२०४६ को आन्दोलन र राजा विरेन्द्र

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–बलदेव अवस्थी
२००७ सालको प्रजातन्त्रलाई जोगाउन राजा, जनता, नेता सबैको संयुक्त प्रयास रह्यो । २०१५ सालसम्म जब २०१५ को आमनिर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्याई सरकार बनायो हर्षै–हर्षले मात्तिन पुगेको कारण मात्र नभई भारतको षड्यन्त्रमा नेपाली माथि प्रत्यक्ष अप्रत्यक्ष हस्तक्षेपले सीमा नाघी सकेको थियो ।

एसियामा सबैभन्दा जेठो राष्ट्र भएकाले कसरी तल पारिन्छ भनि नयाँ स्वतन्त्रता प्राप्त गरेको भारतका केही नेताहरुले षड्यन्त्रका तानाबाना बुनी रहे । नेपालका नेताहरु तथा हामी नेपालीहरुले लड्न जानेका थियौं तर बुद्धिचाल र षड्यन्त्र अविश्वास तथा विश्वासघातको बारेमा कहिल्यै कसै माथि शंका गएन । धर्मको लडाई सिकेका नेपाललीलाई अधर्मी युद्ध (लडाई) को बरोमा पनि ज्ञात थिएन । अंग्रेजहरुले नालापानीको युद्ध जित्न नसकेको अवस्थामा एक तत्कालिन स्थानिय नेपाली सित अंग्रेजले मितेरी गाँसी नालापानीको किल्लामा गएको पानीको मुहान सिकाई माग्यो र सहजरुपले पानीको मुहान बन्द गरेपछि नेपाली सैनिकहरुले पानी सम्म पिउन नपाई किल्लाबाट बाहिर निस्कदा हातमा नाङ्गो खुकुरी तरबार चम्काउँदै आएको दृश्य देखेर अंग्रेज सैनिक चकित परेका थिए । उहिलेका हाम्रा पूर्खा विदेशी शुत्र पक्षसित त्यसरी लड्दथे भने त्यसपछि परस्पर लड्ने हत्या गर्ने क्रम भण्डारखाल, कोतपर्व लगायतका घटनाहरुले देखाएको छ ।

२००७ सालमा भारतको सहयोगबाट जहानिया राणा शासनको बहानामा नेपालको सरकार माथि महला भयो । प्रजातन्त्रको नामले नेपाल माथि अप्रत्यक्ष शासन गर्न खोजेको कारणलाई समेत आधार मानि २०१७ साल पुष १ गतेको स्थापनापछि दुबै छिमेकी राष्ट्रमा नभएको निर्दलिय पञ्चायती प्रजातन्त्र नामको शासन व्यवस्था कायम गर्दा चीन र भारत दुबै देश चकित रहेका थिए । बौद्धिक खेलमा राजा महेन्द्रले दुबै देशको प्रत्यक्ष हस्तक्षेपबाट टाढा रहने प्रयास गरेका थिए ।

अन्तमा नालापानीमा गएको पानीको मुहान अंग्रेजले मित सित सिकाई मागेझैं भयो । राजा महेन्द्रलाई मार्न जनकपुरमा महेन्द्र चढेको गाडीमा बम हानियो । त्यसपछि राजा विरेन्द्रको पूर्वाञ्चल भ्रमणमा जादा विराटनगरमा बम हानियो तर राजा त्यसमा पनि बचेकै हुन् । जब सम्म नेपालमा राजसंस्था रहन्छ तब सम्म नेपाललाई टुक्राउन र सिक्किमिकरण गर्न नसकिने पक्का भएपछि मात्र नेपाली नेता तथा सैनिक राजाको घाँटी जोडेर मात्र राजसंस्था माथि हमला गर्न सफल भए । यदि देशको खातिर राजा र आफ्नो घाटी जोड्नेहरुले पनि जोडेको भए राजसंस्था माथि क्रुर हमला हुने थिएन । देशको खातिर यदि कसैले सोचेको थियो भने व्यक्ति माथि भौतिक हमला नगरी निरंकुशता माथि गर्नुपर्ने थियो । देशको व्यवस्था नेपाली जनताको इच्छा विपरित परिवर्तन गरेको र आफुले रचेको षड्यन्त्र नामको पार्टी ठीक नभएको भन्दै एक जना नायकले पार्टी र सभासद् समेत परित्याग गरी नयाँ पार्टी खोली राजनीतिक गतिविधि गरी रहेका छन् । आज राजा राष्ट्रपतिको सुरक्षाको जिम्मा सरकार र सेनाको थिएन भनी जनतामा झुठ्ठा भ्रामक कुराहरु फैलाई रहेका छन् । त्यस सम्बन्धमा कसको जिम्मेवारी थियो र छ भनेर विश्वका जुनसुकै स्वतन्त्र राष्ट्रलाई सञ्चालन गर्ने सञ्चालकलाई नेपाली जनता नेताले सोधेमा बताई दिनेछन् । कारण के भने ती राष्ट्रहरु स्वतन्त्र रुपले सही गलत कुराको बारेमा निश्वार्थ रुपबाट बताई दिनेछन् ।

आज हामी नेपाली गौरवशाली छौं विश्वमा नेपाल जन्मजात स्वतन्त्र भएर जन्म्यो केवल पीडा एक मात्र छ अन्तमा आएर राणा सरकार र नेपाली जनताले जोगाउन सकेन । प्रजातन्त्र देशको गहना हो गहना छान्न सकेनन् । २००७ पछि प्रजातन्त्रको पुनरबहाली २०४६ सालमा भयो । २०४७ मा संविधान बनेपनि ती संविधानहरुलाई विद्यार्थीका पुस्तकझैं सम्झे, देश डगमगायो । बहुदलिय व्यवस्थाको पुनरबहाली गर्न भारतका नेता, सरकारको खास गरी कांग्रेस आईको प्रमुख भुमिका थियो कि नेपालको परिवर्तित व्यवस्थाको व्यवस्थापन गर्न आफैले पाउनुपर्ने आशा षड्यन्त्र थियो । २०१७ मा राजा महेन्द्रले २००७ सालमा भएका मैत्री सन्धीका धेरै दफाहरु लागु गरेनन् र आजसम्म पनि कार्यान्वयनमा आएनन् ।

जुन दफाहरु नेपालको अहितमा थिए ती लागु नै गरिएन । हातहतियार, खरखजाना अर्थात् सामरिक सामग्रीको बारेमा नेपाललाई चाहिने जति सस्तोमा जो मुलुकले दियो उसैबाट किन्ने नीति राजा विरेन्द्रले लियो तर महंगोमा पनि भारतबाट नै किन्नुपर्ने बाध्यता भारतले देखायो र नेपाली नेताहरुले पनि समर्थन जनाए । त्यसको परिणाम थियो २०४५ चैत्र १० गते नेपाली माथि भारतले लगाएको पारवहन र व्यापार नाकाबन्दी । छिमेकी राष्ट्र नेपाललाई न शान्ति क्षेत्र बन्न दिने न आत्मसुरक्षाको अन्य व्यवस्था । भारतीय मूलका नेपाली तथा राजनीतिक विपरित ध्रुवमा रहेका नेताहरुलाई हातमा लिई नेपाल माथि सोझैं हैकम चलाई रहेको २००७ साल देखि नै हो । त्यो भन्दा पूर्व त भारतमा भारतीयहरुको शासन नै थिएन । २००७ सालसम्म स्वतन्त्र रहेको नेपालले बाध्य भएर परतन्त्रमा जानु प¥यो भन्ने कुरा भनिरहनु पर्दैन कामकुराले देखाएको छ ।

आफ्नो देशलाई आवश्यक पर्ने अन्न, लुगाकपडा तथा उपभोग्य वस्तु, सामरिक सामाग्री अर्थात् हतियारसम्म आफ्नै देशमा बनाउने क्रम राजा महेन्द्रबाट सुरु भयो तर हातहतियारको हकमा शान्ति क्षेत्रको प्रस्तावलाई भारतले अस्वीकार गरेपछि र नेपालको संविधानबाट पनि त्यो दफा हटाई सकेपछि स्वदेशमा तथा दक्षिण एसियाकै लागि सस्तो, कम लागतमा सुरक्षा सामग्रीको उत्पादन गर्न कारखाना खोल्न तयार भएको अवस्थामा नै उनी माथि हमला भयो ।

सबैलाई थाहा छ विदेशी शक्ति सित झुक्नु भन्दा आफ्नै नेपालीहरु सित झुक्नु पर्ने वेश छ भनी राजा विरेन्द्रले हुदलवादी नेतामाझ झुकी राष्ट्रको हित चाहेकै हुन् । जे–जति सम्मान आफ्ना नेताहरुलाई दिएपनि नेताहरु गिरिजाप्रसाद कोइराला समेतबाट कुनै कदर भएन, मानवियता समेत धराशायी भयो । मौजुदा लोकतन्त्र, प्रजातन्त्रमा प्रजातान्त्रिक सरकारको साथमा दरबारको सुरक्षाको लागि काठमाण्डौंमा दरबार वरिपरि २५ हजार सैनिक प्रधानमन्त्री, प्रधानसेनापतिको नियन्त्रण रेखदेखमा रहेका राजा विरेन्द्रको वंशनाश हुने गरी हत्या हुनु चानचुने कुरा होइन । सरकार र सुरक्षाकर्मीहरुलाई थाहा थिएन छैन भन्नु मिल्दैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *