प्रमुख जिल्ला इन्जिनियर अख्तियार द्वारा रंगेहात पक्राउ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर । नेपालको आर्थिक नियमावली र ऐनले यति रुपैयासम्मका योजनाहरु कार्यालय प्रमुख त्यसपछि विभागिय प्रमुख, सचिव, मन्त्री तथा नेपाल सरकारले स्वीकृति गर्न सक्ने छ भन्ने प्रावधानहरु राखेका छन् । देशमा निर्माण हुने हरेक विकास निर्माणका काममा ठेक्का हुने वित्तिकै स्वीकृत गर्न केही प्रतिशत, त्यसपछि बिल बनाउँदा केही प्रतिशत र अन्तमा जाँचपास गर्दाको प्रतिशत समेत कमिसनको दर जिल्ला देखि केन्द्रसम्म सबै पदाधिकारीहरुलाई थाहा छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला ईन्जिनियर र सहायक ईन्जिनियरलाइ ६ लाख नगद घुस लिदै गर्दा रंगे हात पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला ईन्जिनियर केदार शर्मा र सहायक ईन्जिनियर डण्डीराज पाण्डेको साथबाट सेवाग्राहीबाट घुस लिएको रकम बरामद गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता खेमानन्द पाठकले सेवाग्राहीबाट घुस लिदालिदै गरेको अवस्थामा दुवै जनालार्ई पक्राउ गरेको बताउनु भएको छ । उनका अनुसार सेवाग्राहीबाट घुस लिएको नगद ६ लाख रुपैया प्रमुख जिल्ला ईन्जिनियर केदार शर्माको निवासबाट बरामद गरिएको छ ।

यस्तै लिएको ९ लाख र ५ लाख ३० हजारको बैंकको चेक समेत सेवा ग्राहि बाट दुवै जना ईन्जिनियरले लिएको र सो कार्यालय कै अन्य कर्मचारी चेक साट्न कैलाली गएकाले सो बारे समेत अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख बिष्णु सिह बिष्टले जानकारि दिनु भएको छ ।

७ नम्बर क्षेत्रमा अख्तियारको कार्यालय स्थापना भएदेखि पहिलो पटक कार्यालय प्रमुख र उच्च कर्मचारी घुस सहित पक्राउ गरेको यो पहिलो घटना हो ।

यस अघि कार्यालय सहयोगी देखि नायब सुब्बा सम्म रंगेहात पक्राउ पर्दै आएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले रंगेहात पक्राउ पारेका दुवै जना ईन्जिनियरलाई थप कार्बाहीका लागि कार्यालय ल्याईएको र दुवैका फाईल तयार गरेर आवश्यक कार्बाहीका लागि आयोगमा पठाउने तयारी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख विष्णु सिंह विष्टले जानकारी दिनुभएको छ ।

विकासे अड्डा जिल्ला प्राविधिक कार्यालयका प्रमुख र जिम्मेबार कर्मचारीले यसरी सेवाग्राहीबाट अवैध रुपमा मोटो रकम घुस लिन नछाड्दा विकास निर्माणका काममा समेत प्रभाव पर्दै आएको छ ।

उक्त लिइएको घुस रकम के कुन कामको लागि लिइएको हो भन्ने कुरा सार्वजनिक गरिएको छैन । यो घूस हो अथवा चलनचल्तीको कमीसन स्वरुप लिइएको हो त्यसको खुलासा हुनुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *