नेताहरुको खरीद विक्री बन्द हुने अवस्था

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

राजनीतिक पार्टीका जनप्रतिनिधिहरुलाई खरीद विक्री भागबण्डाको आधारमा ६÷६ महिनामा सरकार फेरिदै गएको अवस्था अब बन्द हुने संकेत देखिएका छन् ।

गणतन्त्रको पहिलो आमनिर्वाचन २०७४ ले बहुमतको सरकार निर्माण गरी सभासदहरुको खरीद विक्रीमा रोक लाग्ने निश्चित देखिदैछ जुन कुरा यो देशको लागि सुखद हो । जे जति जसको बहुमत आउँछ उसैमा सीमित रहनुपर्दछ । बढी आशा र भरोसा ग¥यो भने त्यो तानाशाह र पतनको बाटो हुनेछ । त्यति मात्र होइन गृहयुद्धको शुभारम्भ हुने हुदा सबैले सतर्क रहने अवस्था पनि देखिन्छ । जुन जनताले २०४७÷४८ मा हर्षका साथ आफ्ना प्रतिनिधि छान्यो अन्तमा उनकै क्रियाकलापबाट जनताले एक गाउँबाट अर्काे गाउँ जान भिषाको आवश्यकता देखिएको थियो । त्यस्तो अवस्थाको सुत्रपात हुनबाट सजग रहनुपर्नेलाई पनि नकार्न सकिदैन ।

देशको धर्म संस्कृति मासी राजसंस्था हटाउँदैमा देशले शान्ति पाउँला भन्न सकिदैन जस्तो कि अंग्रेजहरुले राजसंस्था हटाए, राम्रो ठानी हटायो राम्रो नभएकोलेपछि फर्काउनु प¥यो । त्यस्तै जापान र अन्य देशरुले पनि राजसंस्थालाई कायम राखी विश्वको अग्रिम पंक्तिमा पुगेका घटना हामी सबै सामुु छन् । नयाँ नयाँ परिवर्तन चाहने मनुष्यको आदत नै भएकाले चाहना गर्नु दोष होइन तर मात्तिएर नयाँ नेपाल प्राप्त हुदैन । बरु पुरानै पनि गुम्ने हुन्छ । त्यसकारण कालापानी होइन कि नालापानी सित प्रेम गर्नुपर्ने नयाँ नेपाल निर्माणको प्रमुख दायित्व हो । जसरी नयाँ मुलुकका निर्माता जंगबहादुर राणा भए भने अबको नयाँ नेपालको नेतृत्व कसले लिने हो त्यसमा जनताको सहभागिता रहनुपर्दछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *