ससुरा र विहारी दुबै दोब्बर मतले अगाडि

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

पुनर्वास, २३ मङ्सिर
चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कञ्चनपुर १ बाट उम्मेदवार माओवादी नेतृ तथा प्रचण्डकी बुहारी बिना मगर दोब्बर मतान्तरले अगाडि रहेका छन् ।
प्रदेश नम्बर ३ को चितवन अर्थात गृह जिल्लाबाट चुनावी मैदानमा उत्रिनुभएका प्रचण्ड र प्रदेश नम्बर ७ को कञ्चनपुरबाट चुनावी मैदानमा उत्रिनुभएकी प्रचण्ड पुत्र प्रकाश पत्नी बिना दुबैले आफ्ना प्रत्यासीलाई दोब्बर मतले पछाडि पार्दै अग्रता कायम गरेका हुन् ।


कञ्चनपुर १ बाट माओवादी उम्मेदवार बिनाको मत ६ हजार ५२ मत रहेको छ भने यही निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह बिष्टको ३ हजार ३९ मत रहेको छ ।
प्रारम्भिक मतपरिणाममा राप्रपा प्रजातान्त्रिकका बिक्रम पाण्डेसँग पछाडि पर्नुभएका प्रचण्डले अहिले पाण्डेसँगको मतान्तर २ हजार १ सय ७६ पुर्यानुभएको छ ।
पछिल्लो मत अनुसार प्रचण्डको ५ हजार ३ सय ४४ मत रहेको छ भने पाण्डेको ३ हजार १ सय ६८ मत रहेको छ ।
कुल ९३ हजार ८ सय २३ मत खसेकोमा अहिले ६ हजार ८ सय १५ मत गनिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले पाण्डेसँगको मतान्तर निरन्तर बढाउँदै मतान्तर दोब्बर बनाउँदै हुनुहुन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *