महानिर्वाचन २०७४ को सम्मान गरौं !

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

जब देशमा पञ्चायत व्यवस्था थियो त्यति बेलामा २०४१÷४२ सालतर्फ नै बहुदलिय नभएपनि दुई दलिय व्यवस्थाको आभास थापा ग्रुप र चन्द ग्रुपले गराएका थिए । २०४७ मा वैधानिक बहुदलिय व्यवस्थाको पुनर्बहाली भयो । त्यसबेलाको पहिलो आमनिर्वाचनमा एमाले, नेपाली कांग्रेसबाट जसले उम्मेदवारी दिएपनि सजिलै सित जितेर संसद्मा प्रवेश गरे । देशले नया“ रुप रंग फेरेको आभास भएको थियो ।

त्यसपछिका थोरै समय एक दशक नपुग्दै द्वन्द सुरु भयो । देशभर अशान्तिको बादलको विषरुपी वर्षा भयो । त्यसको बाबजुद पनि देशले दिल्लीको अभिभावकत्वमा १२ बु“दे सम्झौता ७ पार्टी सित हुदा संविधान सभाले नेपालको संविधान २०७२ को निर्माण भयो । भित्र दस्तखत गर्नेहरुले नै विधानको विरोध गरी गराई नेपाल माथि भारतको नाकाबन्दी लगाई माग्ने व्यक्ति व्यक्तित्वको पनि उदय भयो । नेपाल भारतको सम्बन्धमा पनि दरार पर्दै गयो । बडा मुस्किलका साथ २० वर्षको कठिन प्रतिक्षा पछि स्थानिय निर्वाचन भयो जुन निर्वाचन स्वतन्त्र तरिकाले हुनुपर्नेमा नभई पार्टी पार्टीगत रुपमा भयो । जनतामा ज्यादै मनमुटाव भयो । यो फलानो पार्टीको भन्ने घृणा फैलियो । अझै शान्त भइसक्यो भन्ने ग्यारेण्टी नभएको बेला पार्टी पार्टीमा चुनावी द्वन्द भएको छ । मंसिर २१ गते आमनिर्वाचन नेपालको संविधान २०७२ को प्रथम प्रतिनिधि सभाको निर्वाचन भइरहेको छ जसले यो देशको भाग्य माथि आफ्नो जन्मकुण्डलीको निर्माण गरी जसले देशको पुरा भाग्य निर्धारण गर्नेछ ।

हामी मतदाताले पार्टीगत मायामोह भन्दा माथि उठेर नेपाल आमालाई मुटुभित्र राखी आफ्नो विचारले उपयुक्त लागेको जुनसुकै राजनीतिक पार्टीको भएपनि आफ्नो अमुल्य मत दिई नेपालको भाग्य निर्माणमा संलग्न होऔं । देश गोला बारुदले चल्दैन । देशले जनभावनाको कदर गर्न मागेको छ भन्ने कुरा कदापी भुल्नु हुदैन । व्यवस्था भनेको एक जीवनको चोला परिवर्तन गरेजस्तै हो । जो हिजो थियो त्यो आज छैन, जो आज छ त्यो भोली रहने छैन । यो साश्वत सत्य हो । कुनै पार्टी राम्रो नराम्रो भन्ने कुरा समयले मागेअनुसार हुन्छ । हिजो आजको असल भोलीको खराब हुन सक्छ किनभने हाम्रो समाज यस्तै छ । हिजोलाई खराब देख्ने परिपार्टी चलिआएको छ । त्यसबाट जतिसुकै ठूलो हु“ भन्ने विद्वानले पनि अछुतो रहन नसकेको अवस्था देखा परेको छ ।

निर्वाचनको समयमा जनमानसमा धेरै ठूलो उत्साह हुन्छ । पार्टी पार्टीमा व्यक्ति व्यक्तिमा प्रतिस्पर्धा हुनु ज्यादै राम्रो कुरा हो । २०४३ सालको आमनिर्वाचनमा थापा पक्ष र चन्द पक्ष विच बहुमतको होडबाजी चल्यो । नेपाल अधिराज्यभरबाट निर्दलिय व्यवस्था भएपनि चन्द पक्षका सभासदहरुको बहुमत आएको हुदा थापाले प्रधानमन्त्री हुन नपाई चन्दको सुझाव र सल्लाहमा मरिच मान सिंह श्रेष्ठ नेपालका प्रधानमन्त्री बने । जुन व्यक्ति राष्ट्रिय स्वाभिमान बोकेका भन्ने गरिन्छ । मरिचमान सिंह श्रेष्ठले बहुदलवादीहरु सित सम्झौता गर्न नसकेकै कारणले मात्र नभएर भारत सित मैत्री सम्बन्ध बढाउन नसकी नेपाल भारतको खतरनाक नाकाबन्दी भारतले नेपाल माथि लगाउ“दा समेत श्रेष्ठले आफ्ना देशका जनताको रक्षा सुरक्षा, आपूर्ति विश्वका देशहरुबाट सहजै साथ गरायो तर नेपालका विकास निर्माणका कामहरु सु.प. तर्फ महाकाली सिचाई आयोजनाको दोश्रो चरण पुरा भई सोही निमाणकर्ता के.डि.सी.ले अत्तरिया बैतडीको सडक पिच गर्ने कामको ठेक्का लिएको भएपनि नाकाबन्दीको प्रभावले विचैमा छोड्नुप¥यो ।

अन्तमा भारतीय नेताहरुलाई नेपालका प्रजातन्त्रवादी हौं भन्ने नेताहरुले बोलाई नेपालमा हस्तक्षेप गरी व्यवस्था बदल्न खोजेपनि राजा वीरेन्द्रले बढी नोक्सान नहोस् भनेर बहुदल व्यवस्थाको घोषणा गरेका थिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *