राष्ट्र, राज्य, प्रदेश र आत्मनिर्णय

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

वर्तमान नेपाल राज्यको आमुल परिवर्तन भइरहेको आभाष हुन्छ । कैथार्सिस भन्ने मिठो शब्द योगमा प्रचलित छ । यसको अर्थ रेचन अर्थात् भित्रबाट बाहिर फाल्नु, प्रकट हुनु, ध्यानको जगतमा Catharsis रेचन सिद्ध भएन भने मन शान्त हुन सक्तैन । यसका लागि जति योग साधना गरेपनि रेचन अनिवार्य तत्व हो । भित्र गुम्सिएर रहेका विकारबाट ग्रन्थि निर्माण हुन्छन् । जसरी पानीले निकास नपाए एक ठाउँमा रहदा स्वच्छता हराउँछ त्यसबाट जीवन दिने पानी जहर भएर जान्छ । अहिलेको नेपाल राष्ट्र राज्य संग यो विषय गहिरो भएर जोडिएको छ । विविध जातजाति स्वभाव चरित्र भाषा धर्ममा विभाजित भएपनि सद्भाव पूर्वक बसेको समाज छिन्नभिन्न हुन लागेको छ । परस्परमा सद्भावको स्थान बैरत्व, दुश्मनी, घृणा र अविश्वासमा परिवर्तित भइसकेको छ । यसरी कुनै पनि राज्य सुदृढ, संप्रभु भएर रहन सक्तैन ।
राष्ट्रलाई विविध शब्दावलीबाट परिभाषित गर्ने क्रममा महन्त ठाकुरहरु मधेश राष्ट्रको एजेण्डा आफ्नो घोषणा पत्र मुख्य विषय मानी प्रचारित गरी रहेका छन् । यसको अर्थ आत्मनिर्णय भन्दा पनि अघि बढेर अलगै राज्यको परिकल्पना गर्दै कश्मिरको प्रसंग पनि केही संचार माध्यमहरु मार्फत् व्यक्त हुनु गहिरो अर्थ राख्दछ । नेपाल भित्रै निर्माण भएको प्रदेशलाई भिन्नै राष्ट्र भनी परिभाषित गर्दा अलगाववादी, राष्ट्र विरोधी, देशद्रोहीको परिभाषा के हो भनि पुनव्र्याख्याको आवश्यकता रहेको छ अन्यथा सि.के.राउतलाई बढी व्यवहारिक र स्पष्ट भन्नुपर्ने हुन्छ उनले नेपालको अस्तित्वलाई नै चुनौती दिइ रहेका छन् । त्यो पनि चपाएर होइन सोझै मनसाय प्रकट गर्छन् तर राष्ट्रवादी दाबी गर्ने माननिय मध्येका केहीले सि.के.राउत कै भाका पुनरावृत्ति गरेर क्रान्तिकारी बढी हौं भन्ने दर्शाइ रहेका छन् । चुनावका मुखमा बोलिएका यस्ता अभिव्यक्ति राष्ट्र राज्य कसैका लागि पनि हितकारी हुन सक्तैनन् ।

यो त अनिष्ट गृहयुद्धको संकेत पनि हुन सक्छ । महतो जस्ता अत्यन्त घृणाका पात्रहरुले जाति क्षेत्रका बीचमा विषवमन गर्दा समुदाय विशेषमा आशंका त्रास व्याप्त भएको कतिपय घटनाक्रमहरुले देखाएको छ । मधेश भनेर सारा क्षेत्र त्यो पनि समतल भागमा आफ्नै एकाधिकार भए जस्तो भाव प्रदर्शन अत्यन्त खतरनाक छ । केही जनजातिका नाममा अलग राज्यका लागि संघर्षशील रहेको नियत प्रष्ट गरी रहन्छन् । खश आर्य अछूत हुन् भन्ने जस्तो गरी घृणा भाव फैलाउने पनि भित्रैबाट अर्थात् आफैले आफैलाई तिरस्कार गरी रहेको देख्दा क्रोध मात्र होइन दयाको भाव पनि भरिएर आउँछ ।

वस्तुतः सर्वसाधारणको मनोदशा पीडन बुझ्ने कुनै सार्थक प्रयास भएको देखिदैन । नाम जनताको भएपनि निहित निजि स्वार्थका लागि खुलेआम देखिने गरी निर्भर कुकृत्य प्रदर्शन भइरहेका छन् । सर्वसाधारणलाई मूर्ख हुन् भन्ने अवधारणा बनाई २÷४, ५÷७ व्यक्तिहरुको हाली मुहालीबाट देश लुट्ने काम भएको आँखा अगाडी नै प्रकट हुदा लाचारीको अनुभव हुन्छ । पोलपोटको शासन खमेरसजले कम्बोडियाका लाखौं नागरिक शहरी धनाड्यहरुलाई गाउँ कन्दरा तर्फ कठोर श्रम गराई मानवता चित्कार भएको देख्नेहरुका लागि नेपाली ब्वाँसाहरु के गर्दैछन्, कही फ्रान्सको राज्य क्रान्तिमा राजा, रानी, भारदार, सामन्त निर्ममता पूर्वक मारिएको इतिहास अकारण थिएन भनि सबैले बुझ्न जरुरी छ ।

राज्यको ढुकुटीबाट विभिन्न नाम शिर्षक आवरणमा लाख करोड पनि सीमित भइसके । अरबौंका घोटाला खुलेआम भइरहदा पनि पैसा र पहुँचका भरमा फरकै नपर्ने भएको छ । भागबण्डा हत्या हिंसाको संस्कृतिलाई संविधान भन्दा माथि राखेपछि अपेक्षा समतामुलक लोक कल्याणकारी राज्य र आम सर्वसाधारण मूर्ख हुन् भन्ने अटल सोच भएपनि संप्रभु हुन् भनि कल्पना गर्दा अखण्ड नेपालको अपेक्षा कसरी गर्न सकिएला ? संप्रभु राष्ट्र भनेर त संविधानले नै व्यवधान खडा गरी दिएको छ । सिंहदरबारको अधिकार स्थानिय तहमा आइसकेको भनेपछि प्रदेशहरुका अधिकार कर्तव्यले त्यसलाई नियन्त्रण गर्ने सामथ्र्य राख्छ कि राख्दैन ? प्रदेशका आधीन स्थानिय नगरपालिका, गाउँपालिका पर्छन् पर्दैनन्, त्यस्ता द्वन्द उत्पन्न भएपछि कसको आत्मनिर्णयले प्राथमिकता पाउँला ? द्वन्द विवाद अवश्याम्भावी छन्, जताततै वम विष्फोट, हिंसा उत्पन्न भएको छ र आपराधिक नभएर राजनैतिक कारण हुन् भनि महिमा मण्डित गर्ने काम स्वयं शासकहरु गरी रहन्छन् । यही संस्कार विकसित भएर राज्यले नै गुण्डा अपराधि मानिएका भयानक प्राणीहरु धन र बाहुबलको जोरले शासक भएर निकट भविष्यमा भाग्यविधाता हुने निश्चित छ । त्याग, समर्पण, देशभक्ति, इमानदारी, व्यर्थ पार्ने काम मात्र होइन त्यसका पर्यायवाची मूर्ख हुन् भनी घटनाक्रमले देखाउँदै आएको छ ।

खान नपाएर चुनावको मतलव नराखी दिनहुँ हजारौंको संख्यामा दासत्वको जीवन व्यतित गर्नुपर्ने भएपनि अन्य उपाय केही नभएपछि भुकम्प, बाढी आदिबाट नारकीय अवस्थामा पुगेका निरीह प्राणीहरुका नाममा ब्रह्मलुट मच्याई काम केही नगर्ने तमासा प्रत्यक्षतः देखिदा पनि संप्रभुता, अखण्डता र प्रयोग गर्दा लाज लाग्दैन दानव हो ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *