बैंकिङ सम्बन्धी एकदिने गोष्ठी सम्पन्न

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

जगदिश प्रसाद अवस्थी ।
महेन्द्रनगर, ०९ मङ्सिर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत बि.बि.ए. आठौं तथा छैठौं सेमिष्टरका विद्यार्थीहरुको आयोजनामा शनिबार एक दिने बैंकिङ गोष्ठी सम्पन्न भएको छ ।

तस्वीरः कार्यक्रमका प्रमुख अतिथि नेपाल बैंक लिमिटेड शाखा महेन्द्रनगरका शाखा प्रबन्धक कमल बहादुर चन्द कार्यक्रमलाई सम्बोधन गर्नुहुदै ।

सु.प.विश्वविद्यालयको केन्द्रिय क्याम्पस सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरमा सम्पन्न भएको उक्त कार्यक्रमका सभापति व्यवस्थापन संकायका उपप्राध्यापक हरिशंकर पन्त रहनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल बैंक लिमिटेड शाखा महेन्द्रनगरका शाखा प्रबन्धक कमल बहादुर चन्द रहनु भएको थियो भने विशिष्ठ अतिथिमा कुमारी बैंक शाखा धनगढीका शाखा प्रबन्धक नरेन्द्र कुमार साउँद हुनुहुन्थ्यो । यसैगरी विशिष्ठ अतिथिमा नेपाल बैंक लिमिटेड शाखा महेन्द्रनगरका सहायक शाखा प्रबन्धक दिपेन्द्र ऐर रहनुभएको थियो । यस्तै अतिथिहरुमा विश्वविद्यालयका व्यवस्थापन संकायका सहप्राध्यापक मनिष ओझा तथा उत्तम कुमार थापाको समेत उपस्थिति रहेको थियो ।

उदारिकरणले विश्व समुदाय एउटै आर्थिक थलोमा बाधिएको हुनाले नेपालका शैक्षिक संस्था तथा विश्वविद्यालयहरुले त्यसै अनुसारको जनशक्ति उत्पादन गर्नुपर्ने कुरामा प्रमुख अतिथि चन्दले जोड दिनु भएको थियो । विश्व व्यापार संगठनमा सदस्य रहेका देशहरुले जुनसुकै देशमा व्यापार गर्न सक्ने भएकाले अन्तराष्ट्रिय स्तरमा सेवाप्रदायक बैंकहरु नेपालमा भित्रिने भएकाले प्रतिस्पर्धा बढ्ने उनको भनाई छ । बैंकिङ क्षेत्र एउटा जटिल, खतरामुलक व्यवसाय भएको र आजका दिनमा बैंकिङ व्यवसायका चुनौतीहरु माथि प्रबन्धक चन्दले प्रकाश पार्नु भएको थियो ।

हाल नेपाल प्रान्तिय ढाँचामा प्रवेश गरेको र नेपाल सरकारको नीति बमोजिम हरेक स्थानिय तहमा बैंकहरु खुल्ने भएकाले आजका दिनमा बैंकहरुमा जनशक्तिको माग बढ्ने समेत उनको भनाई रहेको थियो । त्यसका लागि इच्छुकले आफ्नो सिप तथा क्षमताको विकास समेत गर्नुपर्ने धारणा समेत प्रबन्धक चन्दले व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका विशिष्ठ अतिथि कुमारी बैंक शाखा धनगढीका शाखा प्रबन्धक नरेन्द्र कुमार साउँदले बैंकिङ क्षेत्रमा कसरी प्रवेश गर्ने बारे आफ्नो मन्तव्य राख्नु भएको थियो । उहाँले बैंकले कर्मचारी भर्ना गर्दा चाहिने न्युनतम योग्यता, क्षमता, सीप र बैंकका नियमहरुका बारेमा प्रकाश पार्नु भएको थियो । बदलिदो बैंकिङ क्षेत्रमा नेपाल राष्ट्र बैंकका विभिन्न महत्वपूर्ण भुमिकाहरुको समेत उहाँले व्याख्या गर्नुभएको थियो । सूचना र प्रविधिले फड्को मारेको हालको परिवेश रहेका बेला बैंकिङ क्षेत्रमा प्रयोग हुने विभिन्न सफ्टवेयर लगायत अन्य विभिन्न प्रविधिका बारेमा समेत प्रष्ट्याउनु भएको थियो ।

नेपाल बैंक लिमिटेड शाखा महेन्द्रनगरका सहायक शाखा प्रबन्धक दिपेन्द्र ऐरले नेपालको बैंकिङ क्षेत्रको विकासका
बारेमा विस्तृतमा चर्चा गर्नुभएको थियो । नेपालमा बैंकिङ क्षेत्रलाई चुस्त, दुरुस्त, प्रभावकारी एवं जनताको सहज पहुँच पु¥याउनका लागि नेपाल राष्ट्र बैंकले अवलम्बन गरेका विभिन्न नीति तथा कार्यक्रमहरुको बारेमा सहायक प्रबन्धक ऐरले प्रकाश पार्नु भएको थियो । हालका दिनमा बैंकिङ क्षेत्रमा रहेका चुनौतीहरु माथि समेत उहाँले प्रकाश पार्नु भएको थियो ।

सहायक शाखा प्रबन्धक ऐरले सम्पत्ति शुद्धिकरण सम्पत्ति राष्ट्र बैंकले अवलम्बन गरेका विविध पक्षहरुको बारेमा उपस्थित विद्यार्थीहरुलाई अवगत गराउनु भएको हो । अवैधानिक तरिका द्वारा आर्जन गरिएको धनलाई वैधानिक रुपमा ल्याउने विभिन्न प्रयासहरु हुन सक्ने भन्दै यस सम्बन्धमा राष्ट्र बैंकको निर्देशानुसार अवलम्बन गरिएका विभिन्न नितिहरुको बारेमा उहाँले प्रकाश पार्नु भएको हो । कालो धनलाई वैधानिक हुनबाट रोकी यसबाट हुने आतंकवाद जन्य क्रियाकलापहरुलाई सकभर कम गर्नकै लागि बैंकिङ क्षेत्रले ग्राहक पहिचान पद्धति (के.वाई.सी.) अपनाएको बारेमा बताउनु भएको हो ।

कार्यक्रमका सभापति उप–प्राध्यापक हरिशंकर पन्तले विद्यार्थीहरुको अभूतपूर्व योगदानबाट नै उक्त कार्यक्रम सम्पन्न भएको भनाई व्यक्त गर्नु भएको थियो । वास्तवमा यी र यस्ता कार्यक्रमहरु गर्न क्याम्पस गर्न नसकेको तितो सत्यका बिचमा विद्यार्थीहरुको तर्फबाट भएको यो कार्यक्रम अत्यन्त महत्वपूर्ण र लाभदायक हुने विश्वास समेत व्यक्त गर्नुभएको थियो ।

विहान ९ बजे देखि सुरु भएको उक्त कार्यक्रममा उक्त क्याम्पसमा अध्ययनरत वि.वि.ए. अन्तर्गत विभिन्न सेमिष्टरका विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । वि.वि.ए. आठौं सेमिष्टरका विद्यार्थी दिपेन्द्र बडुका अनुसार ‘५० जनाको लागि मात्र आयोजना गरिएको कार्यक्रम भएकाले इच्छुक सम्पूर्ण विद्यार्थीहरुलाई समावेश गराउन सकेनौं, क्याम्पस प्रशासन तथा विद्यार्थीहरुसंग कुरा गरी चुनावलगत्तै अर्काे गोष्ठीको समेत आयोजना गर्ने सोचेका छौं ।’

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *