मदिराका कारण मृत्यु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

अछाम, ०१ मङ्सिर
अछाममा मदिराका कारण एक सरकारी कर्मचारिको मृत्यु भएको छ ।
रामारोशन गाउँपालिका स्थित पशु सेवा कार्यालयमा कार्यरत नायब सुब्बा धनलाल उपाध्यायको शुक्रबार बिहान ४ बजे मृत्यु भएको हो । एकाएक नाकबाट रगत बगेपछी उपाध्याय कि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिईन ।
उनले खबर गरेपछी खबर पाउना साथ प्रहरीको टोलि र स्वास्थ्य कर्मी पुग्दा उपाध्यायको मृत्यु भई सकेको अछाम प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले बताउनु भयो । बाजुराको बडिमालिका नगरपालिका ९ घर भएका ३७ बर्षिय उपाध्याय मदिरा सेवन गरि रहने भएकाले मदिराकै कारण ज्यान गएको हुन सक्ने बताइएको छ भन्ने समाचार प्राप्त भएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *