लोकतान्त्रिक गठबन्धनको आमसभा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, १६ मङ्सिर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित महेन्द्र स्मारक स्थलमा शनिबार लोकतान्त्रिक गठबन्धनले आमसभा सम्पन्न गरेको छ । महेन्द्र स्मारकमा खुट्टा टेक्ने ठाउँ नै थिएन । दर्शकहरु र त्यत्तिकै सुरक्षाकर्मीको भिडभाड थियो ।

कार्यक्रममा गठबन्धनमा राप्रपा.का अध्यक्ष पूर्णबहादुर चन्द, धर्मराज जोशी नेपाली कांग्रेसका उम्मेदवार पूर्वमन्त्री रमेश लेखक तथा पूर्व सभासदहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा रहनु भएको थियो ।

तस्वीरः नेपाली कांग्रेस कञ्चनपुरद्वारा आयोजना गरिएको चुनावी कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा कार्यक्रमलाई सम्बोधन गर्नुहुदै ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो ‘सुख्खा बन्दरगाह र महाकालीको पक्की पुलको डिजाइन र ठेक्का भइसकेको छ, त्यस्तै पश्चिम सेतीको ठेक्का पनि चिनिया कम्पनीलाई दिइसकेको छ, म प्रदेश नं. ७ कै मानिस भएकाले यस क्षेत्रको लागि कम किन गरुला, केपी शर्मा ओलीको भन्दा बढी नै गर्नेछु, यहाँको सबै कुरा मलाई थाहा छ । महाकाली अञ्चल अस्पतालको अवस्थामा सुधार गरिनेछ साथै यहाँको हवाईमैदानलाई व्यवस्थित तथा सुचारु गर्ने प्रतिबद्धता गर्दछु ।’

उहाँले भन्नुभयो ‘केपी ओलीले निर्वाचन सार्छ भन्ने सपना देखेका थिए त्यस्तै सपना प्रचण्डको पनि थियो, खै आज स¥यो त ?’

त्यसैगरी पूर्वमन्त्री रमेश लेखकले महाकाली नदीको पुलको प्रारम्भिक कार्य सबै मैले गरेको हुँ, अझ यसको डिजाइन परिर्वतन गरी बहुउद्देशीय बनाउनेछु भनेर वाम गठबन्धनले जोड दिइरहेकोमा जुन ठाउँमा पानी नै छैन त्यहाँ के को बहुउद्देशीय हुने हो ? ठेक्का समेत भइसकेको पुलको बारेमा मैले बनाएको हुँ भनेर हावादारी कुरा गर्नु उपयुक्त छैन । मेरो निर्वाचन क्षेत्र हो म यस क्षेत्रको लागि किन कमी गरुँला त्यो यहाँका जनताले बुझ्ने छन् भन्ने कुरा प्रष्ट गर्दछु ।

महिला उम्मेदवार मधु भारतीले आफु र लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवारलाई मत दिन अपिल गर्नुभएको थियो ।

त्यस्तै अलगै कार्यक्रमका बिच वि.पि. नेपाली कांग्रेस पार्टीका केन्द्रिय उपाध्यक्ष झलक नाथ बाग्लेले जिल्ला कार्यसमिति कञ्चनपुरमा आई आफ्ना कार्यकर्ताहरुलाई उपदेश र निर्देशन दिदै भन्नुभयो ‘ने.का.ले वि.पि.को सिद्धान्त
द्दपरित्याग गरेको हुदा हामी ने.का.बाट अलग भएका हौं । एक्लै चुनाव लड्ने ने.का.ले आज बैशाखी टेकी चुनाव लड्नु परेको छ । वि.पि. कांग्रेस प्रजातन्त्र, राजसंस्था, हिन्दु अधिराज्यमा विश्वास राख्दछ राजतन्त्रमा होइन ।’

उनले थपे, ‘नेपाली कांग्रेस वि.पि. संघियतालाई विश्वास गर्दैन, विकेन्द्रिकरणलाई विश्वास गर्छ, धर्मनिरपेक्षलाई हटाई नेपाललाई सनातन हिन्दु राष्ट्र, राजसंस्थाको स्थापना गरी सम्पूर्ण जातजाति, धर्मको सम्मान साथ नेपाललाई अग्रपंक्तिमा लैजान चाहन्छ ।’ रा.प्र.पा. प्रकाशचन्द्र लोहनी पक्षसित हाम्रो एकता रहेको कुरा समेत बताएका थिए ।

यसैगरी कञ्चनपुरको महेन्द्रनगरमा प्रान्तिय सभाका स्वतन्त्र उम्मेदवार दिवान आग्रीले शुक्रबार भेटघाट चौतारीमा कोणसभा गरी मत दिन बजार क्षेत्रका मतदातामा अनुरोध गरेका थिए । उहाँले नेपाल भारतको सीमानामा पर्ने नेपाल गेट आफ्नै नीजि खर्चमा निर्माण गरी रहेको कुरा समेत बताउँदै आएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *