आठ वर्षसम्म पनि स्वास्थ्य चौकी भवन बनेन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बाजुरा, १५ मङ्सिर
हुनत मित्र राष्ट्र भारतका सीमावर्ती जिल्लाहरुका सरकारी अस्पतालको अवस्था खासै सन्तोषजनक नभएपनि यहाँको जिल्ला अस्पतालको दाँजोमा त्यहाँ स्वास्थ्य केन्द्रहरु रहेका छन् । डाक्टरहरु दरबन्दी अनुसार रुजु हाजिर रहेका देखिन्छन् । तर यहाँ त्यस्तो छैन । त्यस्तै भौतिक निर्माण तर्फ पनि तुरुन्तै निर्माण भएका पाइन्छन् ।
बाजुराको छेडेदह गाउँपालिका–१ मा रहेको काँडा स्वास्थ्य चौकीका भवन निर्माणको सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि भवन निर्माण कार्य पुरा नहँुदा बिरामीको उपचारमा समस्या भएको छ ।
समयमै स्वास्थ्य चौकी निर्माण नभएपछि उपचार गर्ने र सामानहरु राख्ने ठाउँको अभाव भएको छ । विसं २०६८ मा निर्माण शुरु गरिएको भवन छ वर्ष लागिसक्दा पनि सम्पन्न नभएको उक्त स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र यादवले बताउनुभएको छ ।
दीपायलस्थित भवन तथा सहकारी डिभिजिन कार्यालयको आर्थिक सहयोगमा रू १ करोड भन्दा बढी लगानीमा स्वास्थ्य चौकी निर्माणका लागि सम्झौता गरिएको थियो । डडेल्धुरा जिल्लाको प्रसुराम नगरपालिका प्रमुखमा निर्वाचित भीमबहादुर साउँदको नाममा रहेको राजेन्द्र निर्माण सेवाले निर्माणको जिम्मा लिएको तर समयमै भवन निर्माण नगर्दा बिरामीको उपचार सेवा र सुत्केरीलाई खुला चौरमा प्रसूति सेवा दिनुपर्ने बाध्यता रहेको अहेव यादवले बताउनुभयो ।
भवन निर्माण गर्ने मजदुरले ज्याला पनि पाएको छैन, ठेकेदार पनि सम्पर्कमा नआएपछि स्वास्थ्य व्यवस्थापन समितिले यसबारे पटक पटक सम्बन्धित निकायमा खबर गर्दा पनि कसैले वास्ता नगरेको छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले राससलाई जानकारी दिनुभयो ।
यस्तै सोही गाउँपालिकाको डोगडी स्वास्थ्य चौकी भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवाले एक करोड १५ लाखको लागतमा १५ महिनासम्म भवन निर्माण गरिसक्ने सम्झौता गरेकामा चासो नदेखाएपछि पत्रपत्रिकामार्फत ठेकेदारका नाममा सूचनासमेत निकालेको दिपायल क्षेत्रीय स्वास्थय निर्देशनालयको भनाइ छ ।
काम गराउँदा ठेकेदारले लापरवाही, ण्लिासुस्ती गरेको हो वा निर्माण समाग्रीको अभाव जस्ता कुनै प्राविधिक अवरोधहरुले गर्दा समयमा काम गरेको भएपनि ढिला हुन गएको हो वा होइन भन्ने तथ्य बुझेर अनायासमा बुझेर ढिला गर्ने माथि कानून बमोजिम जरिवाना गर्ने प्रचलन नभएकोले निर्माण कामहरुमा ढिलासुस्ती भएको देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *