मतदानमा युवाहरुको न्युन संलग्नता

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-बलदेव अवस्थी । हाम्रा नेताहरु कुरा धेरै र ठुला गर्छौ तर कामले भने देखिन गएन । विदेशमा गएका नेपालीले पनि विदेशबाटै नेपालमा मतदान गर्न पाउने भन्ने आवाज उठाई राखेको बेला नेपालमा रहेका युवा तन्नेरीहरुले समेत मतदान (कस्तो नाम हेर्नुस् कन्यादान जस्तो मतदान) गर्न पाएनन् । कमसेकम सैनिक, प्रहरी, निजामती, म्यादी प्रहरी, शिक्षक लगायतका ५ लाख भन्दा बढी नेपाली युवा तन्नेरीले भोटिङ्ग गर्न मत दिन पाएनन् । संबैधानिक व्यवस्थाले भने बन्देज गरेको छैन । गणतन्त्रको प्रथम प्रतिनिधि सभा र प्रदेश सभा २०७४ मा मत दिन पाउनेहरुमा युवाहरुको संख्या न्यून रह्यो । मत दिनेमा अधिकांश महिलाको संख्या नै अघि रह्यो । ३ सय ५ महिलाले मत दिदा १ सय ७५ पुरुषका मत खसेका स्थानहरुको भ्रमण पंक्तिकारले गरेको थियो ।

विदेशमा रहेका नेपालीहरुले नेपाली नेताहरुलाई विदेशबाट मत दिन पाउने आशा गर्नु आसा मात्रै हो रहेछ जबकी नेपालमा रहेकाहरुले समेत मत दिन पाएन । स्वदेशमा रहेका नेपालीले त नेपाल अधिराज्यभर जो जहाँ भएपनि एक ठाउँबाट दिन पाउने नैसर्गिक तथा संबैधानिक अधिकारको हनन अवश्य भयो । हाम्रै आँखाको सामुन्नेमा यसरी मौलिक अधिकारको हनन हुदा पनि चुप लागि रहनुपर्ने हाम्रो गणतान्त्रिक देशले के साच्चै यहाँका नागरिकलाई इन्साफ देला ? जसले खोस्यो जसले लुट्न सक्यो उसले सबै थोक पाउँछ, अन्यथा होइन । यस पाली हुम्ला जुम्लामा प्रथम चरणको निर्वाचन हुदा एक व्यक्तिले १ सय २९ मत दिएको चर्चा चलेकोमा केरकार गर्दा सबै राजनीतिक स्थानिय पार्टीहरु मिलि महिलाहरुले अलमलिने हुदा अरुले मत खसाली दिएको भनेपनि केही मतहरु भने हुदै नभएका मानिसहरुका मत पनि मौजुदा कर्मचारी, सेना, प्रहरी, म्यादी प्रहरी लगायतले मत दिन पाएनन् र बन्चित गरिए । मत व्यक्तिलाई होइन पार्टीको चुनाव चिन्हलाई दिने हो । देश भित्र जहाँ जसलाई दिएपनि हुने हुदा बुद्धिजीवि सर्कलमा यस्तो अन्याय हुदा प्रतिरोध गरिएन भने कहाँ साधारण मानिसको कुरा गर्ने ।
नेपाललाई पुनर्जीवित गर्न कठीन !

दातृ राष्ट्र र आई.एन.जि.ओ. को अधिनमा रहेको देश जहाँका युवाहरु पलायन भइसकेको अवस्था मात्र होइन कि बानी व्यहोरामा अल्छी भएका अलमलमा परेका युवाहरुले स्वदेशमा नै आफ्ना सम्पूर्ण अधिकार पाउन सक्लान् भन्ने कुरामा शंका नै देखिएको छ । यसपाली २०७४ को निर्वाचनमा पुरुष मतदाताको संख्या महिलाको भन्दा करिब ३५ प्रतिशत घटी मात्र होइन कि युवा र प्रौढहरु भन्दा बरु जेष्ठ नागरिक देखिएको कारणले गर्दा भारत लगायत विभिन्न देशहरुमा यहाँका नागरिक पलायन भएका रहेछन् भन्ने पनि प्रमाणित भएको छ । आत्मनिर्भर तर्फ जान लागेको नेपाल २०४८ पछि परतन्त्र तर्फ गइसकेको हुदा पुनर्जिवित होला कि नहोला त्यसबारेमा केही भन्न सकिने अवस्था छैन ।

नव निर्वाचित नेता तथा सरकारलाई ठूलो संकट आईपर्ने देखिन्छ । स्वदेशमा रोजगारी दिन नसके युवाहरु यहाँ नरोकिने र विदेश पलायन भएका भयै रहने हुदा देश निर्माणमा ठूलो संकट नआउला भन्न सकिदैन । आउदा दिनहरु झन् भयावहका दिनहरु आउने अनुमान सजिलै सित गर्न सकिन्छ । एकातर्फ राजनीतिक अध्याय पुरा भयो । अब विकास निर्माण तर्फ लाग्नु पर्ने भनिएपनि राजनीतिको पनि अध्याय पुरा भएको छैन । आज सम्मको अध्ययनमा यदि जुन देशको नीति अर्का देशले मा¥यो उसलाई सहयोग गर्ने नीति रहेझै देशभित्र पनि हरेक पार्टीका मतदाता परिचित रहेकाले सत्तामा गएपछि विपक्षी तर्फ अदृश्य दावापेच लगाउने प्रचलन समाप्त नभएर बढोत्तरी भएको छ । महिलाहरुलाई हक अधिकार अधिक दिएका छौं भन्ने नेताहरुको भनाई झुठ्ठा देखिन्छ ।

आजको मतदान समयको अवलोकन गर्दा महिला मतदाता ३ सय ५ मा पुरुष मतदाता १ सय ७५ मात्र थिए । महेन्द्रनगर जिमुवा मतदान केन्द्रको एक पोष्टको स्थिति यो दिउँसो ३ बजे सम्मको थियो र लाईनमा पनि २÷४ पुरुष थिए भने महिला २÷३ सय जना थिए । ४५ जिल्लाको कुरा गर्दा प्रतिनिधि सभा सदस्यमा १ हजार ६ सय ६३ जनाको उम्मेदवारी मध्ये महिला उम्मेदवारी १ सय ३० मात्र थिए । प्रदेश सभा तर्फ २ हजार ८ सय १९ मा महिलाको उम्मेदवारी २ सय २० थियो । पुरुष र महिला उम्मेदवारीमा पनि यति ठूलो भिन्नता एकातर्फ छ । त्यसको गहन अध्ययन मात्र होइन कि व्यवस्थापन गर्नु, हराएका पुरुष युवाहरुको खोजी गर्नु र उनलाई रोजगारीको बन्दोबस्त गर्नुपर्ने कुरा सबैभन्दा ठूलो छ । हरेक नगरपालिका गाउँपालिकाका वडाहरु आफ्नो भागको भन्ने कि भाग्यको बजेट नगदै खोजि रहनेछन् । हामीले जे काम गरेपनि आफै गछौं भन्ने हुन् । नियमले मिल्ने नमिल्ने सवाल छैन । जसरी पनि बजेट नगद आफैले परिचालन गर्नुपर्ने जिज्ञासा राख्दै छन् । कुनै पनि पार्टीको बहुमत आई सरकार बनाएपनि भौगोलिक परिस्थिति समेत शान्तपूर्वक राज्य चलाउन सक्ने क्षमतावानको अभाव छ भने अन्तमा देश परतन्त्र तर्फ उन्मुख भइसकेकोले फर्काउन कठिन स्थिति आएको पाइछ । राजनीतिक पार्टी र व्यक्तिहरुमा खासै इमानदारिता देखिदैन । सबैको सामु गाउँ देखि शहर सम्म लुटतन्त्रले आमन्त्रित गरी सकेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *