चुनाव सम्पन्न हुनु ऐतिहासिकः राष्ट्रसंघ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

काठमाण्डौं, २३ मङ्सिर
संयुक्त राष्ट्रसंघले नेपालले दुई चरणमा संघीय र प्रान्तीय सभाका लागि निर्वाचन सम्पन्न गरेकोमा स्वागत गरेको छ ।
न्यूयोर्कमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसका प्रवक्ताले एउटा विज्ञप्ति जारी गर्दै महासचिवले बधाई दिएको विविसि नेपाली सेवाले जनाएको छ ।
राष्ट्रसंघका महासचिवले चुनावी प्रक्रियाको आगामी चरणमा पनि मिलेर अघि बढ्न दलहरुलाई सुझाव दिएका छन् ।
महासचिव गुटेरसले सरकार, राजनीतिक दल र नागरिक समाजलाई समावेशी र प्रतिनिधिमूलक शासन सुनिश्चित गर्ने प्रयास जारी राख्न प्रोत्साहन गरेको उनका प्रवक्ताले जनाएका छन् ।
राष्ट्रसंघले त्यस्ता प्रयासलाई सहयोग गर्न आफू तयार रहेको पनि जनाएको छ ।
एक दशक लामो सशस्त्र द्वन्द्वको समाप्तिपछि गणतान्त्रिक शासन व्यवस्था लागू भएयता नेपालले यसै महिना प्रदेश तथा प्रतिनिधि सभाका लागि चुनाव सम्पन्न गरेको थियो । त्यस्तै झण्डै दुई दशकपछि यसै वर्ष नेपालले तीन चरणमा स्थानीय तहका चुनाव सम्पन्न गरेको थियो ।
सफलतापूर्क चुनाव सम्पन्न हुनुलाई नेपालको संक्रमणकाल अन्त्य भएको रुपमा हेरिँदैछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *