७ सय जनाले अझै हतियार बुझाएनन्

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
बैतडी, ०९ मङ्सिर
छिमेकी राष्ट्र भारतमा निर्वाचनका समयमा नीजि हातहतियार सरकारले निश्चित तोकिएको हातहतियार विक्री गर्ने इजाजत प्राप्त व्यापारी उद्योगी कहाँ जम्मा गर्ने नियम रहेको र व्यापारीले पनि जनताले बुझाएका हतियार दुरुस्त राख्ने काम गरेको देखिन्छ तर नेपालमा त्यस्तो छैन । दर्तावाला हतियारको भन्दा दर्ता नभएका हतियारहरुबाट बढी खतरा भएको देखिन्छ । दर्तावाला हतियारबाट आजसम्म कमै पाइएकोले लाइसेन्सवालाहरुलाई पनि इमानदार नै मान्नुपर्छ । ऊ डराएर पनि हतियारसुरक्षित राखेको पाइन्छ ।
आइतबार चुनाव हुने बैतडीमा शनिबारसम्म पनि तीन सय चार जनाले मात्रै हतियार बुझाएका छन् । बैतडीमा अझै सात सय जना भन्दा बढीले हतियार बुझाएका छैनन् ।
आइतबार हुने प्रदेश र प्रतिनिधि सभा सदस्य चुनावको सुरक्षालाई मध्यनजर गर्दै हातहतियार खरखजना ऐन, २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तिसँग रहेका इजाजत प्राप्त हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको थियो । सानाठूला गरी अहिलेसम्म तीन सय चार जनाले हतियार बुझाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो ।
बैतडीमा सानाठूला गरी १ हजार १ सय २९ इजाजत प्राप्त हतियार रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
हतियार नबुझाउनु निर्वाचन आचारसंहिता विपरीत भएकाले नबुझाउने व्यक्तिलाई कानुन अनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । चुनावलाई मध्यनजर गरेर बैतडीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जनताले हातहतियार बुझाउनु र
सरकारले फिर्ता दिनु नैतिक कर्तव्य भित्र पर्दछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *