देशलाई एकताको सुत्रमा बाध्नुपर्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

देशले समानता पावस्, जाति, लिङ्ग, भेद नहोस् सबै जातजाति हामी एक हौं एकताबद्ध भएर रहने कुरा नेताहरुले गर्नुपर्छ । कसैको सम्पत्ति खोसी कसैलाई बाटुला भनी गरिव आशावादीलाई लोभ्याउनु हुदैन । नेपालमा नेपालीको शत्रु कोही थिएन तैपनि भाई छोरा बुहारीहरुको हत्या आन्दोलनको नामबाट ग¥यो गराइयो । त्यो भुल थियो । कसै अहितकारी विदेशीको षड्यन्त्र थियो, नहुनुपर्ने काम भयो । जे जति क्षति नेपाली नेताहरुले नेपालका जनतालाई पु¥यायो त्यो विर्सेर अबका दिनहरुमा कुनै जातजाति, वर्गलाई हामी यो दिउँला त्यो दिउँला भनी न लोभ्याएर इमानदारीका साथ नेपाली जनताको चाहना बमोजिम राज्य संचालन गर्नुप¥यो ।

संघियताको ठाउँमा विकेन्द्रीकरणको नीति राखी सनै–सनै प्रत्येक दफा बमोजिम अधिकार प्रत्यायोजन गर्दै गए सरल हुने थियो । जसरी वित्तिय व्यवस्था करिब विकेन्द्रित हुदै गएको थियो त्यसलाई सफल पारी न्याय व्यवस्थालाई विकेन्द्रित गर्दै देशको उन्नतिको बाटो छानेको भएपनि हुने थियो त्यस्तो भएन । अब देशका सबै नागरिक, जातजाति, भाषा समेटिने गरी हाम्रो गौरवमयी इतिहास, सनातन धर्म समेत बचाई नेपालको संविधानमा नअटाएको हिन्दु राष्ट्र तथा ब्रिटेन, जापान जस्ता देशहरुको जस्तै सांस्कृतिक एकताको प्रतिक मानी राजसंस्था समेत अटाउने गरी नयाँ व्यवस्थाको अवलम्बन ग¥यो भन्ने यो देशमा गृहयुद्धको संभावना हटेर जानेछ तर जातिय राज्य, खस, बाहुन, जनजाति आदिको नाममा देश विभाजन गर्ने हो भने भाबी दिनहरु असुरक्षित रहनेछन् ।

पञ्चायतकालमा वि.पि., पुष्पलालको जयन्तीमा विक्षारोपण गर्दा रोपेका विरुवा मूर्खहरुले उखालेर फालेको जस्तो वैरभाव राख्नु हुदैन । लोकतन्त्रमा लोकको हित हुने काममा सबैलाई समेट्नु पर्दछ । पूर्व राजा ज्ञानेन्द्र शाह पनि देशभक्त साधारण नागरिक सरह भएर बसेका हुदा जे जति सजिलो गरी आफ्नो राजपाठ छोडी नयाँ व्यवस्थाको सुधार होस् भनेर पनि मेरो देश नमरोस् भन्ने राजा महेन्द्रका सन्तान भएर पनि यो देशप्रति जे जति माया उनीमा छ बरु हामीमा त्यति नहुन सक्छ । पञ्चायतकाल राणा शासकहरुलाई गाली गर्दैमा वित्यो, अबका दिन त्यसरी नवितुन् । युवाहरुलाई यो देशको बारेमा तुरुन्त केही थाहा नहुन सक्छ । त्यस कुरालाई पनि ख्यालमा राखी अनेक जातजातिलाई यस्तो उस्तो दिउँला, गरौंला भनी लोभ्याएझैं युवाहरुलाई अनाहकमा कसैले पनि लोभ्याउनु हुदैन । युवाहरुलाई बेरोजगार भत्ता होइन कि रोजगार दिने व्यवस्थातर्फ लाग्नु प¥यो । सामाजिक भत्तामा बृद्धि गरेर मात्र हुदैन उनलाई सुविधा पुग्ने व्यवस्था मिलाउनु बरु बेस हुन्छ ।

देशको सम्पत्ति भनेका युवाहरु नै हुन् । युवाहरुलाई आफ्नो निहीत स्वार्थमा नलगाई राष्ट्रको स्वार्थमा लगायो र उनीहरुलाई झुठो इतिहास, गलत कुराहरु नगरी यथार्थ कुरा बताइ दिएमा देश कहिल्यै पनि आक्रान्तमय हुदैन । विकास निर्माण आज छ भोली छैन, पर्सि विकास हुन सक्छ । विकास मात्र ठूलो कुरा होइन, देशमा शान्ति,सुव्यवस्था तथा घरको जस्तै अमनचयन कायम रहनुपर्छ । स्वतन्त्र मानिसले स्वतन्त्र भएर बाँच्न पाउनु पर्छ भन्ने कुरालाई हर क्षेत्रबाट सम्झाई राख्नुपर्छ । राजनीति गर्ने मानिसहरुले अरु विभिन्न पेसामा अल्झियो भने न त्यो पेसा सफल हुन्छ न राजनीति । त्यसकारण राजनीतिक बाटो अँगाल्ने हो भने विद्यार्थी काल देखि नै प्रत्येक गाउँ घरको वस्तु स्थितिको इतिहास आफ्नो आँखाले हेर्नुपर्छ र मनन गर्दै जानुपर्छ । कसरी कुन बाटो गएपछि जनतालाई तथा सम्पूर्ण समाजलाई हित हुन्छ भन्ने कुरा सोच्नु पर्ने देखिन्छ । यस्तै विभिन्न कुराको ख्याल राख्यौं भने देशमा मेलमिलापको वातावरणको सिर्जना हुन्छ र देशले स्थायित्व पाउनेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *