राजनीतिक घटनाले हत्या गर्दैन असल नीति हुनुपर्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

एक युग थियो संसारको राजनीतिक बटवारा भएको थिएन । संसार आवाद गर्न बाँकी थियो । अवैज्ञानिक तरिकाले आवादी गर्दै थिए । शक्तिशालीहरु अंग्रेजले पुरा भारतको भुमि कन्या कुमारी कलकत्ता देखि काश्मीर सम्मको भु–भागमा आफ्नो अधिकार जमाई नेपाल माथि पनि आक्रमण गर्न सुरु गरेको थियो ।

पुरै देश उसको लागि छोड्नु भन्दा केही भु–भाग सुगौली सन्धी नामको सन्धीले गुमाए पनि नेपाल विश्वमा आज सम्म स्वतन्त्र रहेको थियो । त्यसकारण नेपाल स्वतन्त्रता दिवस मनाउँदैन । साना–साना राज्यहरु नै रहेका भए अंग्रेजले जिति सक्ने थियो तर वीर बलभद्र, अमरसिंह थापा जस्ता योद्धाहरुको सहाराले विशाल नेपालको निर्माण पृथ्वीनारायण शाहको अथक प्रयासबाट हुदै गरेको र शेष रहेको बाँकी बहादुर शाह अर्थात् पृथ्वीनारायण शाहका सन्तानहरुले विस्तार गरी सकेका थिए ।

नेपालमा जब जंगबहादुरको उदय भयो हत्या हिंसाबाट नै भयो । त्यसपछि थोरै भएपनि २००७ सालसम्म थोरै हत्या हिंसामा प्रजातन्त्रको प्राप्ति भयो तर प्रजातन्त्र प्राप्त भएपनि स्वतन्त्रता भने अप्रत्यक्ष रुपले गुमाउनु प¥यो । खुला आकाश रहेपनि नेपाल खुला रहेन । भारतको छातामुनि रहन बाध्य भएको थियो ।

युवराज छदा र राजा भएपछि १० वर्ष सम्म बाध्य भएर त्यो छाता राजा महेन्द्रले पनि ओड्नै प¥यो । अन्तमा छाता बाहिर निस्कने प्रयास २०१७ सालमा राजा महेन्द्रले गरे । त्यसबेला भारतका शासक र उनका अनुयायी नेपाली नेताहरुले पटक पटक महेन्द्र माथि हमला गरे । येनकेन निर्दलिय व्यवस्थाको सुत्रपात गरी २०४६ सालसम्म त्यही निर्दलिय व्यवस्था कायम रह्यो । निर्दलको बेला देश भत्काउन खोज्ने नेताहरुले आफ्नै तरिकाको शासन गर्न २०४७ को संविधान निर्माण ग¥यो तैपनि त्यो संविधानबाट भारतीय शासकहरु सन्तुष्ट हुन नसकी नेपाली नेताहरुलाई हातमा लिई नेपाल माथि ठूलो संकट पैदा गराई नेपाललाई असफल राष्ट्र घोषित गराउने गोप्य खेलमा लाग्यो । पटना हुदै नेपालका लडाकु विद्रोहीहरुलाई ट्रकौ हतियार र रकम सहयोग ग¥यो । नेपालका विद्रोहीहरुको हेडक्वाटर दिल्लीमा रहेको थियो । भारतका माओवादी माथि आजसम्म कारवाही गरी रहेको भएपनि नेपालमा कार्यरत माओवादीलाई सहयोग गर्दै लडाकुहरुलाई भारतका विभिन्न ठाउँ
देहरादूनका स्थानहरुबाट समेत तालिम दिदै गयो ।

जब नेपालमा अत्याधिक क्षति पुग्यो त्यसपछि नेपाली कांग्रेस, एमाले, माओवादी लगायतका ठूला गनिने ७ पार्टीहरुलाई दिल्ली बोलाई १२ बुदे सहमति सम्झौता गरी काठमाण्डौंमा आन्दोलनको तयारी गरी १९ दिनसम्म सशक्त आन्दोलन गरायो गरे । रक्तपात बेगर जे जे गिरिजा, माधव नेपाल, पुष्पकमल दाहाल लगायतका नेताहरुले भने त्यही त्यही कुरा राजा ज्ञानेन्द्रले गरी दिए । अन्तमा नयाँ निर्वाचन नगरी नेपाली कांग्रेसले भंग गरेको सभालाई पुनर्जिवित गराई माग्यो । त्यो मृत सभा जीवित गराई त्यसको बैठकबाट संविधान सभाको निर्वाचन गर्ने र संविधान सभाको पहिलो बैठकबाट राजा ज्ञानेन्द्रलाई निलम्बन गर्ने निर्णय भयो । राजनीति परिवर्तन माओवादीको नामबाट २०५२ साल देखि १० वर्षसम्म चोरी चोरी युद्ध चल्यो । राजा वीरेन्द्रले सरकारलाई सैनिक परिचालन गर्न बन्देज लगायो । त्यसबाट के थाहा हुन्छ भने सरकारमा रहेका पार्टीहरु पनि आफ्नै सरकारको विरुद्धमा सहभागी रहेका थिए । जुन कुराको प्रमाणिक दिल्लीमा भएको १२ बुँदे सम्झौताले प्रमाणित गरेको छ ।

सैनिक परिचालन गर्न नदिएपछि राजनीतिको रुप नै फेरियो र राजा वीरेन्द्रको वंश नास हुने गरी हत्यो भयो । विभिन्न नीति अपनाई राजसंस्थालाई कमजोर पार्दै उल्टा दोष पनि दिदै गरेर नै राजसंस्था मास्न नेपालका नेताहरु सफल भएपनि राज्य गर्नमा भने नैतिकताको अभावमा हालसम्म सफलता पाउन सकेका छैनन् । २०५२ देखि २०६२ को अवधिमा द्वन्द चलायो, परिवर्तनको लागि त्यो अवधिको हत्या हिंसा सब राजनीतिक थियो भन्दछन् तर त्यसपछि मधेश आन्दोलन भयो, टीकापुर घटना घटायो, त्यो के को लागि थियो ? अधिकार प्रत्यायोजन २०४७ को संविधानले गरिसकेको थियो, बाँकी रहेका अधिकार २०७२ को संविधानले हस्तान्तरण गरी सकेको छ । को नेपाली सित के अधिकार छ सबै सित समान रुपमा छ तर अचेल मात्र जसले पौठी पैसा खर्च गरी निर्वाचनमा जित्न सक्छ ऊ सित केही बढी अधिकार जान्छन् गएका छन् ।
राजनीतिक मुद्दा बनाई पटक पटक जनताको हत्या गर्नु गराउनु अपराध थियो र छ । राजनीतिक घटनाले हत्या गर्दैन ।

अबको युग सभ्य युग हो । राजनीतिक घटना भनेर हत्या गर्ने छुट हुदैन । बुद्धि ऐन नियमले चल्ने युगमा जनतालाई बलजफ्ती आफ्नो पक्षमा ल्याउँदा ७० वर्ष भन्दा पनि पूर्वका केही घटनाहरु याद आउँछन् । त्यो बेला गाउँगाउँमा ठालुहरुको विगविगी, गाउँमा विधवाको संख्या पनि धेरै हुने, लोग्ने मानिस काम गर्न तराई तर्फ पनि झर्ने, मलेरिया हैजाले फर्कदा सबै नफर्कि एकल महिला त्यसमा पनि १८÷२० वर्षको उमेरमा बढी हुनुको कारण १०÷१२ वर्षको उमेरमा विवाह गरेर पनि होला । विधवालाई माईत र पोइलमा राख्न पनि डराउँथे । कहीकसैको पेट बोकि भने ठालुहरुले पनि दुःख दिने परिवार नियोजनका साधनहरु नभएको बेला बलजफ्ती विधवालाई बलजफ्ती कसै सित विदा गराई दिनुपर्ने हात खुट्टा बाँधी बोकेर लगेर राक्षस विहा गराएपछि भने राम्रो घरबार बसेको देखे सुनेका थियौं ।

राज्यमा पनि त्यस्तै हुदो रहेछ । जनताको मन नभएपनि गोला बारुद हत्या हिंसा गरी कब्जा गर्ने र जनताको इच्छा विरुद्ध शासन गर्ने केवल कब्जा भइसकेपछि मात्र जनमत लिने जस्तो चाहिन्छ । त्यस्तै गर्ने माहौल बनाई सत्ता, व्यवस्था हस्तान्तरण गरीसकेपछि राज्यको सञ्चालन पनि सुरु सुरु हुने रहेछ । राजी खुसीले हुनुपर्नेमा बलजफ्ती वर्तमानमा पनि राज्य कब्जा गरी चलाएका र चलिरहेका प्रमाणहरु छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *