शरणार्थी जीवन !








त्यो देश जुन देशबाट ६ लाख बीस हजार जनताले आफ्नो थात थलो छोडी नांगै भागेर बंगलादेश पुगेर शरणार्थी बन्न पुगेका छन् त्यो देशकी प्रजातन्त्रवादी नेतृ नोवेल पुरस्कार विजेता हुन् र देश म्यानमार मुसलमानको बस्ती रहेको रखाइन प्रान्त हो । अन्तराष्ट्रिय जगतमा आज जातीय समाजको संज्ञा दिइ रहेछ विश्वले । हामीले यस भन्दा पूर्व २०४७ सालको प्रजातन्त्र नामको नेपाल भित्र १ लाख २० हजार भुटानीहरु भुटानबाट भारतको बाटो हुदै नेपाल पसेका थिए । सबै नेपाली मुलका, कर्मठ नेपाली मुलका भुटानीहरुमा युवा, अधवंैसे, बालबालिका सबै थिए । संयुक्त राष्ट्र संघबाट इन्साफ पाइएला नै भन्ने विश्वास गर्दागर्दै दशकांै वितिसके, ती शरणार्थीहरुले कहा इन्साफ पाउथे । अन्तसम्म पाउन सकेका छैनन् । सायद भुटानी शरणाथीबाट यू. एन. ओ. लाई प्रत्यक्ष कुनै आर्थिक उपलब्धि हुनेवाला थिएन । इराक र कुवेतबाट अमेरिकालाई फाइदा थियो शक्ति प्रयोग ग¥यो । इराकलाई तल पारी कुवेत माथि राखी कुवाको तेलमा आ“खा गाड्यो तर भुटन र नेपालमा केही थिएन, न भुटानी शरणार्थी सित थियो । तिब्बतीहरुलाई शरण लिन चाहेन भारतले, भुटानी शरणर्थाीलाई एक रात बस्न दिएन बरु आफ्ना सवारी साधनबाट नेपाल पु¥याई दियो । त्यस बेला २०४७ को प्रजातन्त्र नेपाली जनता र राजा विरेन्द्रले आपसी समझदारीमा नै प्रजातन्त्र बहुदलीय व्यवस्थाको स्थापना स्वयं स्वदेशी समझदारी थियो, टिक्न दिएन पाएन । २०६२÷६३ मा त्यो अवस्था रहेन बोका सुपे्रझैं भयो । दिल्लीमा हाम्रा महान क्रान्तिकारी तथा प्रजातन्त्रवादी नेताहरुद्वारा २००७ सालकोझै ७ दलका नेताहरुको लिफा लियो र आफुले चाहे जस्तो ग¥यो । दश वर्षे द्वन्दकाल नेपाललाई बाचुकि मरु भन्न भैरहेको बेला भुटानी शरणर्थीको बारेमा नेपालका प्रजातन्त्रवादी नेताहरु के बोल्न सक्दथे । भुटानी शरणार्थी बाट नेपाललाई फाईदा लिन सकेन दिमाग पनि थिएन । विदेशले शरणार्थीहरुका लागि दिएको रसद पानीमा बरु केही चुंगी निकाली कर्मचारी नेताहरुले थोरै भएपनि आर्थिक लाभ गरे । अपराधीलाई फा“सीको सजाय दिदा त अन्तिम इच्छा के छ भनेर सोध्ने गर्छन् तर उनीहरुको इच्छा सोधिएन । शरणार्थीहरुको स्थानान्तरणको नामबाट शरणार्थी पहिलो शिविर नेपालबाट अमेरिकाका विभिन्न प्रान्तका घर–घर, पसल–पसल, उद्योगहरुमा लगेर राख्ने काम भएपनि २० हजार जति भुटानी शरणार्थीहरु अझै नेपालको शिविरमा नै छन् । चराको पनि गुड हुन्छ उनीहरुको पनि घर जग्गा थियो । कहा“ गयो होला कस्तो शरणार्थी जीवन !!!
शेष बचेका नेपालमा रहेका शरणार्थी फर्कन चाहन्छन् तर पहल गरी दिने हिम्मत र सामथ्र्य नेपाली नेताहरुमा छैन । उस्काउने कामका माहिर नेताहरु गर्न नसक्ने जस्तो कि २०४७ मा प्रजातन्त्र बहुदलिय व्यवस्थाको पुनःस्थापना ग¥यो त्यो प्रजातन्त्रले नपुगेर २०५२ मा अर्काे गृहयुद्धको थालनी भयो । २०६३÷६४ मा २०÷२२ हजार निहत्ता नेपालीहरुको हत्यापछि मत्थर भयो । लौ त तपाईहरु नै नेपाल चलाउनु भनी राजाले राज्य छोडी अलग बसेर पनि उस्तै केही गर्न सकेनन् भन्ने आरोप सबैले लगाएकै छन् ।
यहि वर्ष केही महिना अघि देखि म्यानमारको रखाइन प्रान्तबाट निकालिएको ६ लाख २० हजार मुसलमान शरणार्थीहरु बंगलादेशमा आउन सुरु भएर ६ लाख २० हजार आइसकेको अवस्थामा बंगलादेशले उक्त शरणार्थीलाई बस्न ठाउ“ दियो तर आज म्यानमार कि प्रजातन्त्रवादी नेतृ आङसाङ सूचीले फिर्ता लैजानु पर्छ आफ्ना नागरिकलाई भनेर बंगलादेशले म्यानमार तथा अन्तराष्ट्रिय जगत सित कारवाही चलाएको छ । बंगलादेशले सम्झौता गरी तिन साता भित्र कार्यदल गठन गर्ने सहमति भएको छ । आस छ वर्तमानको नेपालले भुटानी शरणार्थी बारे फिर्ताको लागि कारवाही गर्न नसके जस्तो हुनेछैन । रोहिग्या शरणार्थीले आफ्नो घर, देश स–सम्मान फर्कन पाउनेछन् भन्ने आशा विश्वले बोकेको छ । यदि घर फर्काउने अवस्था सहज गरिदिएमा बंगलादेश माथि सबै आभार प्रकट गर्नेछन् र नेपाली नेताहरुको झैं ती रोहिग्याहरुलाई अमेरिका वा अन्य देशमा न पठाई उनीहरुकै देश पठाई यू.एन.ओ.ले सकेसम्म न्याय उपलब्ध गराउनेछ । राजा महेन्द्रले बर्मेली शरणार्थीलाई नेपालमा निःशुल्क जग्गा, घर, घडेरी दिई स्थायी बसोबास गराई दिएझै होस् भन्ने हाम्रो पनि चाहना छ । शरणार्थी जीवन विश्वका कुनैपनि देशका जनताले विताउन नपरोस् ।







