सबै नेपाली वाम, सबै वाम नेपाली !

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-बलदेव अवस्थी । सबै पञ्च नेपाली सबै नेपाली पञ्च सुनेका थियौं जुन २०४६ सालले झुठ्ठा सावित गरी दियो । २०४६ को परिवर्तन २०४७ को संविधान हो । २०३७ सालको जनमत संग्रह पछि २०३८ सालमा बनेको सरकारले २०४३÷४४ सम्म गति लियो । जनमत संग्रहपछिका नारा थिए सबै पञ्च नेपाली सबै नेपाली पञ्च । लगभग ५ वर्षसम्म देशले रामै्र विकासको गति लियो ।

त्यसपछि नेपालमा बहुदलिय व्यवस्थाको पुनःस्थापना कसरी गर्ने भनी केही नेताहरुको विशेष दौडधुप रह्यो । २०४४ सालदेखि देशभर राजनीतिक षडयन्त्रले तीव्र रुप लियो । २०६२÷६३ मा दिल्लीमा १२ बँुदे सम्झौता गरेझैं हाम्रा अग्रपंक्तिका बहुदलिय नेता र राजिव गान्धी लगायत भारतीय नेताहरुसित तिब्र भेटघाट परिवर्तनको बारेमा भारतीय नेताहरु २०४५ चैत्र १० गतेको नेपाल माथिको नाकाबन्दीपछि नेपालमा आएर खुलस्त विरोध गर्न थाले । शासक राजा हुन् वा प्रधानमन्त्रीलाई कमजोर पार्ने षड्यन्त्रहरु धेरै हुन्छन् हुदा रहेछन् भन्ने कुरा भारतीयहरुले सार्क सम्मेलनमा पाकिस्तानको इस्लामाबादमा भारतीय प्रधानमन्त्री राजीव गान्धीले चियापानमा निमन्त्रणा गरेकोमा राजा वीरेन्द्र जानु भएनछ । आराम नभएर हो कि भनि उनीहरुले चियो गरेछन् । राजा रानी आरामै रहेको थाहा पाएछन् ।

अनि भारतको निर्वाचित प्रधानमन्त्री राजीव गान्धीले निमन्त्रणा गरेकोमा किन सवारी नभएको भन्ने विषयमा चासो लिएछन् । सिष्टाचार मिलेन, राजालाई त राष्ट्रपतिले निम्तो गरे पो सवारी हुने प्रधानमन्त्रीको निमन्त्रणामा सवारी हुन मिल्दैन भन्ने सचीवहरुको कुराले सवारी नभएको भन्ने उनीहरुलाई परेको रहेछ । तर कुरा त्यस्तो थिएन, २०४६ सालमा सार्क सम्मेलनमा निर्धारित ब्रेकफाष्ट बारे सोध्दा राजाबाट भएको भारतीय प्रधानमन्त्री राजीव गान्धी ब्रेकफाष्टको लागि म कहाँ आउने जानकारी सचिवहरुले दिएका थिए । म उनलाई कुरेर बसे । त्यसैगरी राजीव गान्धीलाई म त्यहाँ जाने भनिएको रहेछ । उता उनी कुरी रहेछन् । केही षड्यन्त्र भयो, कर्मचारीहरुले खेले ।

हाम्रो भेट हुन सकेन, उल्टै गलत सन्देश प्रवाहित भयो, त्यस्तो षडयन्त्र गर्ने कर्मचारीलाई कुनै दण्ड सजाय नगर्ने राजा वीरेन्द्रको कमजोर दण्डनीति थियो । यी कुरा तब खुले जब राजा वीरेन्द्रको पत्र साथ सचिव रेवतीरमण खनालले भारतीय प्रधानमन्त्री पी.भी. नरसिंह रावलाई गोप्य भेट गरे । मुखले एक कुरा गर्दै जाने मनले अर्के षड्यन्त्र गर्नेहरुबाट नै देशले खतरमा जानु पर्ने रहेछ । कर्मचारीतन्त्रलाई चिन्न नसक्दा राजा वीरेन्द्रको शासन सत्ता माथि घटेको यस्तो षड्यन्त्रबाट अबका नेता तथा सरकार सुरक्षित रहने ग्यारेन्टी भने यस देशमा छैन । देशको खातिर सबैले इमानदारपूर्वक काम गरीदिएको भए आजसम्म यो देश विकसित भई सक्ने थियो ।

सत्तामा जो जान्छ निरंकुश बन्ने जंगबहादुर भए, त्यस्तै भयो । राजा महेन्द्र गए, त्यसमा पनि स्वदेशी र विदेशीको दबाब परेपनि फेरबदल देशको व्यवस्थापन गर्दै चाडै देहान्त भयो । २०४७ मा बहुदलिय व्यवस्थाको पुनसर््थापना भयो । एमालेले कर्मचारी शिक्षकलाई हातमा लिई नेपाली कांग्रेसको सरकारमाथि हमला भयो । ५ वर्ष टिक्न सकेन । बहुमत छदै वामपन्थीहरुको रिसले दुई तिहाई ल्याउन समयावधि छदै मध्यावधी निर्वाचन गरायो, हारे सरह भयो । मिलिजुली सरकार बनाउनु प¥यो । त्यसबेला गिरिजा प्रसादको दम्भ नदेख्ने को थियो । सबैले देखेकै हुन् । गिरिजाको जस्तै शेरबहादुर देउवाले पनि संसद भंग ग¥यो । गिरिजा प्रसादले स्वीकारेनन् । अन्तमा राजा ज्ञानेन्द्रको रिसले प्रतिनिधि सभाको बैठक सांसद भवनमा नबसाली रत्नपार्कमा बसाउन थाले । एक हेडमास्टरको रिसले स्कुल भत्काएझैं राजाको रिसले देश डुबाउने खेलमा लागे । फलस्वरुप नेपाली कांग्रेसमा दरार प¥यो । जुन दरार हालसम्म पुरिएको छैन । यस्तै षड्यन्त्रकारीहरुले गर्दा भाई–भाई, राजनीतिक पार्टी–पार्टी, राजा जनताबीच दरार सिर्जना गर्नमा लागे भने देशमा कस्तो स्थिति आउँला यसमा पाठकवर्गले आफै इन्साफी अध्ययन गर्नेछन् ।

हाम्रा नेताहरु सित खासै हुनुपर्ने मेलमिलाप र इमानदारीको स्वाभिमान खालको नीति नभएको कारणबाट एक पार्टीले अर्काे पार्टी सितको सुमधुर सम्बन्ध नरहेको मात्र होइन कि वैदेशिक नीति केवल आफु सम्बन्धित देशको प्यारो हुने गरी गुप्तचर जस्तै अवस्थामा रहेकाले आज देशले यो दुर्दशा व्यहोर्नु परिरहेको छ । वीरेन्द्र जस्ता सज्जन राजालाई धोका दिने र भारतका प्रधानमन्त्री सित फाटो हाल्ने हलाउनेहरु वर्तमानमा पनि छैनन् होला भन्न सकिदैन । विदेशी नेता र कर्मचारीहरुको भन्दा नेपालका शासक वर्गहरुले आफ्ना स्वदेशी नेता र कर्मचारीकोे विश्वास मान्नुपर्ने हुन्छ । त्यसकारण प्रधानमन्त्री जो व्यक्ति भएपनि पूर्व शासकहरु प्रति गरेका गद्दारीपना वर्तमानमा न दोहरिउन् भनी सजग रहनुपर्दछ ।

स्रोत सामाग्री – अनुभुति र अभिव्यक्ति पुस्तक ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *