जङ्गली हात्तीको आतंकले बासिन्दा त्रसित








s~rgk’/sf] z’SnfkmfF6f /fli6«o lgs’~hsf] tf/fk’/ lzlj/df a:b} cfPsf kl/jf/sf] emf]k8L xfQLsf] ayfgn] eTsfPkl5 v’nf cfsf;df a:b} cfPsf] kl/jf/ . laxLaf/ /ftL oxfF xfQLsf] ayfgn] kfFr j6f emf]k8L eTsfO{ 3/ leqsf] cGg vfP/ ;vfk kf/]sf] 5 . tl:a/ M /fh]Gb|k|;fb kg]?, s~rgk’/, /f;;
महेन्द्रनगर, ०२ मङ्सिर । २०१५÷१६ सालदेखि खान लाउन नपुग्ने जनताहरु तराईमा जाऊ व्यवस्था सरकारले गर्छ भन्ने ऐलान राजा महेन्द्रबाट भएपनि विभिन्न डरले तराई झर्न नसकेका हुदाँ २०२६ सालसम्म तारापुरमा एक घरपनि थिएनन् तर भतपुरीमा भने पुरानो बस्ती थियो । २०२६÷२७ देखि जंगलका भित्र बसोबास सुरु गर्न थालियो, समय–समयमा वन कार्यालयबाट हात्ती ल्याएर घर भत्काउने काम भयो । हुदाहुदै तारापुरको जंगल नयाँ बस्तीले ढक्का चानदेउ सम्म भरीभराउ भयो । अन्तमा २०४२÷४३ तर्फ त्यहाँको सम्पूर्ण बस्ती उठाई दर्तावाल जग्गा महेन्द्रनगर नगरपालिका लगायतका विभिन्न ठाउँमा मुल्याङ्कनको आधारले सट्टाभर्ना दिएको थियो । ऐलानीमा बसोबास गर्नेहरुको हकमा लगत लिएर आधा–आधा विगाहा र पाँछ कठ्ठा जग्गा सिमलखल्ला, वाणी, चान्देउ लगायतका ठाउँमा साभर्ना दिई लगत बाहिर
रहेकाहरुको बन्दोबस्त नभएकाले २०६२÷६३ को आन्दोलनपछि पुनः खाली भएको क्षेत्रमा नेताहरुले शिविर बनाई बसालेका थिए ।
जंगली हात्तीको आतंकबाट बच्न निकुञ्ज विस्थापित तारापुर शिविरका बासिन्दा अन्न, बालबालिका र ज्येष्ठ नागरिकलाई छिमेकी गाउँमा सार्न बाध्य भएका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको बथानले पटक पटक घर भत्काउने र भण्डारण गरिएको अन्न खाइ चौपाया मार्नथालेपछि त्रसित बनेका शिविरका बासिन्दाले अन्न, बालबालिका र ज्येष्ठ नागरिकलाई छिमेकी गाउँमा सार्न बाध्य भएका हुन् ।
दुई दिनअघि मात्रै आएको हात्तीको बथानले शिविरका पाँचवटा घर भत्काएर भण्डारण गरिएको अन्न खाइ चौपाया मारेका थिए । यसबाट त्रसित बनेका शिविरका बासिन्दाले आँगनमा चुट्नका लागि राखेको धान जोगाउनका लागि नजिकका बस्तीमा लगेर थे्रसिङ गर्ने र भण्डारण गर्ने कार्यमा जुटेका छन् ।
बस्ती नजिकै हात्तीले ठूलो आवाजले
कराउन थालेपछि आँगनमा राखिएको धान रातारात छिमेकी गाउँमा (स्याली नदीको मसानघाट रहेको क्षेत्र) लगेर राख्नु परेको स्थानीयवासी जयन्ती विष्टले बताउनुभयो ।
हात्तीले घर (छाप्रो) भत्काएर अन्न खाएपछि खुला आकास मुनि बिताउँदै आएका
रामकुमारी डगौराले हात्तीकै डरले आफूसँग बस्दै आएका बालबालिकालाई छिमेकी बन्साहा गाउँमा पठाएको दुःखेसो पोख्नुभयो ।
‘राति ११ बजे हामी सुतेका थियाँैं, श्रीमान् आँगनमा आगो सेक्दै हुनुुहुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘छाप्रो नजिकै ठूलो आवाजसहित केराका बोट ढल्न थालेपछि श्रीमान्ले हात्तीको बथानले घेरिसक्यो भाग भन्दा भन्दै हात्तीले छाप्रो भत्काउन शुरु गरी हाल्यो, आफूसँग सुतेको बच्चालाई काखिमुनि च्यापी भागेर ज्यान जोगायौं ।’
‘छिमेकी गाउँमा गुहार मागेर हात्तीको बथानलाई भगाइएपछि छाप्रो (घर) हेर्न आउदा
न त छाप्रो थियो, साँझ बिहान छाक टार्नका लागि राखेको न त अन्न नै थियो, लत्ताकपडा, बालबालिकाका कापिकिताब सबै च्यातचुत भएको र भाँडाकुडा सबै कच्याकुचुक पारिएको अवस्थामा थिए’ उहाँले भन्नुभयो ।
नजिकको गाउँका बासिन्दाबाट अन्न र भाँडाकुडा मागेर काम चलाउँदै आएका छौँं, उहाँका श्रीमान् विजय डगौराले भन्नुभयो, ‘सबै थोक हात्तीको बथानले नोक्सानी गरेपछि घर न घाटका भएका छौं हामी, यस्तो अवस्थामा ज्यानै जोगाउनका लागि बालबालिका र ज्येष्ठ नागरिकलाई अर्को गाउँमा सार्नुपरेको छ ।’
हात्तीको बथान बस्तीमा छिरेपछि आगो बालेर भगाउने प्रयत्न गरिरहेका बेला छाप्रो पछाडीबाट आएको हात्तीले छाप्रो भत्कायो, हात्ती भगाउन आँगनमा बालेको आगोले छाप्रो जलेपछि बिचल्लीमा परेका रत्नीदेवी डगौराले भन्नुभयो, ‘आँगनमा बालिएको आगोले छाप्रोमा राखेको अन्न, लत्ताकपडा त जले, ब्याउने बाख्रा समेत हात्तीले मा¥यो ।’ आँगनमा चुट्नका लागि थुप्र्याएको धानसमेत खाएपछि परिवारलाई कसरी पाल्ने चिन्ता थपिएको उहाँले बताउनुभयो । रत्नीदेवीको परिवार अहिले छिकेकीको छाप्रोमा बस्दै आएको छ ।
शिविरका दिले लुहारको छाप्रो समेत हात्तीको बथानले भत्काएर भण्डारण गरेको अन्न खाएपछि उहाँको परिवार समेत दुई दिनदेखि एक छाक खाना खाएर बसेको छ । हात्तीले
राखेको अन्न खाएपछि किन्ने क्षमता नहुँदा छिकेकी गाउँ र शिविरका बासिन्दासँग अन्न माग्न थालेको उहाँले बताउनुभयो ।
खानका लागि अन्न नपाउँदा दुई दिनसम्म छिमेकीले दिएको खाना एक छाक खाएर बस्यौं उहाँले भन्नुभयो, ‘अन्न माग्न गाउँ÷गाउँ चाहार्दै हिँडेको छु, मागेर कति दिन पुग्ला र ? कमाउनका लागि वाहिर जाँदा पूरै परिवार भोकै मर्छ’ उहाँले भन्नुभयो ।
हात्ती बस्तीमा आए जवान त भाग्न सक्छन्, बालबालिका र ज्येष्ठ नागरिक भाग्न नसक्ने भएकाले सबैलाई अन्नसहित छिमेकी गाउँमा बस्नका लागि पठाइको जीत राम चौधरीले बताउनुभयो ।
दैनिक हात्तीको बथान शिविर नजिककैको तारापुर ताल र भतपुरी क्षेत्रमा कराउँदै आएको छ । डरले शिविरका बासिन्दा आगोबालेर जाग्रम बस्दै आएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रबाट विस्थापनमा परेका परिवारको पुनःस्थापना नहुँदा २०६२ सालदेखि तारापुर शिविरमा तीन सय विस्थापित परिवार बस्दै आएका छन् ।







