सरल र सहज जीवन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

देवतुल्य प्रिय आत्मन !
नितान्त भिन्न विषयमा अनुभवजन्य जीवनशैली भाग गर्न खोज्दैछु । हामी अति सामान्य न्युनतम मुल्यमा वा विना मुल्य पनि सरल र सहज जीवनयापन गर्न सक्छौं । यो संभव मात्र होइन अनिवार्य छ भन्ने अटल विश्वास हुनाले विश्लेषण गर्न आवश्यक लागेको छ । मधुमेह, उच्च रक्तचाप लगायतका मृत्यु नजिक पु¥याउने कतिपय रोगहरुलाई सामान्य प्रकृया पालन गर्दा पराजित गर्न संभव छ । त्यसैले केही अनुभव गरेका र पालन पनि गरिएका अभ्यासहरु अभिव्यक्त गर्ने मनसाय हो ।

पानी कसरी कति हुन बेला पिउनेः विहान उठ्ने वित्तिकै कुल्ला नगरी अर्थात् ब्रुस समेत दात माज्ने काम भन्दा पहिले मनतातो पानी चिया पिएझै घूटघूट गरेर ४ गिलास सम्म बसेर पिउने, संभव भए कागति वा गौमुत्र केही मात्रामा मिसाए उत्तम, राति मेथीका दाना एक गिलास पानीमा भिगाई विहान त्यो पानी गरम पानीमा मिलाइ पिउने र त्यही १ चम्मच भिजाएको मेथी दाना चपाउने, पश्चात १ घण्टा सम्म केही नखाने, महुमेहका रोगीहरुका लागि यो अत्यन्त हितकारी भएको अनुभवमा आयो । १ घण्टा पछि विहान घुमफेर गरी आएपछि लहसुनका २ टुक्राहरुको कभर निकाली हल्का थिचि खाने, महमा मिसाई खाएमा गुणकारी छ । लहसुन छिल्का निकाली त्यसै खानुभन्दा कम्तिमा १५ मिनेट थिचेको लहसुन महमा राखी खाने, लहसुन नथिचे फाइदा निकै कम हुन्छ । मह कस्तो हुनु पर्दछ ? बजारमा पाइने मह अहितकारी हुन सक्छ । पोला सहितको मह सेवन गर्दा महुमेहमा पनि १ चम्मच सम्म लिदा फरक पर्दैन । तर चिनि मिसाएका पदार्थ जहर हुन् । त्यसैले यसमा सावधानी आवश्यक छ । अल्परक्तचाप, गर्भिणी महिला, अप्रेशन गरेकाले परहेज गर्नु उचित होला ।

मधुमेहका रोगीहरुले गुड मह खान मिल्छ कि मिल्दैन ? केही महिना पूर्व सम्म यसको खोजी गरे । गुड खान मिल्छ तर कस्तो र कति ? बजारमा पाइने सबै गुड होइन । कोल्हुमा पेलिएको केमिकल नमिसाइएको लगभग कालो रंगको गुड ४०÷५० ग्राम सम्म खादा हितकारी हुन्छ । मधुमेहलाई पनि नोक्सान गर्दैन भनि विज्ञहरुले बताएपछि १ हप्ता निरन्तर सेवन गरी रगत जाँच सामान्य पाइएकोले प्रयोग गर्दा फरक नपर्ला ।

पानी दिनमा ४ लिटर सम्म अवश्य पिउनुपर्छ । मन्तातो पानी घूट गरेर विस्तारै पिउने, खाना खाएको १ घण्टा सम्म पानी पिउनु हुदैन । त्यस्तै आधा घण्टा पहिले पानीपछि खाना खानु पर्छ । यसका वैज्ञानिक आधार छन् । म दावाका साथ यो लेख्दैछु खाना कति कुन बेला के खानु पर्दछ ? विहान ९ बजे भित्र नास्ता होइन पुरा खाना अवश्य खानुपर्छ । दिउँसोको खानामा विहानको भन्दा १ तिहाइ कम खाने, रातिको त्यो भन्दा पनि १ तिहाइ कम ७ बजे भित्र खाइ सक्नुपर्छ । त्यसपछि २ घण्टापछि मात्र सुत्ने, रातिको हल्का खानापछि ५÷७ सय कदम कम्तिमा पनि डुल्नैपर्छ र बाँकीको अवधि अर्थात् खाएको २ घण्टा सम्म क्रियाशील रही निद्राबाट जोगिनुपर्छ । खानामा तारेको चिल्लो पिरो पदार्थबाट बच्ने, फाइवर अर्थात् रेसायुक्त खाना खाने, चटपटा मैदाबाट बनेका वस्तुबाट यथासंभव बच्ने, हरियो साग अन्य सब्जी बढी से बढी खाने, भरपेट भोजन नगर्ने ।

चुनाको महत्वः गहुँ दाना बराबरको चुना ३ मध्ये एउटामा मिलाइ खाने (१) दही, (२) दाल, (३) मन्तातो पानीमा घोलेर विहान भरसख खाना खानु अगाडी अवश्य पिउने तर गौलव्लेडर (पत्थरी) को सिकायत भएकाहरु लाई यो बर्जित छ । यस सानो लेखमा अमृततुल्य चुनाको वर्णन संभव छैन । कैल्शियमको भरपुर मात्रा रहने चुनाले पचासौं रोगमा अमुल्य सहयोग गर्छ भनि ज्ञानीजनले बताएका छन् ।

योग प्राणायमः खाना खाएपछि गर्नैपर्ने योग बज्रासन हो । खुट्टाका तलुवा होइन पछाडीको भाग मलद्वारको तल पारी कम्तिमा १० मिनेट बस्नु आवश्यक छ । यो बाहेक खानाको २ घण्टा सम्म अन्य कुनै प्राणायाम गर्नु अहितकारी हुन्छ । मधुमेहका रोगीहरुका लागि वा स्वस्थ मानिएका लागि पनि कम्तिमा आधा घण्टा शारिरीक व्यायाम अवश्य गर्नुपर्छ । प्राणायामका सैकडौं प्रकार छन् । बाबा रामदेवले ८ वटा प्राणायाम विधि निर्माण गरी प्रत्येक दिन गर्नैपर्ने बताएका छन् । उसरी कुनै पनि व्यायाम गर्न प्राणायाम आवश्यक पर्छ । पेटलाई भित्र लगि दबाउँदा, पवनमुक्तासन गर्दा पनि रेचन अर्थात् श्वास बाहिर फालेर मात्र संभव हुन्छ । भुजगासन गर्दा कुंभक अर्थात् श्वास भित्र रोकि गर्नुपर्छ । अलग यौगिक क्रियाहरुमा रेचक पुरक अलग प्रकृतिमा प्रयोग गर्नपर्ने हुन्छ ।

प्राणायामहरुमा कपालभाती प्राणायाम सर्वाधिक महत्वको छ । भस्त्रिका, अनुलोम विलोम, भ्रामरी, उज्जायी, नाडी शोधन लगायतका विधि अनिवार्य रुपमा गर्नै पर्दछ किनभने श्वासको आवागमन संगै जीवन आउँछ, बर्हिगमन संगै मृत्यु । त्यसकारण श्वासमा नै जीवन टिकेको छ । सहज सरल जीवनका लागि श्वासका नियम जसलाई प्राणायाम भनिन्छ यो अत्यन्त आवश्यक छ । किन त भन्नका लागि लेखेर पढेर मात्र होइन प्रयोग गरी हेर्दा आफै पत्ता लाग्छ । सरल सहज जीवन विताउनका लागि र ईश्वरमा समाधिस्थ हुने ध्यानको अचुक विधि मध्ये विपस्यना अर्थात् श्वासको निरिक्षण गरी साक्षी भावमा प्रतिष्ठित हुनु हो । यो लेखि रहदा भन्नै पर्छ अझै सफल त के छायाँको नजिक पनि पुग्न सकेको छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *