पुष दोश्रो हप्ताभित्रै चमेलिया प्रयोगमा आउने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बैतडी, ०१ मङ्सिर
२०४२ को नीति निर्देशनमा देशका विभिन्न नदीनालाहरुलाई प्रयोगमा ल्याउन सानो जलविद्युत आयोजाको विकास गर्न डा.प्रकाशचन्द्र लोहनीको नीति रहेको थियो । त्यसबारेमा बुझ्न खोज्दा ठूला विद्युत आयोजना बनाउँदा ढिलो हुने भएकोले त्यसबेला सम्म कम लागत खतरामुक्त रहेका साना जलविद्युत आयोजनाहरुको निर्माण गर्ने भन्ने नीति रहेको थियो ।
लामो समय देखि प्रतिक्षारत चमेलिया जल विद्युत आयोजनाको बिजुली अब पुष दोस्रो हप्ता भित्रै उत्पादन हुने भएको छ । ३० मेघावाट क्षमताको आयोजनाको सबै काम सम्पन्न भइसके पछि तीन हप्ता देखि परिक्षणको काम भई रहेको छ ।
अबको छ हप्तासम्म यो क्रम जारी रहने र पुष दोस्रो साताभित्र चमेलियाको विद्युत राष्ट्रिय प्रशारण लाईनमा जोडिने आयोजनाले दाबी गरेको छ । आयोजनाको चार किलोमिटर लामो सुरुङ, १ सय ३१ किलोमिटरको प्रशारण लाईन र बिद्युत गृहमा सबै उपकरण जडान भईसकेका छन् ।
२०६३ पुष देखि सुरु भएको आयोजना २०६८ मंसिरमा सम्पन्न गर्नुपर्ने भएपनि चार पटक म्याद थपेर यसै वर्षको डिसेम्बर भीत्रै सम्पन्न हुने आयोजनाको सिविल तर्फका ईन्जिनियर बिभुषण चालिसे बताउनुभयो । सुरुमा आठ अर्ब लागतमा निर्माण हुने भनिएको आयोजना बिभिन्न कारणले चार चोटी म्याद थपिएर हालसम्म आइपुग्दा लागत बढेर झण्डै दोब्बर १५ अर्ब रुपैया पुगेको छ ।
आठ सय ४३ मिटर सुरुङ खुम्चिनु, संसदीय लेखा समितिले छानबिन गर्नु लगायत बन्दहडतालले गर्दा आयोजना ढिलो भएपनि सुक्खायामको पिक आवरमा पनि पूर्ण क्षमतामा संचालन हुने आयोजना प्रमुख अजय कुमार दाहालको भनाई छ । बैतडी र दार्चुलाको सिमाना भएर बग्ने चमेलिया नदीमा निर्माण भएको आयोजनाले कैलालीको अत्तरियासम्म एक सय ३२ केभीको एक सय ३१ किलोमिटर लामो प्रशारण लाईन निर्माण गरि परिक्षण पनि गरिसकेको छ । प्रशारण लाइनले चमेलिया आसपासमा निजी लगानीमा निर्माण भइरहेका करीब दुई सय मेगावाटका अन्य आयोजनाहरुले पनि प्राधिकरणलाई विद्युत विक्रि गर्न सक्ने आयोजना प्रमुख दाहालले बताउनुभयो । ११ बर्ष लामो प्रतिक्षापछि सम्पन्न चमेलियाको विद्युत उत्पादन हुन लागेको हो । यसले दार्चुला र बैतडीका धेरै ठाउँमा विद्युतीकरण हुनेछ ।
चमेलियाबाट विद्युत उत्पादन हुने भएपछि स्थानीवासि खुसी भएका छन । आयोजना निर्माणपछि यसले बार्षिक १८ करोड ४२ लाख युनिट बिद्युत उत्पादन गर्नेछ भने यसबाट करीब एक अर्ब १० करोड वार्षिक आम्दानी हुनेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *