किन चल्यो दश वर्षे जनयुद्ध ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

जनयुद्ध चल्नुपर्ने बेला बरु २०४६ सालमा थियो चलेन । त्यसपछि २०५२ सालमा जनयुद्धको सुरुवात किन भयो ? के राजा विरेन्द्रले प्राप्ति प्रजातन्त्र २०४७ को उलङ्घन गरेका थिए ? सरकार राजनीतिक पार्टीहरुको हातमा थियो । राजा
वीरेन्द्रले त बारबार मध्यावदी नगरी शासन गर, ५ वर्ष सम्म एक अर्काको प्रतिरक्षा गर मात्र भनेका
थिए । जब एमालेलाई कांग्रेस र कांग्रेसलाई एमालेले देख्न नसक्ने भयो त्यसकारण संसदमा २० सीट प्राप्त रा.प्र.पा.लाई सरकारमा प्रधानमन्त्री भई बस्न बाध्य भए ।
एमालेको सहयोगमा लोकेन्द्र बहादुर चन्द तथा नेपाली कांग्रेसको सहयोगमा लगातार सूर्य बहादुर थापालाई प्रधानमन्त्री बनायो र दुबै ६÷६ महिना
रहे । त्यसपछिका सबै समय दुबै पार्टीको भागबण्डामा रहेका हुन् । शासन आन्दोलन गर्नेहरुकै हातमा थियो । सरकारमा बसेको बेला राष्ट्र निर्माणको क्रान्ति गर्नुपर्नेमा त्यस्तो नगरी अन्यथा गरे । किन कसको लागि त्यस्तो ग¥यो ? सबै सभासद पार्टीहरु जो जो जनक्रान्तिको नाममा सहभागी भए खास
गरी टेबुलमा बसी माओवादीलाई समेत सहमतिमा आउन दिएन । माओवादीहरुलाई पार्टी दर्ता गर्न सम्म किन दिएन ।
के यी सबै काम नेपाल आमाको हितको लागि भएका थिए ? कति धनजनको क्षति भयो के त्यसको दोषी माओवादी मात्रै हुन् ? दोषी सबै ७ पार्टी हुन् कि होइनन् ? नेपालका सभासदहरुले टेबुलमा बसेर त्यही जनताले चुनेका सभासदहरुबाट संविधान बनाउने हिम्मत किन गरेनन् ? के आफ्नो जीउ प्यारो लागेको थियो ? जनताको जिउको दुःख नलाग्ने आफ्नो जीउ त्यति ठूलो के कारणले भयो ? अबको निर्वाचनमा जनताले बुझ्नु पर्छ छोरीको विवाहमा आधा तोला सुन दिउला मेरो पार्टीलाई भोट देऊ भन्ने जस्ताको चंगुलमा नफसी स्वतन्त्र विचार बोकेका नेपालीहरुले बहुमुल्य पवित्र मत पवित्र व्यक्तिलाई दिनुपर्ने देख्दछौं ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *