपति नाथले हाम्रो संस्कृति र धर्म बचाउने कामको संरक्षण गरी राखेका छन् । यी सबै क्षेत्रहरु हिन्दु बाहुल्यता रहेका स्थलहरु हुदा हाम्रो धर्म संस्कार संरक्षणमा अथाह मद्दत पुगिरहेको छ । क्रिश्चियन धार्मिक राष्ट्रहरुले आफ्नो धर्म प्रचारार्थ नेपालका कुना कन्दरा सम्म पहु“च बनाएका छन् । संसारलाई क्रिश्चियमयी बनाउन खोजेका छन् । धनको लोभमा हाम्रा नेता देखि सर्वसाधारण सम्म फसेका छौं । त्यो अभियान नेपालको धर्म संस्कृति र संस्कार समेत परिवर्तन गरी राष्ट्रवादलाई मासेर राष्ट्र विलय गराउने अन्जान खेलमा लागेका छैनन् भन्ने आधार प्रमाण हामी सित छैन ।

बेलायतले विश्वभरी आफ्नो अस्तित्व कायम राखी शासन जहा“ गरेपनि राजधानी बेलायतमा नै राखी राजपरम्परालाई हालसम्म पुनर्जिवित गराएर पनि राखी राखेको छ । विश्वका कुनै देशको चंगुलमा फसेको छैन । स्वतन्त्र भएर आफ्नो अलग अस्तित्व बनाई प्रजातान्त्रिक रुपबाट जीवित रही उन्नति पथमा गइरहेको छ ।

हामी नेपाली नेपाल भित्रका जातजाति धर्मको समावेशी छदाछदै पनि भाषण भिषणमा खोजी राखेका छौं । तर, विश्व सामु आफ्नै समावेशिता गुमाउदैछौं । हामी आफ्नो संस्कार परित्याग गराउने दिशामा पनि लम्की रहेका छौं । आफ्नो धर्म संस्कार परित्याग गर्दैमा हामीले उन्नतिको शिखरमा पुगिने होइन । पुगेपनि पराधीन भएर पुग्नु पनि आवश्यक छैन । मानव स्वतन्त्रता र अधिकारको नाममा जे पनि गर्न छुट पाउनु र दिनु विश्वको कुनै पनि कानून सम्मत छैन ।

आज नेपालले थप नया“ प्राण मागेको छ तर पुरानो प्राण परित्याग गराई नया“ माग गरेको नभई धर्म, संस्कृति, संस्कारको संरक्षण नभए राष्ट्र सबल हुन सक्दैन भन्ने विद्वानहरुको अनुभव र अनुसन्धानबाट देखिएको हुदा राष्ट्रलाई बलियो बनाउने विश्वमा आफ्नो अलगै मैत्री समेतको पहिचान बनाउने प्रमुख आधार भएकाले यिनको संरक्षण पछि मात्र देशले गति लिन सक्ने हुदा वर्तमानमा थप उर्जा रुपी प्राण मागेको छ । प्राण दिनको लागि हामी जुनसुकै जाति, धर्म, राजनीतिक पार्टीमा आबद्ध भएपनि सबैको लक्ष्य राष्ट्र निर्माण नै भएकाले अनेकता परित्याग गरी एकताको साझा सुत्रमा बाधिनु जरुरी छ । आफ्नो देशको अस्तित्व राखी गरेको प्रगति मात्र प्रगति हो अन्यथा विनासको मार्ग मात्र हो भन्ने शाश्वत सत्य भएकोले लुक्ने छैन ।

हिन्दु धर्मका अनुयायीहरु हाम्रो धर्म परम्परालाई मानी दिनुस् भनेर विश्वका कुनै पनि देशमा गएका छैनन्, तैपनि पश्चिमा मुलुकहरुले वेद तथा गिता जस्ता हाम्रा पौराणिक ग्रन्थहरुलाई अंग्रेजीमा रुपान्तरण गरी मागेर अध्ययन गरी रहेका छन् र अध्ययन पश्चात् ती राष्ट्रहरुका विद्वान अत्यन्त मार्मिक भएका समाचार सबैले सुन्न पाएका छौं ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *