प्रदेश ७ मा वाम गठबन्धन अगाडी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather


महेन्द्रनगर, २३ मङ्सिर
बझाङमा प्रदेशसभा सदस्यमा कम्युनिष्ट गठबन्धनका उमेदवारहरु विजयी भएका छन् । केही समय अघि सम्पन्न मतगणनामा प्रदेशसभा ‘क’ र ‘ख’ दुबैमा कम्युनिष्ट गठबन्धनका उमेदवारहरु विजयी भएका हुन् ।
बझाङ ‘क’ मा एमालेका अर्जुनबहादुर थापाले १७ हजार ८६८ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका चन्द्रादेवी जोशीले १३ हजार १९७ मत ल्याएकी छन् । त्यसै गरी बझाङ ‘ख’ मा माओवादी उमेदवार देवकी मल्ल १६ हजार ४४३ मतसहित विजयी भएकी छन् । उनका प्रतिष्पर्धी कांग्रेसका नरेशबहादुर सिँहले १४ हजार २४२ मत प्राप्त गरेका छन् ।
बझाङमा रहेका एक लाख चार हजार २७५ मतदाता मध्ये ६६ हजार २७३ मतदाताले मतदान गरेका थिए ।
प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडी जिल्लाका दुबै प्रदेशमा बाम गठबन्धनले जित हात पारेको छ ।
प्रदेश (क) मा नेकपा माओबादी केन्द्रका प्रेम प्रकास भट्ट १८ हजार ९३ मत सहीत बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वि नेपाली कांग्रेसका हरीमोहन भण्डारीले १५ हजार एक सय २६ मत प्राप्त गर्नु भएको छ ।
३८ हजार १८ मत खसेको यस प्रदेशमा तीन हजार एक सय ३६ मत बदर गएको छ । यस्तै प्रदेश (ख) मा नेकपा एमालेका लीलाधर भट्ट २० हजार ३ सय १८ मतसहीत विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वि राप्रपाका गणेश चन्दले १५ हजार दुई सय ४७ मत प्राप्त गर्नुभएको छ । ३८ हजार एक सय ५५ मत खसेको यस प्रदेशमा दुई हजार पाँच सय ९० मत बदर गएको थियो ।
त्यस्तै, प्रदेश र प्रतिनिधिसभामा दार्चुलाको तीनवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
प्रतिनिधिसभा तर्फ नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वसांसद गणेशसिंह ठगुन्ना विजयी भएका छन् । ठगुन्नाले २८ हजार ९ सय ९८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विक्रमसिंह धामीले २२ हजार २ सय ३३ मत पाएका छन् । वाम गठबन्धन उम्मेदवार ठगुन्नाभन्दा धामी ६ हजार ७ सय ६५ मतान्तरले पछि परे ।
त्यस्तै प्रदेशसभा तर्फका दुबै निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धन उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा क्षेत्र नम्बर ‘क’मा नेकपा एमालेका गेल्बुसिंह बोहरा विजयी भएका छन् । बोहरा १६ हजार ५३ मतका साथ विजयी भएका हुन् ।
बोहराले ३ हजार ४ सय ५५ मतान्तरले कांग्रेस उम्मेदवार मदन गिरीलाई हराए । गिरीले १२ हजार ५ सय ९८ मत प्राप्त गरेका छन् ।


त्यसैगरी प्रदेशसभा क्षेत्र नम्बर ‘ख’मा पनि वाम गठबन्धनबाट माओवादी केन्द्रका मानबहादुर धामी ‘सन्तोष’ १२ हजार ९ सय ५६ मतसहित विजयी भएका छन् । उनका प्रत्यासी कांग्रेस उम्मेदवार जगदीश बहादुर पालले ९ हजार ५ सय ७५ मत पाए ।
प्रतिनिधि सभामा एक क्षेत्र रहेको बाजुरामा वाम गठबन्धनका उम्मेदवार लालबहादुर थापा २८ हजार ६७ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार कविराज पण्डितले २३ हजार १ सय ८६ मत ल्याएका थिए ।
प्रदेश सभा सदस्य अन्तर्गत क्षेत्र नं. १ (क) मा वाम गठनबन्धनका बलदेव रेग्मीले ९ हजार ८ सय ४० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी कांग्रेसका जनकराज गिरीले ८ हजार ३ सय ११ मतमा सीमित रहेका थिए ।
त्यस्तै डोटी, डडेल्धुरा, कैलाली, अछाम तथा कञ्चनपुरका निर्वाचन क्षेत्रहरुको मतगणना जारी रहेको समाचार प्राप्त भएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *