किन निर्धन व्यक्ति, समाज स्वतन्त्र रहन सक्तैन ?








यदि हामीमा आत्मबल छैन र निर्धनी पनि छौं भने स्वतन्त्र जिवन विताउन हिम्मत नआएको हामीले प्रत्यक्ष देखेका छौं । नेपाल सरकार नेपाली युवाहरु निर्धन भएर नै धनीहरुको चंगुलमा फसेका छन् । सरकार संचालकहरुमा स्वाभिमानता छैन । यिनलाई धन चाहिएको छ, आफ्नो स्वाभिमानलाई बन्धकी राखेर धन चाहिएको रहेछ । त्यसका अथाह प्रमाणहरु हामी सित छन् । पहिलो हो नेपालमा दास खरीद विक्री कम्पनीहरु खोलिएका छन् । दास कम्पनीहरुबाट नै देशले रेमिटान्स पाई रहेको छ र राज्य संचालकहरुको खर्च व्यवस्था चलिरहेको छ भने निर्धन कै कारण राज्य व्यवस्था र नेपाललाई नयाँ नेपाल बनाउनेहरुले नेपाल र नेपाली माथि धर्मनिरपेक्षता लाद्नु प¥यो । यदि नेपाली र नेपाल माथि धर्मनिरपेक्षता लादिएन भने नेपाली नेताहरु क्रिश्चियन र मुस्लिम राष्ट्रहरुबाट आर्थिक सहयोग नपाउने नदिने भन्ने हावा जनतामा फैलाई धर्मनिरपेक्षता स्वीकार्न लगाउँदैछन् । यी प्रमाण हुन् निर्धन भएर स्वतन्त्रताको लडाई लड्न नसक्दा रहेछन् भन्ने ।
त्यस्तै लाजमर्दाे प्रमुख कुरा हो चन्द्रशमशेरको पालामा दासदासी मुक्तिको घोषणा भइसकेपनि त्यसले आज वैज्ञानिक रुप लिएको छ । दासदासी खरीद विक्री कम्पनीहरु मेनपावरको रुपमा खुलेका छन् तर धन कमाई स्वाभिमानका साथ रहने उद्देश्य नै हो भने त देशभरीका बेरोजगार अटाउने औद्योगिक प्रतिष्ठान पनि त खोल्न सक्दथ्यो नेपाल सरकार तर चाहेन । दासदासी उद्योगीहरुले नेपालका युवायुवतीहरु लाई तेस्रो राष्ट्रका सेठ, पूँजीपति वर्गहरु द्वारा शोषण गराउन नेपाल कि चेली छोरीहरुलाई मुस्लिमहरुको मोजमस्ती ऐस आरामको लागि घरेलु कामदारको रुपमा पनि पठाएका छन् । हरेक दिन दर्दनाक घटना, दासदासीको हिंसा हत्या भइरहेको दृश्य सरकार र नेताहरुले कसरी हेर्न सकेका छन् बुझ्न सकिदैन । त्यस्तै गर्न गराउनको लागि २५ हजार सैनिकको घेरा भित्र रहेको राजा वीरेन्द्रको हत्या गरिएको त होइन भन्ने जिज्ञासाहरु आउन थालेका छन् । १ लाख देखि १७÷१८ लाख खर्च गरी विदेश जाने नागरिकहरुको त्यो रकमबाट निकासी मुलका उद्योगहरु फस्टाउने थिए कि थिएन ?
आज नेपालमा सिँचाईको लागि भनेर ठाउँ ठाउँमा नहर, कुला तयार भएका छन् ती सिञ्चित क्षेत्रमा वैज्ञानिक तरिकाले उन्नत खेती घटीमा तीन तुलसम्म फलाउनु पर्नेमा खेत बाँझा राखेर नागरिकहरु अघोषित शरणार्थी जस्तै विदेश गएका छन् । विदेशको बारेमा सबैलाई थाहा छ कुनै देशमा राम्रो छ त कुनै देशमा अति नै दुःखदायी स्थिति रहेको
देखिन्छ । जसरी पहाडबाट तराईतिर सर्दै आएका छन् त्यसरी नै तराईबाट पहाडी जिल्लाहरुमा बसोबास सराउन सके यहाँका युवाहरु बेरोजगारी हुने थिएनन्, हरेक ठाउँमा सुख्खा मेवा, ओखर त्यस्तै नगदे फलफूल सुन्तला, मौसमीको खेती गरेमा यातायातको सुविधा भइसकेकोले त्यहाँका जनताको आर्थिक उन्नति अवश्य माथि उक्लने थियो भन्ने तर्फ सरकारको ध्यान जानु आवश्यक छ ।







