प्रदेशको राजधानी र नाम धर्म निरपेक्षताकै बाटोमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हिमाली क्षेत्रमा स्वायत्त रुपमा असङ्गठित रुपमा रहेका बाइसे र चौविसे राज्य एवं हिमालयका आँगनमा रहेका अन्य राज्य समेतलाई मिलाएर तत्कालिन दूरदर्शी राजा पृथ्वीनारायण शाहले एकिकरण गरेर नयाँ राज्यको ‘नेपाल’ नामाकरण गरी काठमाण्डौं उपत्यकालाई राजधानी बनायो । पृथ्वीनारायण शाहको यो निर्णय नेपालका लागि मात्र नभई विश्वकै लागि अनुकरणीय र उदाहरणीय हो । जितेको राज्यमा नै राजधानी बनाउनु र एकिकरण गरिएको राज्यको नाम आफ्नो राज्यको नामबाट नराखेर ऐतिहासिक एवं पौराणिक महत्व बोकेको ‘नेपाल’ नाम राख्नु यो पृथ्वीनारायण शाहको महानता हो । त्यसैले उनलाई बडामहाराजाधिराजको उपाधी दिइएको छ ।

नेपाल शब्द हिन्दू धर्मग्रन्थमा मात्र छ । धर्मनिरपेक्ष भनिएको नेपालका अन्य कुनै धर्मका धर्मग्रन्थमा नेपाल शब्दको सुगन्ध पनि छैन । अब विज्ञ पाठकज्यूहरुले आफै अनुमान लगाउनु प¥यो कि नेपाल हिन्दू देश हो वा निरपेक्ष देश हो । जसको नाम नै शास्त्रीय छ त्यो विधर्मी अर्थात् धर्म निरपेक्ष हुन सक्तैन । नेपालको सन्दर्भमा धर्म निरपेक्ष भन्नुको अर्थ सबै धर्म समान हुन, राज्यको कुनै धर्म हुदैन राज्य जड हो भन्ने होइन, सापेक्ष अर्थमा नेपालमा धर्मनिरपेक्ष भन्नु हिन्दू धर्मको नास गर्नु, सनातन परम्परालाई खल्बल्याएर विधर्मी, पाखण्डी, धर्मान्तरणका मशिहा, परम्पराका विरोधीहरुको रजाई र कजाई गर्नु हो । त्यो न हुन्थ्यो भने धर्मका नाममा मुस्लिम आयोग गठन नहुनुपर्ने, धर्मान्तरमा संलग्न स्वदेशी तथा विदेशी संघसंस्था माथि प्रतिबन्ध लगाउनु पर्ने हो तर त्यसो गरिएको छैन । तसर्थ नेपालमा कसैले पनि नउठाएको धर्म निरपेक्षताको कुरा रातारात सदनबाट पारित गरियो ।

नागरिक लोकतन्त्र र देश संग गारिएको यो बराबरको गद्दारी, धोका र पाखण्ड केही हुन सक्तैन । २०६२÷६३ को बसन्त आन्दोलनमा स्वयं मैले भाग लिएको हुँ । महेन्द्रनगरको मदनचौक भेटघाट चौतारी हुने गरेको आन्दोलनमा मैले भाषण दिएको हुँ, कविता बाचन गरेको छु । जिन्दावाद र मुर्दावादको नारा लगाएको आवाज आज पनि यदाकदा भेटघाट चौतारीमा बस्दा सम्झना आउँछ । त्यसमा कहीकतै धर्मको बारेको कुरा उठेको थिएन । देशभरी कहीकतै पनि सभा, आमसभा, जुलुस आदिमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउनु पर्छ भन्ने माग थिएन । चैत्र २५ गतेदेखि बैशाख ११ गतेसम्म चलेको बसन्त आन्दोलनले उठाउँदै नउठाएको सनातन हिन्दू राष्ट्रलाई धर्मान्तर गरिने गरी हिन्दू धर्म निरपेक्ष बनाइयो । वास्तवमा नेपाल धर्म निरपेक्ष राष्ट्र नभई हिन्दू धर्म निरपेक्ष राष्ट्र भएको छ ।

हिन्दूलाई राजासंग जोडेर राजा र हिन्दूको बदनाम गर्न खोजेको छ । राजा शब्द आफै नराम्रो होइन । नेपालमा कुनै एक दुई राजाले गल्ती ग¥यो भन्दैमा राजा शब्द नै खराब हो भन्न सकिदैन । हामी मानस प्रदेशका निवासीहरु त यस क्षेत्रमा राज्य गरेका चन्द, मल्ल, शाह, शाही, पाल राजखानदानका व्यक्तिहरुलाई सम्मानपूर्वक ‘राजा’ शब्दले सम्मान गर्ने गर्दछौं । यो यथार्थ कुरा नेपालमा नेताहरुले कहिले बुझ्लान् । हिन्दू धर्म राजधर्म हो राज्यको धर्म हो । कुनै एउटा राजा महाराजाले बनाएको धर्म होइन । नेपालका राजा हिन्दू धर्मावलम्बी हुन् तर हिन्दू धर्मका पर्याय चाही होइनन् । नेताहरुले यो कुरा बुझेनन् । साँचो अर्थमा हिन्दू धर्मले राजालाई जन्माएको हो । नेपाली राजाले हिन्दू धर्म जन्माएका होइनन् । नेताहरुले धर्म निरपेक्ष राज्य घोषणा गर्दा गौरव गरे ।

आजपनि कतिपय हिन्दू धर्म विरोधी नेताहरु धर्मनिरपेक्षता नेपालको सबैभन्दा ठूलो देन भन्ने गर्दछन् । धिक्कार छ यस्तो भन्ने ती नेताहरुलाई । हिन्दूको देशमा हिन्दू धर्म कै विरोध गर्नेहरुले अब राज्यको नाम र राजधानीमा पनि यही गद्दारी गर्न सक्छन् । नागरिकले यस प्रसङ्गमा सचेत हुनुपर्ने हो । नेताहरुले खबरदारी गर्नु पर्छ । हाम्रो प्रदेशको नाम तथा राजधानी के हो भनेर सोध्नु पर्ने हो तर त्यस्तो भएको देखिदैन । त्यसैले राज्यको राजधानी र नाम रमार्गबाट हुन सक्छ सावधान ! सावधान ! सावधान ! (लेखक आध्यात्मिक प्रवक्ता हुनुका साथै मानस चिन्तक समेत हुन् ।)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *