मतदान केन्द्रमा कर्मचारी खटिए

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

डडेल्धुरा, १६ मङ्सिर
डडेल्धुराका मतदान केन्द्रमा आजबाट कर्मचारीहरु खटिएका छन् । निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित ९ सय २७ निजामती कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय डडेलधुराले जनाएको छ ।
भौगोलिक रुपमा टाढा रहेका परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा शनिबार बिहान र बाँकी ठाउँमा १७ र १८ गते कर्मचारी पुगि सक्ने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकृत दिलिप तामाङले जानकारी दिए ।
कर्मचारीहरुसँगै मतदान सामग्री पनि पठाइएको छ । जिल्लामा ११७ मतदान केन्द्र तोकिएको छ ।
प्रमुख जिल्ला अधिकारी जनकराज भट्टका अनुसार डडेल्धुरामा निर्वाचन सुरक्षाका लागि ५३० नेपाल प्रहरी, ६६० म्यादी प्रहरी र २९० जना सशस्त्र परिचालन गरिएको छ ।
मंसिर १२ देखि मतगणना नसकुञ्जेल सम्मका लागि जिल्लालाई मदिरा निषेधित क्षेत्र समेत घोषणा गरिएको छ ।
प्रतिनिधि सभाको लागी १ र प्रदेश सभा सदस्यका लागि २ निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ८१ हजार ७३२ मतदाता रहेका छन् ।
कांग्रेसबाट पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग वाम गठबन्धनका साझा उम्मेदवार माओवादीका खगराज भट्ट चुनावी प्रतिस्पर्धामा छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *