पुनसर््थापना गर्न आरक्ष पीडितको माग

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, २९ मङ्सिर । कञ्चनपुरका आरक्ष पीडितले नवनिर्वा्चित प्रतिनिधी र प्रदेश सभा सदस्यलाई न्यायिक पुर्नस्थापनाका कार्यक्रम ल्याउन माग गरेका छन् ।

शुक्रबार आरक्ष पीडित जिल्ला संघर्ष समितिको पुर्नगठन कार्यक्रममा पीडितहरुले न्यायिक पुर्नस्थापनाका कार्यक्रम ल्याएर पीडितको समस्या समाधान गर्न माग गरेका हुन् ।

आरक्ष पीडित जिल्ला संघर्ष समिति कञ्चनपुरका अध्यक्ष हिरासिह भण्डारीले आरक्ष पीडितले नव निर्वा्चित साँसदलाई बधाई तथा सफल कार्यकालयको शुभकामना समेत दिएका छन् । यस अघि जितेर गएकाहरुले पीडितको पक्षमा कुनै पनि काम नगरेकाले पीडितको समस्या जस्ताको तेस्तै रहेकाले अहिले निर्वा्चित साँसदले गम्भिर भएर ध्यान दिन समेत माग गरेका छन् ।

जसरी आरक्ष पीडित र आम जनताले जिताएर प्रदेश र केन्द्रमा पु¥याएको छ, ठिक त्यसैगरी पीडितको न्याय र जनताको सेवाका लागि समेत तल्लिन हुन आग्रह गरेका छन् । यसैविच आरक्षपीडित जिल्ला संघर्ष समिति कञ्चनपुरमा पुनः हिरासिह भण्डारी नै चयन भएका छन् ।

कञ्चनपुरका आरक्ष पीडितले आफुहरुमाथी राज्यले गरेको अन्यायको क्षतिपुर्ती दिनुपर्नेमा समेत जोडदिएका छन् । विस २०५८सालमा शुक्लाफाँटा विस्तारका क्रममा विभिन्न स्तानबाट विस्थापित गराएका पीडितको अहिलेसम्म पुर्नस्थापना हुन सकेको छैन् । उनीहरु जिल्लाका विभिन्न स्थानमा शिबिर बनाएर बस्न बाध्य भएका समाचार प्राप्त भएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *