गोकुलेश्वर विमानस्थल गौचरनमा परिणत

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दार्चुला, २३ मङ्सिर
नेपालका हरेक संरचनाहरु निर्माण हुदा देखि नै विवादास्पद देखिन्छन् । अत्तरियाबाट गोकुले हुदै दार्चुला गएको सडक तथा निर्माण भएको विमानस्थलहरुमा गोकुलेश्वर विमानस्थल, पाटन विमानस्थल र महेन्द्रनगर विमानस्थल एक व्यक्तिको रिसले गर्दा यहाँका सम्पूर्ण जनतालाई दुःख भएको छ । पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको पैतृक घरजग्गा गोकुले तथा पाटनको कुर्कुट्यामा पनि छ र उनका नातेदारहरुको बसोबास महेन्द्रनगर तर्फ समेत भएको हुदा जहाँ जहाँ आफ्नो घर छ त्यहाँ त्यहाँ विमानस्थल बनाई त्यसपछि सडक पनि त्यही बाटो लगेर आफ्ना सबै घरसित जोड्यो भन्ने विरोध गरी रहेका अवस्थामा उनी केही बोलेनन् र सत्तामा जान पनि सकेन । त्यसकारण २०४७ सालदेखि पुराना विमानस्थलहरु बन्द रहेका छन् ।
बझाङ बैतडी दार्चुलाको पायक पर्ने भनेर पाटनको विमानस्थललाई वर्तमानमा निर्माणाधीन अवस्थामा राखिएको छ भने महेन्द्रनगर र गोकुलेश्वर विमानस्थलको भने कोही वारिस छैन । यी विमानस्थलहरु स्थानिय नेपालीलाई मात्र फाइदा नपुगी दिल्ली तथा काठमाण्डौंबाट भित्रिने बाह्य तथा आन्तरिक पर्यटहकहरुको लागि पनि सुविधा होस् भनेर पुनः सञ्चालन गर्ने तर्फ यहाँका सभासद्हरु तथा स्थानिय जनप्रतिनिधिहरुले विशेष चासो लिनुपर्ने देखिन्छ ।

राज्यले संरक्षणमा चासो नदेखाएपछि दार्चुलाको गोकुलेश्वर विमानस्थल गौचरनमा परिणत भएको छ । विमानस्थल लामो समयदेखि बन्द भएपछि राज्यको लगानी बालुवामा पानी सरह भएको छ ।
२०४० सालमा नियमित रूपमा सञ्चालित गोकुलेश्वर विमानस्थल २०५० सालमा बन्द भएको गोकुलेश्वर विमानस्थल कार्यालयका प्रशासक रामदत्त विष्टले जानकारी दिए ।
उनले भने, ‘२०४० सालमा विमानस्थल राम्रोसँग सञ्चालनमा आएको थियो । महाकाली लोकमार्गमा सडक यातायात सुरुसँगै त्यस ठाउँका स्थानीयले पनि सडकको पहुँचसँग आबद्ध हुँदा विमानस्थल वरिपरी घर बन्दा विमानस्थल पूर्णरूपमा बन्द भएको जानकारी दिए । यसका साथसाथै यो विमानस्थलमा आबद्ध कर्मचारीले पनि सेवा सुविधा कम भयो भनेर आनाकानी गर्दा कर्मचारी अभावमा विमानस्थल पूर्णरूपले बन्द भएको उनको भनाइ छ ।
यो विमानस्थल सुचारु हँदा दार्चुला लगायत विभिन्न ठाउँका मानिसलाई आवतजावतमा सुविधा पुगेको थियो । महाकाली लोगमार्गको निर्माण पूर्व निकै चहलपहल हुने यो विमानस्थलमा चार जिल्लाका स्थानीयबासीको आवतजावतका कारण तत्कालीन समयमा व्यापारिक दृष्टिबाट पनि यो निकै उपयोगी बनेको थियो । विमानस्थल पूर्णरूपमा बन्द भएको स्थानीयले बताएका छन् । गोकुलेश्वर विमानस्थल जस्तै अन्य विमानस्थल बैतडीको पाटन विमानस्थल तथा कञ्चनपुरको महेन्द्रनगर मझगाउँ विमानस्थलको अवस्था पनि समान नै रहेको छ ।
विमानस्थल लामो समयदेखि बन्द भएपछि राज्यको लगानी बालुवामा पानी सरह भएको छ ।
पहिलोपटक गोकुलेश्वर विमानस्थलमा निगमको विमानले उडान भर्दा खुसीले गदगद भएका दार्चुलाबासीलाई गौचरनमा परिणत भएको विमानस्थल हेर्नु यतिखेर दैनिकी बन्दै गएको छ । विमानस्थल नेपाल नागरिक उड्यन प्राधिकरणका नाममा भए पनि हवाई सेवा बन्द भएपछि अहिले दिन प्रतिदिन अतिक्रमणको चपेटामा पर्दै गएको छ । विमानस्थलमा हाल एक जना चौकिदारको दरबन्दी छ ।
बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म विमानस्थलको धावनमार्ग र त्यसको आसपासमा पशु चौपाया लगायत घोडा खच्चर चरिरहेका छन् । पूर्वाधार भएर पनि प्रयोगविहीन अवस्थामा रहेको विमानस्थल सञ्चालन चुनावी नारामा मात्र सीमित पार्ने काम भएको छ । यसलाई पुनःसञ्चालनमा ल्याउनेतर्फ सरकार एवं राजनीतिक दलको खासै चासो नदेखिएको स्थानीयबासीको गुनासो छ ।
लगभग १३ सय मिटर लम्बाई ५ सय मिटर चौडाई रोपनी क्षेत्रफल सहितको यो विमानस्थल पुनः सञ्चालनमा ल्याउन सकिए पर्यटकीय दृष्टिले लाभदायिक बन्ने निश्चित छ । यो विमानस्थलको उडान क्षेत्रमा पवित्र चौलानी नदी, मालिकार्जुन मन्दिर, शैल्यशिखर धाम, लटिनाथ मन्दिरलगायत प्राकृतिक धार्मिक तथा ऐतिहासिक स्थल रहनाले पनि यो ठाउँको पर्यटकीय महत्व बढिरहेको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामीको भनाइ छ ।
गोकुलेश्वर विमानस्थलबाट गन्ना हुदै बझाङ जोड्नलाई धेरै नजिक परेकाले पनि ज्यादै उपयुक्त देखिएको हुदा सञ्चालनमा ल्याउनु पर्ने आवश्यकता रहेको छ ।
चुनावका बेला सबै दलका मुख्य एजेण्डामा समेटिने यी विमानस्थलहरु चुनाव सकिएर अझै पुरानै हालतमा रहने गरेका छन् । स्थानिय चुनावका बेला उम्मेदवारहरुका भाषणहरुमा प्रमुख स्थान पाउने यी विमानस्थलहरुले चुनाव सकिएपश्चात् भने यिनिहरुको पुनःसञ्चालनमा चासो नदेखिने गरेको पाइएको छ । प्रदेश नं. ७ का धनगढी विमानस्थल तथा बझाङ विमानस्थल बाहेक अन्य विमानस्थलहरु सञ्चालनमा छैनन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *