“अमृत तत्व” कस्तुरी कुण्डल बेसे

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

कस्तुरी मृगको नाभीमा हुन्छ, त्यसको सुभाष यत्ति संवेदनशील, आकर्षक हुन्छ कि मृग खोजीमा दौडी रहन्छ । स्वयं उसलाई थाहा हुदैन बासना उसै भित्र नाभीमा छ । त्यो पशु हो । हामीलाई आश्चर्य लाग्ला आफै भित्रको खजानाबाट ऊ कसरी अनजान हुन्छ तर मानिस एक विवेकशील प्राणी हो । यस भित्र अनन्त खजाना छिपेको रहस्य महाज्ञानी,तत्वदर्शीहरुले पटक पटक भन्ने गरेका छन् । शाश्वत सत्य बताउने त्यस्ता महापुरुषहरु प्रति क्षणिक श्रद्धा भाव प्रदर्शन गरेपनि उपदेश व्यवहारिक जीवनमा पालन गर्न मायाले रोक्छ । अमृत तत्वको भण्डार हाम्रा भित्र छ यो प्रायः भन्ने गरेका छौं तर व्यवहारमा लागु गर्न असमर्थ रहन्छौं । यी र यस्तै कतिपय प्रसंग अभिव्यक्त गर्ने अभिलाषा धेरै दिन देखि थियो । मनमा अन्तरद्वन्द, अनिश्चय हुदा लेख्ने हिम्मत गरेको थिएन तर विविध घटनाक्रमले केही विश्लेषण गर्न आवश्यक लाग्दा समीक्षाको प्रयाश हो ।

यसमा अभिव्यक्त विषय सबैका लागि निश्चयात्मक नहुन सक्छन् । जस्ताको तेस्तै अपनाउन हुन्छ फरक पर्दैन भन्ने दावा गर्नु मेरा लागि धृष्टता हुनेछ । त्यसैले आफ्ना अनुभव मात्र व्यक्त गर्दैछु उचित लागेमा अमृत तत्वको झलक मिलेमा प्रयोग गर्दा अनुभवमा आउन संभव छ । हुनत यस्ता निरश अभिव्यक्ति र विषय पढ्न कमैको रुची भित्र होला भन्ने अनुमान छ ।

हाम्रो दिनचर्या कसरी सुरु गर्नेः– शरीरलाई सन्तुलित राख्न र संभार गर्न विहान उठ्ने वित्तिकै कुल्ला नगरी बासी मुखमा नै मनतातो पानी घूट घूट गरी विस्तारै पिउने, भरसक ४ गिलास पानी पिउनु ठीक होला । पानी पिउँदा उभिएर नपिउने, लहसुन र १ चम्चि मह मिलाई खाने तर लहसुन २ पीसको खोल उतारी टुक्रा पारेर कम्तिमा १५ मिनेटपछि मह सहित चपाएर खाने, मह छैन भने त्यसै खाने । आजभोली मधुमेह र उच्च रक्तचापको समस्या भयावह छ । त्यस सम्बन्धमा विवरणमा नगई नियन्त्रण गर्ने उपायका रुपमा राति मेथीको दाना १ चम्मच पानीमा भिगाइ विहान त्यो पानी पिउने, मेथीका भिगेका दाना चपाउने, राती सुत्ने बेला त्रिफलाचूर्ण १ चम्मच दूधमा वा हल्का गरम पानीमा मिलाइ पिउने पेटसफाईमा सहायक हुन सक्छ । ड्राइफूटमा खजूर २÷३ पीस पानीमा भिजाइ रातभर राखी विहान त्यो पानी पिउने र किसमिस बादाम खाने, नून पानीले कुल्ला गर्ने, चियाको ठाउँमा जुवान, हल्दि, अदरख, कालो मिर्च, तुलसी पात, दालचिनी उमाली सेवन गर्ने, चिनि पटक्कै नखाने, यसको स्थानमा १५÷२० ग्राम गुड खान सकिन्छ, मह गुड सिमित मात्रामा मधुमेह रोगीका लागि खान मिल्छ भनि जानकारहरु बताउँछन् ।

आश्चर्यजनक अमृत तत्व चुनामा पाइन्छ । गहुँ दाना बराबरको चुना आधा कचौरा दहीमा वा दालमा वा मनतातो पानीमा घोलेर खादा यत्तिका आश्चर्यजनक परिणाम हुने छन् जो सुनेर पनि सहसा विश्वास गर्न कठिन छ । यो अद्भुत तत्व रहेछ तर पत्थरी, ग्लौड वलेडर आदि रोगमा बर्जित छ । दिनमा कम्तिमा ३÷४ लिटर हल्का गरम पानी आवश्यक छ तर खानाको तुरुन्त पानी जहर समान र १÷२ घण्टापछि अमृत, गटागट कहिल्यै पानी नपिउने, फ्रीजको ठण्डा पानी वर्फ राखेको कहिल्यै नपिउने, रातमा हल्का भोजन गरी कम्तिमा पनि २ घण्टापछि मात्र सुत्ने, खाएपछि ८÷१० सय कदम हिड्ने, घर भित्रै भएपनि शरीरलाई गतिमान गरी राख्ने, दही छाँच रातमा नखाने । विहानको भोजन भरपेट खाने यो १० बजे भित्र सम्पन्न गरी सक्नुपर्छ । विहानको खाना पश्चात जूस खान मिल्छ । दिउँसोको खाना विहानको भन्दा १÷३ कम खाने, छाँच दही दिउँसो खान मिल्छ । रातको भोजन पश्चात दुध खान हुन्छ । विहानको नित्यकर्म शारिरीक रुपमा पवनमुक्ताशन गरेर मात्र पानी पिउने कर्म सुरु गर्ने, रातको खाना दिउँसोको भन्दा १÷३ कम हुनै पर्छ । विहानको घुम्नु अत्यन्त लाभदायक भन्ने आम मान्यता छ तर बाथका रोगीहरुका लागि भित्रै योगाभ्यास उचित होला भनि वैद्यहरुबाट सुने पनि हल्का घुमेपछि मात्र योगाभ्यास लाभकारी हुन सक्छ । सुत्नका लागि या त उत्तानो परेर सिधा श्वाशनमा वा बायाँतर्फ कोल्टे फर्केर सुत्नु भरसख दायाँ कोल्टे नसुत्नु उचित होला ।

प्रोस्टेड ग्लाइण्डले पनि धेरैलाई सताएको हुन्छ । त्यसको प्रकोप मैले पनि सहे । धुलिखेल टिचिङ हस्पिटलमा झण्डै २ वर्ष अघि विभिन्न जाँच गराए । अपरेशन अनिवार्य छ भनियो त्यसमा ध्यान नदिइ घर फर्के । मधुमेह, उच्च रक्तचाप पनि थियो । केही प्रयोगहरु गरे, हल्का औषधी लिएपनि यी दुबै पूर्णतः स्वाभाविक गतिमा आएका छन् । यसका लागि सन्तुलित दिनचर्या आवश्यक छ ।

प्रोस्टेड ग्लाइण्डबाट विना औषधी अपरेशन मुक्त भइसकेको छु । पुरुषत्व ग्रन्थी नै निष्क्रिय हुनेछ । साथै नपुसंकताको आशंका दर्शाउने विज्ञ डाक्टरहरुलाई झुठ्ठा सावित गरी दिएको हुनाले यो लेखबाट निजि विचार व्यक्त गर्दैछु । सबैका लागि यो नै समाधान हो भन्ने दाबा गर्दैन मेरो प्रार्थना छ ।

के गरे त प्रोस्टेड ग्लाइण्ड विफल गर्न ?ः– प्राणायामका अनमोल ज्ञान हजारौं वर्ष देखि पतञ्जली ऋषि हुदै बाबा रामदेवबाट जनजनसम्म पुगेको छ । अनुलोम विलोम, प्राणायाम गर्दा जब श्वास बाहिर फालिन्छ त्यसबेला ३ कर्म संगसंगै गर्ने; श्वास बाहिर फाल्दा, पेट भित्र र मलद्वार मुत्राशयबाट संकुचन गरी माथि तान्ने, क्रिया श्वास बाहिर फाल्दा जहिले पनि यौनेन्द्रियहरुबाट उर्धगमन खिचाब माथि लैजाने, प्राणायामका क्रियाहरुमा पनि श्वास बाहिर जाने पेट भित्र खुम्च्याउने, माथि संकुचन गर्ने प्रक्रियाबाट सहजै परिवर्तनको अनुभुति गर्न सकिन्छ । यस्ता अनन्त ज्ञान भण्डार छन् जसमा कुनै मुल्य तिर्न पर्दैन । थोरै प्रयत्नबाट अमृत तत्व सहजै प्राप्त गर्न सकिने यथार्थ मायाले भुलाउँछ ।
यत्तिकै सहज सुगम क्रियाहरु एकातर्फ छन् भने सावधानी उत्तिकै आवश्यक छ । लहसुन, मह वरदान हो तर एनिमिया, निम्न रक्तचाप, गर्भवती, अल्सर, एसिडिटि भएमा सेवन गर्न निषेध छ । प्राणायाम जीवनको कायाकल्प गर्न सक्छ तर सही विधि नअपनाए विपरित प्रभाव पर्न सक्छ । सबैका लागि एकनास प्रयोग संभव हुदैन त्यसैले मात्रा, विधि, शारिरीक क्षमता, विज्ञहरुको सल्लाह सुझावबाट जीवन रुपान्तरित गर्न संभव छ ।
कस्तुरी कुण्डल बसै ओउम ।।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *