५० लाखको आशा देखाउँदै भोट माग्दै राजेन्द्र महतो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
काठमाण्डौं, ०८ मङ्सिर
यदि कारवाही गर्ने भए यस्ता नेताहरु, राजनीतिक पार्टीहरुलाई गर्नुपर्छ यदि नियम बनाएको छ भने । नियम बनाउने अधिकार पनि नेताहरुकै भएको हुदा आफुलाई कमजोर गर्ने ऐन नियम बनाउने नेताहरुको नियत छैन । त्यसकारण नेताहरु कहिल्यै पनि फस्न सक्दैनन् । चुनावको बेलामा जनतालाई हाँकाहाक हामीलाई जिताएमा ५० लाख रुपैया र विवाहका दिन सुनका सिक्रीहरु दिउँला भनी कबोल गर्ने राजनीतिक पार्टीहरु माथि तुरुन्त कारवाही हुनुपर्छ । यदि होइन भने सम्पत्ति विवरण नगरेका माथि कारवाही हुन्छ भन्ने कुरा कोही विश्वास गर्न सक्दैन ।
राष्ट्रिय जनता पार्टी नेपालले मधेस आन्दोलनमा शहादत दिएका परिवारलाई ५०–५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । महोत्तरीको जलेश्वरमा बिहीबार पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा राजपाले मधेस आन्दोलनक सम्पूर्ण शहिदलाई प्रतिपरिवार ५०–५० लाख दिने घोषणा गरेको हो ।
घोषणापत्र सार्वजनिक कार्यक्रम मा बोल्दै राजपा नेता राजेन्द्र महतोले दुई नम्बर प्रदेसमा राजपा–फोरम गठबन्धनको सरकार बन्ने दाबी गरे । उनले मधेस प्रदेशको सरकारद्वारा शहीद परिवारलाई ५०–५० लाख दिने जानकारी दिए ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको आह्वान गरेसंगै आन्दोलनमा शहादत दिने लाई ५०–५० लाख रुपैयाँ दिने विवादास्पद निर्णय गर्दा निकै आलोचना भएको थियो । राजपाको चुनावी घोषणापत्रमा ५० लाख दिने कुरा उल्लेख नभएपनि दुई नम्बर प्रदेशमा आफ्नो सरकार बन्ने निश्चित भएको महतोले बताए । उनले प्रादेशिक सरकारद्वारा उक्त रकम उपलब्ध गराउने दाबी गरे । शहीद परिवारलाई आर्थिक सहयोग बाहेक प्रादेशिक सरकार अन्तर्गत आउने सरकारी जागिर उपलब्ध गराउने, शहीद परिवारका बच्चाहरूको निःशुल्क अध्ययनको व्यवस्था, शहीद परिवारलाई स्वरोजगारको लागि छुट्टै आर्थिक सहायता उपलब्ध गराउने पनि नेता महतोले बताए ।
आजपनि सरकार छ भोलीपनि सरकार रहनेछ । २०४७ देखि आजका दिन वर्ष गन्दै जाने हो भने सबैले गन्न समेत नसक्लान् । कति महिला पुरुषले नेपाल परित्याग गरी स्थायी बसोबासका लागि विदेश गएका छन् । कतिले रोजगारीको लागि आफ्नो मुलुक परित्याग गरेका छन्, देश उजाड भएको छ, रोजगारीको लागि तड्पिरहेका छन् युवाहरु । जुन एउटा सरकारी पदमा छिमेकी मित्र राष्ट्र भारतले अथवा अंग्रेजले सेनाको नौकरी दिन्छ भने त्यही पदलाई नेपालमा पाउन ठूला भनसुन चाहिन्छ । सोर्सफोर्स मात्र नभई फोर्स समेत चाहिएका देखिन्छ । शुद्ध रुपबाट सेवामा प्रवेश गर्न पाएका छैनन् । विभिन्न संघसंस्थाहरुमा त छोडौं अहिले प्राइभेट कम्पनीहरुमा समेत त्यस्तो आभास हुन्छ । आज सम्म नेपाल लोकसेवा आयोगले मात्र इज्जत धानेको छ र युवाहरुको विश्वास जितेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *