फर्केर हेर्दा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–थानेश्वर प्रसाद भट्ट


अति दर्पे हतालङ्का अति मानेच कौरवा
अतिदाने बलिर्बद्ध अति सर्वत्र बर्जितम् ।

केही समय अगाडी मत परिणाम आउँदा महेन्द्र स्मारक मुख्य सडकमा २÷४ जनाको वार्तालाप रोचक लाग्यो । अतितमा ती महानुभावहरु प्रजातन्त्र नामको शब्दका लागि लडेका प्राणीहरु नै थिए । उनीहरुको समर्पण र कांग्रेसप्रतिको निष्ठामा कुनै शंका थिएन । स्थापित र मान्यजन सम्झिएका ती मानिसहरुमा कुनै दुःख अफसोच केही थिएन । लाभ न हानी, हर्ष न विस्मात् भन्दै थिए । ती शब्दहरुमा गहन नैराश्यता, उपेक्षित रहेको पीडा स्पष्ट झल्कन्थ्यो । अवसरवादीहरुले निष्ठा र आस्थाप्रति उपहास गरेकै हुन् । १८ गतेपछिको मेरो सक्रियता अनुभव गरेरै होला कतिपयले प्रश्न गर्दै रहे कुन दल सिद्धान्त वा व्यक्तिप्रति झुकाव भनेर जिज्ञासा गर्नु स्वाभाविक थिो ।

पञ्चायतको प्रतिबन्धित कालमा सतहमा देखिएका कांग्रेसीहरुले विरोध कार्यक्रम गर्दा वा मुद्दा पर्दा, थुनामा रहदा अदालती बहश गर्न देखि चियाको केतली आफै बोकेर जाने गर्थे । संगम होटल खुलेको थियो त्यसको आयु लताकै उमेर हो । उनको जन्म समय देखि प्रारम्भ त्यो होटेल मेरा लागि पवित्र मन्दिरझैं थियो । २०३६ सालको जनमत संग्रहमा पञ्चायत विरोधमा सक्रिय रहने मध्येको जमातमा भएपनि कांग्रेस भने थिएन । तारिणीजी मेरा लागि श्रद्धेय परिवारजन भन्दा बढी आत्मिय लाग्थे । दिवंगत श्रीकृष्ण भट्टराईजीले मेरो लागि प्रशंसा पत्र नै लेखि दिदा कतिपय कांग्रेसी आफ्नो सिफारिस गर्न अनुरोध गर्थे । त्यतिसम्म हुदा पनि कांग्रेसको टीकट भने लिएन । २०४२ सालको सत्याग्रहका बखत कांग्रेसी धेरैजसो नजरबन्दमा परे । त्यसमा म पनि सामेल हुन गए । अरु सब राजनीतिज्ञ भए ।

मलाई भेट्न पनि कोही नआउने तिनको हामीसंग सरोकार होइन भन्ने कृतघ्न शब्द मेरा कानमा परे । एक महिनापछि म थुनामुक्त भए त ठूला प्रजातन्त्रवादी दाबेदारहरुका नजरमा अवमुल्यन बेसरोकार अनुभुति भयो । प्रकारान्तर स्वयं शेरबहादुर कांग्रेसमा सम्मानसहित स्वागत छ भनि दलबल सहित २०४६ सालतिर मेरो घरमा आउनु हुदा विनम्रतापूर्वक अस्वीकार गरे । क्रमशः जसका विरुद्ध प्रतिबन्धित कालमा लडे तिनै व्यक्तिहरु सैकडौंको संख्यामा कट्टर कांग्रेस भएर म लगायतका नेता बन्न पुगे । त्यसबाट घृणा राजनीतिप्रति नै वितृष्णा पैदा भयो । त्यो आजपनि कायम छ । परिवर्तन पश्चात् श्री शेर बहादुरको म प्रति प्रत्यक्ष भेटमा आत्मीयता थियो र छ ।

तत्समयका प्रधान न्यायाधीश स्व. श्री विश्वनाथ उपाध्यायले तपाई सर्वाेच्च कै न्यायाधीशका लागि योग्य भएपनि प्राविधिक कठिनाईले पुनरावेदन अदालतमा मनोनित ग¥यौं, चाडौं पदोन्नति हुनेछ भनी आश्वस्त पार्ने क्रममा शेर बहादुरजीले पनि तपाईका विषयमा रामै्र कुरा गर्नु भएको भनि बताउनु भएको थियो, त्यसका लागि आभार । दुर्भाग्यवश आदर्श मानिएका व्यक्तिले व्यर्थमा मपाई बनेर सिफारिश गरे भनि दाबेदारी गर्दा घृणा पराकाष्टामा पुगी आत्मसम्मान बचाउन अल्पसमयमा नै संबैधानिक पद छोडेको सबैलाई जानकारी छ । धेरै दलहरुले आग्रह गरेपनि संलग्न भएन किनभने आयाराम गयारामहरुका भिडमा हराउने पूर्ण विश्वास हुनाले निरपेक्ष तटस्थ भएर बसेको छु । तिकडमबाजहरुको हाली मुहालीमा पलायन गर्न बाहेक विकल्प पनि थिएन ।

ढिलो चाडो मात्र हो वास्तविकता छिपाएर छिप्दैन । नाम प्रजातन्त्रको अनि आफु भरिपूर्ण हुने, टुटेको चप्पल लगाउनेहरु सोल्टीबाट स्नेक्स मगाएर स्कँच पिउने, आफुप्रति समर्पित उनका रखौटे भन्ने घोर अहङ्कारबाट सदैव सम्मान कसरी प्राप्त हुन सक्छ ? निष्ठावान् प्रजातन्त्रवादी उपहासका पात्र बनाइए । पंच भनि तिरस्कार गरिएका कंठको माला बने । गुण्डा अपराधी तस्कर भ्रष्टहरु प्रिय पात्र बनेको स्थितिमा जहरको विऊ रोपेर अमृतको कल्पना गर्ने धूर्तहरु हो ! अब संघर्ष त्याग तपस्या बलिदान गरेर देखाऊ, जनतताले कसरी हेर्नेछन्, सामथ्र्य पुरुषार्थको नमुना यो निर्वाचन हो तर जित्नेहरुले पनि क्षणिक प्रफुल्लता पाएपनि चिरस्थायी हुनेछैन किनभने जो भएपनि संस्कृतिको विकास हिंसा पूजन हुन गएको छ ।

निर्वाचित मध्येका कितपय आकृतिहरुबाट त्यसको झलक प्रदर्शन भइरहेको छ । आफ्ना लागि माया गर्नेप्रति उपहास र तिरस्कार गर्दा हामी आम सर्वसाधारणले चित्कार पीडालाई सानो अवसर पाएपनि कसरी अभिव्यक्त हुन सक्तछ ? त्यसको प्रतिनिधि पात्र म जस्ता धेरै छन्, चित्कारलाई हाँक मानेमा, घुइतडीको शेड्या को त भनि खोज्न धेरै मेहेनत गर्नै पर्दैन । के को दल, के को आस्था, सिद्धान्त र निष्ठा त्यसको कुनै मुल्य नभएपछि आफ्नो परिचय र दलिय आस्था त्यही अध्यात्मिक पात्र ‘घुइतडीको शेड्या’ भन्ने अनुभुति भइरहेको छ ।

अन्तरघातीहरुले भने खुबै कमाई गरेछन् । दशैंतिहार त यिनै हात मरुवाहरुका लागि चुनाव भएर आयो । यो पनि ठुलै व्यवसायका रुपमा फष्टाएको रहेछ । लौ है अब फेरि अवसर चानस आएको छ, वामपन्थी भनि हाल उसरी बताउनु के पर्ला प्रत्यक्ष देख्न त पाइने नै होला । अवसरवादी, आयाराम गयाराम, तिकडमवाज, धूर्त बाहुबलीहरुको जै, भ्रष्टाचार भागबण्डा जिन्दावाद ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *