निर्माण कार्यमा ढिलासुस्ती

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बैतडी, १४ फाल्गुन
एकातिर नेपालको विकास बजेट खर्च गर्न सकेको छैन अर्काेतर्फ विकास निर्माणका कामहरु अधुरा नै छन् ।
बैतडीको रिङरोड केवल २ किलोमिटर मात्र भएपनि गोठलापानी शाहिलेकको तीनतर्फको बाँकी रहेको भाग ११ वर्षपछि पुरा भएको छ । त्यस्तै बैतडी सिल्लेगाडा कटौचपानी सडकको सिलानयास २०४१÷४२ सालमा भएको थियो जसमध्ये ७ किलोमिटर बाटो मात्र निर्माण भएको छ । बाँकी निर्काणको लागि ठेक्का सदर भई कार्यादेश दिएको २ वर्ष भइसक्यो एक महिनामा हुने बराबरको काम पनि भएको छैन । यसमा कसको लापरवाही हो ठेकेदारको, सडक कार्यालयको, जनताको वा नेताको बुझ्न सकिएको छैन । किन यस्तो भइरहेको छ यसको जवाफ त्यहाँका सभासदहरुले दिनुपर्ने देखिन्छ ।

कञ्चनपुरको जेठो विद्यालयको अवस्था
जगदिश प्रसाद अवस्थी
महेन्द्रनगर, १४ फाल्गुन
बैजनाथ नमूना माध्यमिक विद्यालय महेन्द्रनगरको भवन निर्माणको पहिलो भुईतलाको निर्माण २०२७÷२८ मा भएको हो भने छात्रावास भवनको निर्माण २०३४÷३५ तर्फ भएको थियो ।
विद्यालयको स्थापना महेन्द्रनगरको ५ नं. गल्लीमा प्राथमिक विद्यालयको रुपमा थियो भने माध्यमिक विद्यालयको स्थापना जिल्ला विकास समितिको भवन जहा अन्तिम अञ्चल प्रशासकको कार्यालय थियो त्यो भवनमा भएको थियो । पहिलो पटक एस.एल.सी. परिक्षा २०२७ सालमा भएको थिए । कञ्चनपुरमा बोर्ड परिक्षा केन्द्र नहुदा कोही डडेल्धुरा कोही परिक्षा दिन बैतडी गएका थिए । पूर्व सभामुख भोजराज जोशी पनि २०२७ सालमा एस.एल.सी. दिने पहिला विद्यार्थी थिए । विद्यालयमा उत्तम बहादुर चन्द प्र.अ. छदा विद्यालयमा राम्रो अनुशासन थियो । उनले सभासदको चुनावमा बैतडीबाट उम्मेदवारी दिएपछि स्कुलको अवस्था नाजुक हुदै गयो । २०४७÷४८ मा भने सम्पूर्ण शिक्षकहरुले राजनीतिक पार्टीहरुको झण्डा बोक्दैमा तलब लिए । स्कुलको अवस्था नाजुक बन्दै गयो ।
कञ्चनपुर जिल्लाभरीमा सबैभन्दा सम्पत्ति तथा जग्गा जमीन भएको विद्यालय पनि यो नै हो । २०४०÷४५ सालसम्म विद्यालयको पठनपाठन र विद्यार्थी संख्या अधिक थियो । प्रत्येक कक्षाहरुमा ४ देखि ६ सम्म सेक्सनहरु हुने गर्दथे । जब २०४७ सालतिर नेपाललाई प्रजातन्त्रको हावा लाग्यो त्यसपछि विद्यार्थीहरु र शिक्षकहरु राजनीतिक पार्टीहरुका झण्डा बोकी चुनावमा प्रचार गर्न लागे । कुनै शिक्षकहरु पूर्ण रुपले राजनीति तर्फ डोरिए र त्यसपछिका दिनहरुमा यस विद्यालय प्रति घृणा फैलिदै यहाँका विद्यार्थीहरु अन्यत्र विद्यालयमा सर्दै गए र नयाँ भर्नामा पनि क्रमशः कमि हुदै आयो र वर्तमान सम्म आइपुग्दा २०२८ सालमा बनेको भवनमा रंगरोगन सम्म लगाउन सकेका छैनन् । त्यहाँ जग्गाको आयस्थामा शिक्षक कर्मचारीहरुले मोजमस्ती गरी रहेका छन् मानौं त्यो व्यापारिक केन्द्र हो ।

यति स्थिर सम्पत्ति भएको विद्यालयको स्तरोन्नति डिग्री कलेज हुनुपर्नेमा दयनिय अवस्थामा परिवर्तन भएको छ । यस तर्फ बजेटको कुरा गर्दा प्रशस्त बजेट निकासा हुने गरेको छ । शिक्षकहरको दरबन्दी यथावत छ तर अनुशासन हीनताको बोध यहाँका जनमानसले गरीराख्नु परेको छ । हुनत जिल्लाभरी कै सरकारी विद्यालयहरुको अवस्था नाजुक नै छ । विद्यार्थीहरुमा छात्राको संख्या मात्रै छ । छात्रहरु निजि विद्यालय तर्फ गएका पाइन्छन् । जुन विद्यालयमा नेपाल सरकारले अनुदान सम्म दिएको छैन त्यो विद्यालयको पढाईको स्तर उच्च रहेको र शिक्षकहरुले तन मन दिएर पढाइरहेको पाइन्छ । जहाँ जिल्ला शिक्षा कार्यालयको कुनै निरिक्षण सुझाव आर्थिक लगानी छैन त्यहाँबाट उच्च प्रतिफल आइरहेको छ ।
सरकारले लगानी गरेको विद्यालयको स्तर लाजमर्दाे देखिएको छ । शिक्षकहरु शिक्षक नभएर सभासद् हुन अथवा सभासद कै सहपार्टी हुन केही भन्न सकिने अवस्था छैन । शिक्षा कायाृलयबाट केही नीति निर्देशन दिएको समेत त्यसको पालना भएको देखिदैन । बढी कडाऊ गरेमा शिक्षा कार्यालयमा गई ताल्दा लगाएका उदाहरणहरु यस जिल्लामा पनि नभएका होइनन् । यदि साच्चै भन्ने हो भने सरकारी विद्यालयहरुको बजेट कटाएर संस्थागत सामुदायिक वा निजि विद्यालयहरुलाई अनुदान दिनुपर्ने जनधारणा रहेको पाइन्छ । बैजनाथ माध्यमिक विद्यालय कै कुरा गर्दा त्यहाँको शिक्षा क्षेत्र मात्र डगमगाएन कि त्यहाँको सम्पत्तिहरुमा पनि हिनामिना भएको छ । यस तर्फ कसैको ध्यान गएको छैन । विद्यालय भवन र छात्राबासको अवस्था दयनिय रहेको देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *