उम्मेदवार, मतदाता र सरकारले अन्यौल थपेको छ








सरकारी नोकरीको उच्च ओहदामा पुगेका व्यक्तिले राजनीतिमा प्रत्यक्ष भाग लिन नपाउने भन्ने एकातर्फ छ भने अर्काेतर्फ टीकापुर घटनाका मुख्य नाइके भनी चिनिने प्रहरीका आठ जना तथा ८ वर्षे बालक समेत मार्ने टीकापुर घटनाक्रमका प्रमुख फरार अभियुक्त रेशमलाल चौधरी मात्र होइन देशमा रहेका उनी जस्ताको दरखास्त बुझि निर्वाचनमा उम्मेदवारी दिएको मात्र नभई आफु फरार रहेकै बेला अत्याधिक बहुमतले त्यहाँका जनताले जिताउनु कति जायज नाजायज थियो । सरकार, राजनीतिक पार्टी मतदाताहरुको इमान धर्म कस्तो थियो । यस्तै हो पार्टीले दुई बदमासलाई टिकट दिदा एक बदमासलाई जनताले जिताउनु पर्ने नै देखिन्छ ।
आफ्नो सहपार्टी बनाई उम्मेदवारी दिने बेला कसैले पनि विरोध नगर्नु सरकार तथा राजनीतिक दल र उम्मेदवार नेताहरुको नियत कति घातक देखिन्छ ।
नेताहरु अराजकताका कुरा किन गरी रहेका छन् त्यसलाई कसले रोक लगाउने ? निर्वाचन भइसक्यो परिणाम आइसक्यो । जित्नेहरुले सरकार बनाउन तर्फ नेपालको संविधान २०७२ अनुसार लाग्नु प¥यो । सहमति समझदारीमा नभई नियम र नियत संगत काम गर्नु प¥यो । सभाहरुको बैठक राखी विधानले जे भनेको छ त्यो गर्नु प¥यो संविधान छदै गैरकानूनी कुरा गर्नु उपयुक्त छैन ।
रेशमलाल चौधरीलाई यो स्थितिमा पु¥याउने जिम्मा ७ दलको हो ।
अग्लो घर, ठूलाठूला फाँट, जग्गा तपाईहरुलाई दिउँला भनी हत्या हिंसारुपी आन्दोलनमा सहभागी गराउने जातिय राज्य दिने नेताहरु कै कारण टीकापुर घटना प्रचण्ड बाबुरामले नै घटाएका होइनन् भन्ने आधार पनि केही छैन । लोकतन्त्रमा जनताबाट प्रतिनिधि सभाको सदस्य निर्वाचित भएपछि सभा भवनमा जान पाउने कि जेलमा जाने यो नै ७ दलको परिक्षाको घडी आएको छ । देशमा सबै काम यस्तै भएका छन्् । यसरी पक्का नै यो देश चल्नेवाला छैन हेर्दै जानुहोस् २ तिहाई त छोडौं शतप्रतिशत मत ल्याएपनि जनतो चलाउन पाउँदैनन् । नेता सक्नेवाला छैनन् किनभने रेल विना लाईन चल्न सक्दैन, त्यस्तै देश पनि सहमति समझदारीले चल्न सक्दैन् । कालो कानून होइन कि इमानदारीको कानूनले चल्नेछ अन्यथा एक रेशम चौधरीले ७ दललाई नै पाखा लगाउन बेर छैन ।
नयाँ नेपाल
नेपालको निर्माण पृथ्वी नारायण शाहको नेतृत्वमा भयो, सुगौली सन्धीमा गुमेको क्षेत्र नयाँ मुलुक जंगबहादुर राणाले फिर्ता लिएभने नयाँ नेपाल निर्माण गर्ने नेताहरुले नयाँ नेपालको सीमाना कहाँ राख्ने हुन् कालापानी छोडी नालापानी पुग्ने हुन् वा कालापानीको लिखत गर्ने हुन् प्रतिरक्षाकै विषय रहेको छ ।







