चुनावी दौडमा प्रधानमन्त्री दार्चुला

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दार्चुला, ०१ मङ्सिर
धेरै देशहरुमा निर्वाचनको समयमा यदि प्रधानमन्त्रीले चुनाव लड्छ भने आफुले निर्वाचन सरकारको गठन गरेर पदबाट राजीनामा दिई चुनाव लडेका घटना छन् । नेपालमा २०४३ सालको निर्वाचनमा म निर्वाचनमा उम्मेदवार हुने भएकाले प्रधानमन्त्रीको पदबाट राजीनामा दिन्छु भनी दिएको राजीनामा स्वीकृत गर्न मानेका थिएनन् त्यसपछि सारै विन्तिका साथ आफ्नो राजीनामा स्वीकृत गराइ माग्ने लोकेन्द्र ब. चन्द पद त्याग गर्नेमा सायद पहिलो व्यक्ति हुनुपर्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले काग्रेशले जितेमा मात्रै देश र जनताले लामो सङघर्षपछि प्राप्त गरेको लोकतन्त्रको रक्षा हुने बताउँनुभएको छ । बामपन्थी दलहरु लोकतन्त्र सिद्धाएर देशमा लेलिन र माओबाद सहितको कम्युनिष्ट शासन लागु गर्न लागेको देउवाको आरोप रहेको छ ।
नेपाली कांग्रेश दार्चुलाले जिल्ला सदरमुकाम खलंगामा आयोजना गरेको चुनाबि आमसभालाइ सम्बोधन गर्न यहाँ पुगेका कांग्रेश सभापति समेत रहेका प्रधानमन्त्री देउवाले देश र जनतालाइ डरत्रास मुक्त बनाउन र सार्बभौमिकताको रक्षाका लागि कांग्रेशलाइ जिताउँन आग्रह गर्नुभयो ।
बिश्वमा कहि सफल नभएको कम्युनिष्ट शासन नेपालमा लागु गर्न खोजिएको भन्दै देउवाले जनताले लोकतन्त्रको पक्षधर काग्रेशलाइ बिस्वास गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।
आफ्नो भारत भ्रमणको बेला महाकाली नदीमा नेपाल भारत पक्कीपुल बनाउने आस्वासन पाएकाले निर्बाचनपछि नेपाल भारत जोड्ने दुइओटा मोटरेवल पुल निमार्ण हुने आस्वासन दिनुभयो ।
लापरबाहि र ढिलासुस्तीका कारण तिब्रता पाउन नसकेको राष्ट्रिय महत्वको महाकाली करिडोर केहि बर्षमै कन्चनपुरको ब्रह्मदेब देखी दार्चुलाको तिकंरसम्म निमार्ण सम्पन्न गर्न पहल गर्ने उद्घोष गर्नुभयो ।
दार्चुला जिल्लाका दुर्गम स्थानिय तहहरु पिछडिएको सुचिमा नपरेको भन्दै सर्बत्र आलोचना भइरहेको बेला निर्बाचनको मुखमा दार्चुला पुगेर प्रधानमन्त्री देउवाले निर्बाचन पछि सुचिकृत गर्ने बचनबद्धता ब्यक्त गर्नु भएको छ भन्ने समाचार प्राप्त भएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *