लियोका तीन प्रश्न

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-थानेश्वर प्रसाद भट्ट । दार्शनिक तत्ववेत्ता ऋषिहरुले आफ्नो स्वानुभुतिबाट कालजयी अवस्था बताएका छन् । कोरा सैद्धान्तिक ज्ञानबाट यथार्थको धरातल पत्ता लाग्न सक्तैन । रुसका तत्वदर्शी लियो टलस्टायले Three Questions (३ प्रश्न) भनेर लेखेका स्वानुभवलाई आज भन्दा ५४ वर्ष अगाडी एस.एल.सी.को प्रोजमा अध्ययन गरेको विषय भित्रको रहस्य जीवनको उत्तरार्धमा अनुभुति भइरहेको छ । त्यस्ता महत्वपूर्ण प्रश्न के छन् जसमा लियोले गहन रुपमा उठाए– महत्वपूर्ण समय, महत्वपूर्ण स्थान र महत्वपूर्ण मानिस । यसरी जीवनका प्रत्येक क्षण महत्वपूर्ण नै हुन्छन्, तथापि मात्राको अन्तर रहन्छ । कुनै पनि समय क्षणिक हुन्छ तर लामो प्रभाव छोड्ने प्रकृतिका हुन्छन् । त्यस्तै स्थान विशेष कारणवश महत्वपूर्ण भएर जान्छ । मानिसका स्वभाव, प्रकृति र कार्य स्थायी रहेका देखिदैनन् ।

त्यसैले त कुनै अजामिल आजीवन दुष्ट व्ययचारी हुदा पनि अन्तसमयमा नारायणमय भएर मुक्ति प्राप्त ग¥यो । कुनै डाँकु रत्नाकर महर्षि बाल्मिकिमा रुपान्तरित भएर प्रख्यात भए । महाभारत युद्धमा आफ्नो कौशल गाण्डीव धनुषका माध्यमबाट प्रदर्शन गरी वीर भए तर तिनै अर्जुन द्वारिकाबाट फर्कदा बाटोमा भील जातिबाट पराजित भए । उनको गाण्डीव पनि काम लागेन । प्रभु श्रीकृष्ण १६ कलाले परिपूर्ण अवतार भएर पनि अन्त समय व्याधाका तीरबाट संसार त्याग्न प¥यो । कहिले राजा, कहिले रङ्क यथार्थ विश्व सामु छन् । त्यसैले त दोश्रो विश्व युद्धमा करोडौंको नरसंहार गर्ने गराउने हिटलर अन्तसमय बङ्करमा आत्महत्या गर्न विवश भए ।

मुसोलिनी पनि इटलीका तानाशाह थिए । उनको मृत्यु पनि पीडादायी रह्यो । फ्रान्सका विश्व विख्यात स्वघोषित सम्राट नेपोलियन बोनापार्ट अन्तसमयमा एण्टेना टापुमा अंग्रेजको कैदमा मर्नु प¥यो । मानाङ्च दुर्याेधने भन्ने ब्राह्मणहरुका आशीर्वचन हुने व्यक्ति भिमशेनको गदाबाट क्षतविक्षत पारी निर्मम तकिाले मर्नु प¥यो । सद्दाम हुसैन, गद्दापी, मार्काेसहरुका कथा समयचक्रले असहज रहे । अंग्रेजहरुरुको १८५७ को विरुद्ध विद्रोहमा मुगलका अन्तिम बादशाह बहादुर शाह जफर लखनउका नबावहरुलाई कठोर यातनाबाट मर्नु प¥यो भनिन्छ । उनीहरुलाई भाग्ने मौका थियो तर समयमा जुत्ता लगाइ दिने नपाई भाग्न सकेनन् । भिमसेन थापा जसले स्वयं जनरलको उपाधि धारण गरे झण्डै ३१ वर्ष भन्दा बढी समय सर्वेसर्वा भएर रहे । सुगौली सन्धि पछि उनको पतन प्रारम्भ भइ अन्तमा कैदमा नै ९ दिन सम्म सेरिएर आत्महत्या सहनुप¥यो । आफ्नो शासनमा उनले क्रुरता देखाए, बाहुनका स्वास्नी सन्तान तत्समयका नीच जातिलाई दासका रुपमा सुम्पने सम्म कुकर्म गरे ।

यस्ता कतिपय ऐतिहासिक पौराणिक प्रसंगहरु छन् । राजा हरिशचन्द्र जस्ता सम्राटले समयचक्रबाट शमसान कुर्नु प¥यो । त्यसैले मानिसको समय र स्थान सदाकाल एकनासको रहन सक्तैन । यो प्रकृतिको नियम हो । वर्तमान नेपाली राजनीतिमा यस्तै प्रसंग असंख्य भएर आएका छन् । कुन स्थानले समयचक्रबाट कस्तो मर्यादा पाउँछ त्यसको उदाहरण महेन्द्रनगर आफैमा छ । हामी पहाडी भेगका मानिसहरुका लागि यो बैकुण्ठतुल्य आकर्षणको केन्द्र भएको छ । मैले देख्दा देख्दै १÷२ हजार रु. विगाहाका जमीन आज १० करोड भन्दा बढी मुल्य पर्ने भइसकेका छन् । सानो कटेरो भए पनि जति कष्ट भएपनि तराई महेन्द्रनगर बास गर्नु विशेष महत्वको मानिन्छ ।

प्रतिबन्धित कालमा श्रद्धाले मस्तक झुक्ने गरी नाम बनाएका कथित नायकहरुको नाम खोज्न पनि कठीन हुन लागेको छ । पञ्चायत विरोध गरेवाफत् राणा शासन वा राजतन्त्र विरुद्ध संघर्ष गर्ने प्राणीहरु कतिपय घृणाका पात्रमा रुपान्तरित भएका छन् भने कुनै श्रम मेहेनत बेगर धूर्तहरु बलशाली देखिएका उदाहरण प्रशस्त छन् । कतिपय व्यक्तिहरुलाई महान सम्झने गर्थे तर समयक्रमले भतुवा र ब्वाँसा सावित गरी दिएको देख्दा प्रोजमा लेखिएका टालीस्टायका अनुभुति कति यथार्थपरक रहेछन् ।

आफै मपाई बनेर त्याग, तपस्या, बलिदान गरेको भन्ने दाबेदारहरुका लागि सावित गर्नपर्ने कटुसमय आउँदैछ । काँच र मणीको अन्तर ढिलो चाडो नभएर कसरी रहला, प्रकृतिको सर्वाभौम नियम हो । आम सर्वसाधारणले चाडौ विर्सने स्वभाव हुन्छ भन्छन् । त्यसैले त धूर्त, तिकडमबाज, आयाराम गयारामहरु जसरी पनि समयको दोहन गर्न कुशल हुन्छन् । एउटा अहम प्रश्न मानसपटलमा बारम्बार घुमी रहन्छ किन संघर्षशिल, नैतिकवान र सिद्धान्त प्रिय हुने ? हर्वर्ट स्पेन्सरले Survival of the fittest, वीरभोग्या बसुन्धराको सिद्धान्त भने । त्यस्तै अफ्रिकी जंगलहरुमा जनावर, चराचुरुङ्गी रंग फेर्न प्रकृतिले कुशलता बनाएको देखिन्छ । त्यस्ता रंग फेर्ने क्षमता भएकाहरु नै आजका जगतमा सफल, ऐश्वर्यशाली बन्न सफल भएका छन् । अरबौंका घोटाला गर्न सामथ्र्यहरुको नै समाजमा बोलवाला देखिन्छ । के प्रकृतिको यही नियम हो वा लीयो टलस्टायका ३ प्रश्न भित्र यसको रहस्य छिपेको छ । समयले बताउने नै होला तर सहसा यो विषय किन यसरी अकस्मात मानसपटलमा आएको होला ? त्यही मन्थन चलिरहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *