उम्मेदवार किन जान्छन् भोट माग्न ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

जनप्रतिनिधि अर्थात् प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवार बनेका व्यक्तिहरु जनताको घरदैलोमा मत माग्न हात जोड्दै किन हिड्छन् ? के उम्मेदवार भिखारी हुन् वा व्यक्तिगत लाभ लिनको लागि हुन् । जनताले खुसामद गर्नुपर्ने ठाउँमा नेताले गर्छन् । जनताको लागि काम गर्ने हुदा नेताले होइन कि हाम्रो अगुवा भई दिनुहोस् भनेर जनताले हो खुसामद गर्नुपर्ने । यो देशमा घरघरमा गई कसैलाई रकम दिनुपर्ने, कसैको लागि म बाटो बनाई दिउँला जस्ता म यस्तो उस्तो गरी दिउँला भनी जनतालाई भन्दै भोट माग्दै हिन्दै गरेको हामीले पायौं । नेताहरु काम त जनताको लागि गर्छन् आफ्नो लागि होइन भन्ने कुरा सर्वत्र थाहा छ । तिमि हाम्रो नेता भई हाम्रो काम गरिदिनोस् भन्ने काम जनताको हो भने जनता काम पनि गराउँछन् ज्याला दिनुको ठाउँमा उल्टै लिई रहेका छन् नमस्कारका ढेर ।

कांग्रेसले होइन मैले बनाएको हुँ एमालेले होइन मैले बनाएको हुँ यो पुल, जनतालाई थाहा छ यस्तो धब्बा कुरा किन गर्छन् नेताहरु । कालापानीबाट नालापानी तर्फ बढ्ने बेला सुगौली सन्धी टनकपुर सन्धीको नामबाट जीवित गर्नु गराउनुमा के कति अपराध गरेका हुन् भन्ने कुरा बुझ्नुपर्नेमा जनतालाई भ्रमित पारी मत लिने काममा व्यस्त रहेका पार्टीहरु निष्पक्ष निर्वाचन गर्दा २०७४ को निर्वाचनमा अछाममा एक मतदाताले १ सय २२ मत सम्म दिएको स्वीकारेका समाचारहरु पनि आए । नेपालको संविधानको पालना गरेको घमण्ड गर्छन् तर २०४७ को संविधानको मृत्युको बारेमा थाहा छैन । मृत्युपछि कसरी मृत्यु भयो भनेर कुनै पनि जनप्रतिनिधिहरुले पोष्टमार्टम सम्म गरेनन्, बेवारिसे लास मेडिकल कलेजमा बुझाएझैं ग¥यो । बैलगाडामा अमेरिका पुग्ने कल्पना गर्नेहरु आज अचम्मित रहेका छन् । नेपाली कांग्रेसले एमाले माओलाई भुत ठानेको छ भने वामगठबन्धनले नेपाली कांग्रेसलाई वाहियात ठानेको छ, देउवाले सत्ता राजालाई बुझाउने भनेका छन् भने बामलाई नेपालको सत्ता माओलाई तर कहाँ कसलाई बुझाउनु ठीक हुने हो या नहुने एकिन ठेगान छैन । नेता नेता जस्ता न भएर गवार जस्ता हुनु राम्रो संकेत छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *