प्रधानमन्त्री देउवा बैतडीमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

k|wfgdGqL Pj+ g]kfnL sf+u|];sf ;efklt z]/axfb’/ b]pjf a}t8Lsf] kf6g ljdfg:yndf . a}t8Lsf] kf6gdf g]kfnL sf+u|];n] cfof]hgf u/]sf] r’gfjL cfd;ef ;Djf]wg ug{ k’Ug’ePsf] xf] . t:jL/ M ljgf]b l;+x lji6, a}t8L,/f;;

बैतडी, ०१ मङ्सिर
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बैतडी आउनु भएको छ ।
नेपाली काँग्रेस र राप्रपाको संयुक्त लोकतान्त्रिक गठबन्धनले काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा शुक्रबार एकैदिन तीन ठाउँमा चुनावी सभाको आयोजना गरेको हो ।
दिउँसो १ बजे पुरचौडी हाटमा, दिउँसो २ बजे पाटनमा र दिउँसो ३ बजे मेलौलीमा आयोजना गरिएको सभालाई प्रधानमन्त्री एवं पार्टी सभापति देउवा तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले सम्बोधन गरेका थिए ।
लोकतान्त्रिक गठबन्धनको औचित्यका बारेमा नागरिकलाई जानकारी गराउन पार्टी सभापति एवं प्रधानमन्त्री आफैँ आउनु भएको जिल्ला सचिव वीरबहादुर बिष्टले जानकारी दिनुभयो ।
यस्तै, प्रधानमन्त्री देउवाले शुक्रबार नैै बिहान १० बजे दार्चुलाको खलंगा र दिउँसो १२ बजे लटिनाथमा आयोजना हुने चुनावी सभालाई सम्बोधन समेत गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले चुनावी सभालाई सम्बोधन गर्ने भनेपछि बैतडी र दार्चुलाको सुरक्षा व्यवस्था कडा पारिएको थियो । प्रधानमन्त्रीको सुरक्षाको सुरक्षा व्यवस्था चुस्त–दुरुस्त पारिएको प्रहरी नायब उपरीक्षक
हेरम्ब शर्माले जानकारी दिनुभयो ।
यसैगरी वाम गठबन्धनले पनि चुनाव नजिक आएसँगै केन्द्रीय नेताको उपस्थितिमा चुनावी सभा गर्ने जनाएको छ । बैतडीको देहीमाडौँमा वाम गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई पूर्वमन्त्री एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य कर्णबहादुर थापाले सम्बोधन गर्ने एमाले बैतडीका सचिव लीलाधर भट्टले जानकारी दिनुभयो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *