वामगठबन्धनको आमसभा महेन्द्रनगरमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ०८ मङ्सिर
२०४७ साल देखि पूर्ण सरकार बनाउन नसकेका उत्तर र दक्षिणपन्थी राजनीतिक पार्टीहरुले आज जे जति दावा गरेपनि एकतर्फी सरकार बनाएर देशलाई सुबाटो तर्फ लैजालान भन्न नसकिए पनि चुनावी दौरानमा भने आकाशका तारा समेत हातमा समाउने दावा गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामको ऐतिहाँसिक जित कुनैपनि शक्तिले रोक्न नसक्ने बताउनु भएको छ । शुक्रबार महेन्द्रनगरमा बामको विशाल चुनावी सभालाई सम्बोधन गर्दै ओलीले वामपन्थीको जितलाई कसैले रोक्न नसक्ने बताउनुभएको हो ।
पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले देशलाई सधै अस्थिरता र अनिर्णयको बन्दी बनिरहेको भन्दै वामले स्थिर सरकार गठन गरेर मुलुकको मुहार फेर्नका लागि वाम तालमेल गरेको बताए ।
‘विकास र सम्बृद्धिका लागि हाम्रो वाम एकता हो, यसलाई कसैले तोड्न र छेक्न सक्दैन्, ‘उनले भने, ‘वाम एकताको विजयलाई समेत दुनियाको कसै शक्तिले पनि रोक्दैन् ।’
चुनाव पछि वाम गठबन्धनले सरकार बनाउने भन्दै उनले कसैले ढाल्न नसक्ने सरकार बनाउने उद्घोष गर्नुभयो । ‘हामी संकल्प सहितको नयाँ सरकार बनाउँछौँ, ‘उनले भने, ‘यो सरकारले जनतालाई माया गर्छ ।’
स्पष्ट नीति, नियम, कार्ययोजना सहितको मिसन, भिजन भएको सरकार बनाउनकै लागि चुनावी तालमेल गरेको ओलीको स्पष्टोक्ती छ । बामपन्थी संग चुनावमा स्पष्ट बहुमत हुँदाहुँदै अरुले लाभ लिएको बताउदै अध्यक्ष ओलीले त्यसैका लागि पनि दुई पार्टी विच एकता हुन फैसला गरेको ओलीको भनाई छ ।
चुनाव पछि पार्टी एकता गरिने बताउदै अध्यक्ष ओलीले चुनावी अघि एकिकरण गर्न नसकिएको बताए । ‘हामी अब नेपालमा एउटै कम्युनिष्ट बनाउने हो, ‘उनले भने, ‘त्यसैको अभ्यास स्वरुप चुनावमा एक भएर अघि बढेका हौँ ।’
कम्युनिष्ट सरकारका पालामा बषौँदेखि रोकिएको हुलाकी राजमार्ग, तुईनको ठाँउमा झोलुङ्गेपुल, लगायतका थुप्रै विकास निर्माणमा आयाम थपिएको बताउदै ओलीले महाकाली एकिकृत सम्झौता बिगार्ने प्रयास भएको बताए । कम्युनिष्ट सरकारले मात्रै मुलुकको बेरोजगारी, गरिबी, विपन्नता हटाउन सक्ने भन्दै ओलीले अब कम्युनिष्ट सरकारलाई भोट दिन आब्हान समेत गरेका छन् ।
वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा चार चार पटक प्रधानमन्त्री हुँदा समेत सिन्को भाँच्न नसकेको कटाक्ष गरे । काँग्रेसले वामको एकतालाई ख्यालख्यालमा लिएको बताउदै ओलीले एकताका बिरुद्धमा अफवाह भ्रम फैलाईएको बताए ।
‘जसले लोकतन्त्रका लागि लामो समयदेखि संघर्ष गर्दै जेल नेल गरेको छ, ‘उनले भने, ‘उ नै लोकतन्त्र मास्छ, भन्नु लज्जास्पद हो ।’ काँग्रेसलाई अबोध बालकको संज्ञा गर्दै ओलीले काँग्रेस न आफु काम गर्न सक्ने र न अरुलाई गर्न दिने भएको आरोप लगाए । ‘कम्युनिष्टले गरेका काम काँग्रेसले आफुले गरेको भन्दै गलत प्रचार मात्रै गर्छ, ‘अध्यक्ष ओलीले भने, ‘आँच नहुनेले किन सरकारमा जानुप¥यो ।’
देशको दिगो विकास र सम्बृद्धिका लागि अवसर दिन समेत उनले आग्रह
गरेका छन् । एमाले अध्यक्ष ओलीले पति शोकमा परेकी निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगरलाई अत्यधिक मत दिई जिताउन समेत आग्रह गरेका छन् । यस्तै ओलीले वाम कञ्चनपुरका ९ वटै उम्मेदवार जिताउन समेत अनुरोध गरेका छन् ।
यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका महासचिव राम बहादुर थापा(बादल)ले दुवै कम्युनिष्ट मिलेर चुनाव लड्दा काँग्रेस अताल्लिएको बताउदै दुई तिहाई मत ल्याउने दावि गरेका छन् ।
‘अब हामी एउटै कम्युनिष्ट पार्टी निर्माण गछौँ, उनले भने, ‘अस्थिरताको अन्त्य गछौँ ।’ वामको ऐतिहासिक जित हुने भन्दै उनले जितलाई कसैले पनि रोक्न नसक्ने जिकिर गरे । वामको एकलाई लिएर विपक्षीले दुस्प्रचार गरिहेको बताउदै वामको सरकारले मात्रै जनताको घरमा खुसियाली छाउने
बताए ।
पुर्व पश्चिम विद्युतीय रेल निर्माण गरेर बैदेशिक रोजगारीमा रहेका युवालाई स्वदेशमै रोजगारी दिने उनको प्रण छ । समाजवादी क्रान्तिको जरुरी रहेको बताउदै उनले अब नेपालमा समाजवादी क्रान्तिलाई कसैले पनि रोक्न नसक्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका पुर्व सासद सहित ५ सय बढिले वाममा प्रवेस गरेका छन् । राप्रपा कञ्चनपुरबाट समानुपातिक तर्फका सासद आनन्दी पन्तले राप्रपा परित्याग गरि नेकपा माओवादीमा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्र कञ्चनपुरका अध्यक्ष बिर बहादुर थापा (पातल) ले
राप्रपाका नेता समेत रहेकी पन्तले माओवादीमा प्रवेश गरेको बताए । उनी सहित शक्ति विष्ट लगायतका राप्रपाका नेता कार्यकर्ताले माओवादी केन्द्र प्रवेस गरेका हुन् ।
यस्तै कार्यक्रममा काँग्रेस, राप्रपा, जनमोर्चा, फोरम लगायतका पार्टी परित्याग गरि ५ सय बढिले वाममा प्रवेश गरेका छन् । कञ्चनपुरबाट वामलाई जिताउनका लागि भन्दै उनीहरुले वाममा प्रवेश गरेका हुन् ।
आज विभिन्न पार्टी परित्याग गरी एक अर्काे पार्टीमा प्रवेश गरेका घटना र हिन्दु धर्मलाई परित्याग गरी क्रिश्चियन तर्फ गएका घटनाहरुले गर्दा देश आज खतरामा परेको छ । ती व्यक्तिहरुले आफ्नो पार्टी र धर्मत्व गुमाइसके । अझ जनतालाई चिन्ता छ भोली पार्टी परित्याग गर्नेहरु जहाँ प्रवेश गरेका छन् त्यो पार्टीलाई पनि धरापमा नपारुन् भन्ने जनगुनासाहरु जताततै सुनिन थालेका छन् । पार्टी परित्याग गर्नेहरुमा न कुनै सिद्धान्त छ न राजनीतिज्ञ विचारधारा नै रहेको छ । दर्शनको त कुरै नगरौं नेपालमा आजसम्म स्वदेशी दर्शन राजा महेन्द्र बाहेक अरु कसैले लागु गर्न सकेको छैन । हरेक वर्तमानका नेताहरुलाई केवल सबै थोक विदेशी चाहिएको छ सरसामान देखि राजनीति धर्म, सबै दर्शनहरु आयात गर्नु परेको छ । नेपाल आज न प्रजातन्त्रमयी छ न लोकतन्त्रमयी छ न गणतन्त्रमयी छ । हाम्रो विचारमा केवल
परतन्त्रमा मौलाएको नेपाललाई नेताहरुले छुटकारा दिनुपर्छ, स्वतन्त्र राख्न सक्नुपर्छ । यही नै हो भन्छन् एक बुर्जुग भवानसिंह महरा ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *