ऋण बोकाई २०७४ को निर्वाचन सम्पन्न !

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

गणतान्त्रिक परिवर्तित व्यवस्थाको पहिलो प्रतिनिधि सभा तथा प्रदेश प्रतिनिधि सभाको निर्वाचन दुई चरण मंसिर १० र २१ गते गरी निर्वाचन शान्तिपूर्वक सम्पन्न भएको छ । १० गते निर्वाचन भएका जिल्लाहरुको मतगणना २१ गते ५ बजे पछि सुरु भयो भने २१ गते निर्वाचन भएका जिल्लाहरुमा मतगणनाको कार्य यही मंसिर २२ गते विहान १० बजे देखि सुरु भइसकेका छन् ।

साधारण जनतालाई निर्वाचन सामान्य देखिए पनि उम्मेदवार र सरकारको ठूलो धनराशी खर्च भइ अन्तमा ऋण बोकाएर नै सम्पन्न भएको छ । ऋणमा नगद मात्र होइन विजय हुने उम्मेदवारको थाप्लोमा अनत्याधिक ऋणको बोझ थपिएको छ । निर्वाचनमा भएको खर्च त छदैछ त्यो खर्च ऋण झिकेका थिएन पार्टीले खर्च गर्न दिएका थिए त्यो खर्च जहा“ जसरी भएपनि तिर्नुपर्ने दायित्व भने रहेको छ ।

ठूलो ऋणभार
नगद लेनदेन कारोबार सामान्य भएपनि पराजित उम्मेदवारलाई भने निराशा भएकै होला तर विजय हुने उम्मेदवारको थाप्लो माथि जनताको ऋण थोपारिएको छ । जनतासित गरेका बाचा नेपालको पुननिर्माण गर्दा जनताको लागि के कति हित सुख शान्ति अमनचैन राख्न सकिन्छ सक्छन् उत्तरदायित्व कति बहन गर्न सक्ने हुन् त्यो प्रतिरक्षाको विषय भएपनि यो वर्तमानको अवस्था पुरानो छैन । नेताहरुले नाम नै नया“ नेपाल राखेका छन् । बोतल पुरानै भएपनि नया“ रक्सी राखिने हो वा नय“ा बोतलमा उही ठर्रा विषालु रक्सी नया“ नेपाल नया“ समाज परिवर्तित विश्व सामु नेपाललाई विश्व माझ कसरी परिचित गराइने हो त्यसतर्फ जनताको पनि निगरानी रहनैपर्ने देखिन्छ ।

यदि निगरानी भएन भने २०४७ को संविधान बमोजिम निर्माण गरिएको पहिलो बहुमतको सरकार जस्तै हुन सक्छ । नेपाली जनतालाई १८ वर्ष पुगेपछि मतदान गर्ने अधिकार भएपनि ५० वर्षमा एकपटक आफ्नो प्रतिनिधि छान्ने अवसर पाएका छन् । विकास निर्माण मात्र ठूलो कुरा होइन देशमा अमनचयन, सुखशान्ति, राष्ट्रप्रेमको भावनाका साथ नेपाली नेपालीबीच सद्भावना कायम रही रहने नीति निर्माण हुनुपर्छ । जाति, लिङ्ग भेदको तुरुन्त अन्त गर्नुपर्छ । राज्यनिर्माण गर्दा केन्द्रिय योजना आयोगको मुल नीति कायम रही स्थानिय तहमा पनि योजना आयोगको प्रतिनिधित्व रहीरहनुपर्ने ठान्दछौं । जनता र राष्ट्रको ऋण तिर्न विजयी र पराजयी उम्मेदवारको बराबर दायित्व देखिएपनि कार्य विभाजन विजयी उम्मेदवार पार्टी तर्फ जाने भएकाले विजयी उम्मेदवारहरु जनता र देशको ऋण चुक्ता गर्छन् कि गर्दैनन् त्यसतर्फ नागरिक समाजले सजक रहनुपर्ने हामी ठान्दछौं ।

भाबी दिनहरु निश्चय पनि सरलताका हुनेछैनन् । विश्व नै भयावह स्थितिबाट गुज्रिरहेको छ । त्यसको असर अवश्य पनि नेपालमा पर्नै नै हुदा नवनिर्वाचित गठित सरकारले कसरी सामना गर्ने हो त्यसको बारेमा हालै देखि गृहकार्य गर्नुपर्ने जरुरी देखिन्छ । आम सर्वसाधारणलाई भयावह स्थितिको थाहा नहुन सक्छ । तसर्थ एक्कासी त्यस्तो स्थिति आउ“दा जनतालाई सामना गर्नसक्ने क्षमताको विकास पनि गर्नुपर्ने वर्तमानका नेताहरुको दायित्वमा बृद्धि भएको छ । जे भएपनि देशमा आउने संकट साझा भएकोले त्यसको सामा नेपाली जनता र नेताहरु मिलेर गर्नुपर्नेछ । विकृतिका लक्ष्यणहरु नेपाल र नेपालीबाट नै देखिएको छ भन्न सकिन्छ । एकथरी राजनीतिक पार्टी माथि निर्वाचनको समयमा संघात्मक बम प्रहार हुनु, जताततै हातहतियार, खरखजाना फेला पर्नु यी सामान्य कुरा होइनन् । यस कुराको तुरुन्त अध्ययन गरी समयमै सरकारले सजक रहनुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *