वैदेशिक होइन स्वदेशी रोजगार माग !








आज बसाईसराईले देश रोएको छ । हदैसम्मको सीमा नाघी सक्यो, बसाईसराईले मात्र होइन कि बेरोजगारीले । भारतमा भारतीयहरुको शासन नभएको अंग्रेजहरुको शासन थियो । उनीहरु अरुलाई माथि उकलेको देख्न नचाहने र गुलाम बनाउने प्रवृत्तिको कारणबाट नेपालको विकासमा हात बटारेन । त्यस्तै राजनीतिक विकासलाई पनि झन् तल पार्ने प्रयास अन्त सम्म गरी रहेकै पाइन्छ ।
राणा सरकारले मितेरी नगासेको हो वा गासेर पनि हात नबटारेको हो, अंग्रेजले चाहेको भए नेपालको विकासमा धेरै टेवा पुग्ने थियो तर पुगेन । नेपाली जनतालाई रोजगारीको हकमा कामदारको रुपमा बर्मा, थाईल्याण्ड, मलेसिया, भारतका सबै ठाउ“हरुमा रोजगारी पाएको थियो । गोरखालीको नामबाट आर्मीमा पनि स्थान दियो । पहाडी नेपालीहरुलाई, मधेशी नेपालीहरुलाई ब्रिटिस आर्मी तथा भारतीय सेनामा समेत स्थान पाएको देखिदैन । त्यसकारण नेपाली सेनामा पनि आफ्नो कोटाका सीटहरु राख्नु प¥यो । दलित, आदिवासी, मधेशी, महिलाहरुलाई आरक्षण सिटमा राखेका छन् । सरकारी नोकरीको लागि भएपनि कति हुन्छ र त्यो संख्या थोरै हुन्छ ।
आज नेपाली युवायुवतीहरुले स्वदेशमा रोजगारी नपाएको स्वरोजगार गर्न दिशानिर्देश सरकारबाट नभएकाले विदेशमा जे–जति दुःख पाएपनि रोजगारीको लागि विदेशिनु परेको छ । नेपालमा उद्योग मन्त्रालय तथा विभाग छन्, वाणिज्य विभागहरु सबै छन् तर प्रत्यक्ष अप्रत्यक्ष रुपबाट उद्योगीहरुको शोषण भइरहेको छ भन्ने गुनासाहरु थुप्रै छन् । त्यस्तै व्यापारी पनि शोषित भएका छैनन् भन्न मिल्दैन । यी दुबैको शोषणको भार अन्तमा जनतामाथि आइ परेको हुन्छ । आफ्नो देशका नागरिकलाई रोजगारी दिन नसकेर दासदासी कारखाना खोलेर वैदेशिक रोजगारीको नामबाट विदेश र विदेशीको चाकरी गर्नुपर्ने नेपाली युवायुवतीले बाध्य हुनु परेको छ । नेपाल भित्र अथाह सम्पत्ति छ भनिन्छ तर त्यो सम्पत्तिलाई प्रयोग गर्न सकिएको छैन । हरेक सरकार पंगु छन् । हाम्रा पहाडी जिल्लाहरुमा सबै थोक छदाछदै विदेशिनु परेको छ । हरेक डा“डाका“डालाई फलाउने फुलाउने काम गर्ने गराउने सरकारले हो । अथाह सम्पत्तिको नजरअन्दाज गरिएको छैन ।
सात दलहरुबाट नेपाली जनताले ब्लडमनी पायो पाएन सबैका सामु रहेको हुदा अब हामी के चाहन्छौं त्यसबारेमा आफ्नो भित्रि हृदय सित सल्लाह गरी नया“ नेपालको सीमाना कहा“सम्म रहने हो बढ्ने हो वा घट्ने त्यसबारेमा हाम्रा नेताहरु सित सोध्नुपर्ने हुन्छ । अब नेपालमा कुनै पनि दर्शनको संस्था, संगठन, पार्टी रहेन । आजको एमाले भोलीको माओवादी, आजको कांग्रेस भोलीको माओवादी तथा त्यस्तै ने.का. भोली एमाले माओवादी हुन सक्ने रहेछन् । नेताहरु सिद्धान्तविहीन अवश्य छन् तर जनताको कुरा गर्दा हामी जनता नेताहरुका चुनावी भगवान भाग्य रेखा कोर्ने परिक्षक समेत भएकाले निश्वार्थ भावनाले नेपालमा बस्ने नेपालीले हामी माथि शासन गर्ने शासकको छनौट गर्नु परेको छ । अब यो पार्टी ऊ पार्टीको भन्दा पनि सकिन्छ भने आफुले सोचे जस्तो पार्टीको नभएपनि देशको लागि अहित गर्न नसक्ने इमानदारितामा रहेको नेताको छनौट गर्नु उपयुक्त हुदा हाम्रो छनौटमा पर्नुपर्छ । बोल्नेको आटो विक्छ नबोल्नेको पिठो पनि विक्दैन भनेझैं जसले भाषण भिषणमा जादुगिरी गर्न सक्छ उसैले केही गर्छ भन्ने हामी नसोचौं । कुल मिलाएर हाम्रो नभनी राम्रो भनेर निर्वाचित गरौं । वैदेशिक रोजागारी होइन हामीलाई स्वदेशी रोजगारी चाहिएकोले मानव तस्कर दासदासीका उद्योगरुपी कम्पनीहरुको खारेजी समेत हाम्रो माग रहेको देखिन्छ ।







