निर्वाचन सुरक्षाका लागि ६४ हजार २० जना सेना परिचालन








दिशानिर्देश समाचार
काठमाण्डौं, ०८ मङ्सिर
सम्बन्ध सुत्रका अनुसार देशमा शान्ति सुव्यवस्था कायम गर्न प्रमुख भुमिका निर्वाह गर्ने नेपाली सेनामाथि सम्पूर्ण देशबासीको विश्वास रही आएको छ । हुन पनि हो विश्वको इतिहास हेर्दा र नेपालको हकमा नेपाली सेनाले मात्र देशको इज्ज्त धानेको छ । तैपनि सेनालाई परिचालन गर्न विद्वान प्रशासकको खाँचो आजसम्म टट्कारो रुपमा रही आएको देखिन्छ ।
निर्वाचनमा नेपाली सेनाले ६४ हजार २० जना सेना खटाएको छ ।
सेनाले मतपत्र छपाई सुरक्षा, निर्वाचन सामाग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षा लगायत निर्वाचन
सुरक्षाको लागि तेस्रो घेरामा रहि आवश्यक अन्य सुरक्षा प्रदान गर्ने कार्य गरिरहेको जंगी अड्डाले प्रष्ट पारेको छ ।
खट्टिएको फौजले पहिलो तथा दोस्रो चरणको निर्वाचनको लागि आवश्यक मतपत्र छपाईमा सुरक्षा प्रदान गर्नुको साथै पहिलो चरणको निर्वाचनको लागि नेपाली सेनालाई तोकिएका स्थानहरुमा मतपत्र ढुवानी कार्य सम्पन्न गरिसकेको सेनाले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाहरु मध्ये अधिकांश जिल्लामा मतपत्र ढुवानी कार्य सम्पन्न गर्नुको साथै बाँकी रहेका केही जिल्लाहरुमा मतपत्र ढुवानी कार्य गरिरहेको जनाएको छ ।
त्यस्तै, नेपाली सेनालाई कारागार तथा विमानस्थलको सुरक्षाको जिम्मेवारी प्राप्त भए अनुसार हालसम्म देशका विभिन्न ५३ वटा कारागारहरु र २३ वटा विमानस्थलहरुको सुरक्षार्थ फौज तैनाथ भईसकेको छ ।
त्यस्तै देशका विभिन्न भागमा शंकास्पद वस्तु तथा बमहरु फेला परेका घटनाहरुमा तदारुकताका साथ सैनिकहरु खट्टिई त्यस्ता शंकास्पद वस्तुहरुलाई सुरक्षित साथ निष्क्रिय गर्ने कार्य समेत गरिरहेको छ ।
सोही क्रममा मिति २०७४ कार्तिक २२ गतेदेखि मंसिर ८ गतेसम्म ३३ वटा बम डिस्पोज गरेको सेनाले जनाएको छ ।
पाँचथर जिल्लाको फिदिम, फाकफोकथुम र हिलिहाङ्ग, जाजरकोट जिल्लाको चौरजहारी, सिन्धुपालचोक जिल्लाको मेलम्ची र बाह्रविसे, रोल्पा जिल्लाको भदौरे, रामेछाप जिल्लाको खाडाँदेवी, ओखलढुङ्गा जिल्लाको मोलुङ, लम्जुङ्ग जिल्लाको वेसिशहर, पर्वत जिल्लाको कुश्मा, धादिङ्ग जिल्लाको निलकण्ठ, गजुरी, गल्छी र घाटबेशी, बाग्लुङ्ग जिल्लाको बढीगाउँ र निशिखोलामा बम भेटिएका थिए ।
त्यस्तै अछाम जिल्लाको साँफेबगर, संखुवासभा जिल्लाको धर्मदेवी, रुपन्देही जिल्लाको बुटवल, रौतहट जिल्लाको गुजरा र कटानी, रसुवा जिल्लाको उत्तरगया, चितवन जिल्लाको भरतपुर, खोटाङ्ग जिल्लाको हलेसी, गोर्खा जिल्लाको गण्डकी र सिरानुचोक, नुवाकोट जिल्लाको शिवपुरी र विदुर, दाङ्ग जिल्लाको शान्तिनगर, कालिकोट जिल्लाको छाती, नवलपरासी जिल्लाको देवचुली एवं दोलखा जिल्लाको भिमेश्वर नगरपालिका गरी जम्मा ३३ स्थानहरुमा फेला परेका शंकास्पद वस्तु, बम सुरक्षित साथ डिस्पोज गरेको छ ।
देशको सुरक्षामा खटिएका सैनिकहरुको हातबाट जानी नजानी तथा बाध्यताबस जनताले नचाहेको काम कुरापनि हुन सक्छ किनभने उसले त देशको हितमा काम गरेको हुदा सैनिकहरुलाई हतोत्साह गर्ने काम नेताहरुले भुलेर पनि गर्नुहुदैन । सेनासित इमानदारीपूर्वक मानसम्मानका साथ स्वतन्त्र रुपमा रहन दिनुपर्छ र सेनामाथि
रहेको विश्वास हमेसा कायम राख्यो भने सेनालाई केही चाहिदैन । रातदिन यस देशको लागि चिउरा खाएर वा कन्दमुलै खाएरपनि देशको सेवा तथा रक्षा गरेको इतिहासले बताउँछ । यदि कुनै आतंककारी अथवा जनता सरकारको विरुद्धमा वार्तालाप नगरी सोझै आक्रमण गर्न आउँछन् भने त्यसको प्रतिकार गर्नु सेनाको धर्म पनि हो तर केवल अधर्म एउटा मात्र छ जुन सैनिक युद्धको मैदानबाट भाग्छ उसलाई भने विश्व सैनिक कानून अनुसार साथीहरुले गोली हानी दिएमा अपराध छैन भन्ने सिद्धान्त रहेको छ ।







