पेट्रोलियम पदार्थको मुल्य बृद्धि

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, २३ मङ्सिर
नेपाल आयल निगमले शुक्रबार मध्य रातिदेखि लागु हुने गरी सबै प्रकारको इन्धनको मूल्यमा वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।
निगमको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पेट्रोलको मूल्य प्रति लिटर एक सय रुपैयाँ, डिजेल र मट्टितेल प्रति लिटर ७७ र खाना पकाउने ग्याँसलाई प्रति सिलिण्डर १ हजार ३ सय ५० रुपैयाँ नयाँ मूल्य कायम गरेको छ ।
त्यसैगरी आन्तरिक उडान तर्फको हवाई इन्धनलाई प्रति लिटर ८७ रुपैयाँ र अन्तर्रा्ष्ट्रिय उडान तर्फको हवाई इन्धनतर्फ आठ सय ५० युएस डलर कायम गरिएको छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार यसअघि पेट्रोलको मूल्यप्रति लिटर ९८ रुपैयाँ, डिजेल र मट्टितेल प्रति लिटर ७४ र खाना पकाउने ग्यासलाई प्रति सिलिण्डर एक हजार तीन सय २५ रुपैयाँ कायम गरिएको थियो ।
इण्डियन आयल कर्पोरेशन (आईओसी) ले निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार इन्धनको मूल्य समायोजन गरिएको उनले बताए । मूल्य समायोजन नगर्दा पछिल्लो समयमा निगमलाई एक अर्ब ६ करोड मासिक घाटा हुँदै आएको थियो । मूल्य समायोजन भएपनि निगमले मासिक ४० करोड अझै घाटा व्यहोर्ने प्रवक्ता गोइतले जानकारी दिए भन्ने समाचार विभिन्न मिडियाहरुले जनाएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *