मतपत्र मिसिएपछि मतगणना स्थगित

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

कैलाली, २३ मङ्सिर
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना स्थगित भएको छ । गणकहरुले प्रतिनिधिसभाका मतपत्र प्रदेशसभामा र प्रदेशसभाका मतपत्रहरु प्रतिनिधिसभामा खन्याएपछि भएको विवादका कारण मतगणना स्थगित भएको हो ।
दलहरुले विवाद उत्पन्न गरेपछि क्षेत्र नम्बर ४ मा दिउँसो पौने दुई बजेपछि मतगणना कार्य स्थगित भएको धनगढीबाट सहकर्मी सीताराम ओझाले जानकारी दिएका छन् ।
उनका अनुसार केहीबेरमा बस्ने सर्वदलीय बैठकको निर्णय अनुसार मतगणनाको काम अघि बढ्नेछ ।
कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभामा अहिलेसम्म गणना भएको मत परिणामअनुसार नेकपा माओवादी केन्द्रका उमेदवार लेखराज भट्ट अगाडि छन् । उनले आठ हजार ५०३ मत प्राप्त गरेका छन् ।
उनलाई नेपाली कांग्रेसका सुनिलकुमार भण्डारीले पाँच हजार ५२१ मतका साथ पछ्याइरहेका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *