के नेपाल जलभण्डार र कृषिप्रधान देश हो ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

जसले जति लुकाउन खोजेपनि नेपालको यथार्थ लुक्न सक्दैन । हरियो वन नेपालको धन भन्ने नाराहरु २०२५÷३० सालसम्म चलेकै थिए । नेपालको हरियो वन दलाल, वन माफिया तथा सुकुम्बासीका नामले खाइ सकेको अवस्थामा नया“ नारा उठे जलश्रोतको भण्डार नेपाल भएकाले यो देशलाई हामी स्विटजरलैण्ड बनाउ“छौं भन्ने हाम्रा नारा जोरका थिए र अझै छन् पनि । नदि नालाले भरिपूर्ण नेपाल आज निरास किन बन्यो त्यसबारेमा गहन अध्ययन हुन जरुरी छ ।

वि.सं. २०४५ सम्म नेपालका नदिनालाहरु एकलौटी थिए । कर्णालीलाई हामी पूर्व र पश्चिम दुबै तर्फ लैजान सक्ने अवस्थामा थियौं । अब सूर्नया गाडलाई हामी सुरुङ बनाएर भित्रि मधेश वा मधेशतर्फ ल्याउन सक्दैनौं । २०४५ सालमा नेपाल माथि भारतले लगाएको नाकाबन्दी तब खुल्यो जब पंचायत व्यवस्थाको अन्त गर्ने घोषणा भएपछि बहुदलिय व्यवस्थाको पुनरबहाली भएपछि हाम्रा स्वाभिमानी विजेता नेताहरुले भारत सितको नाकाबन्दी खुलाउन नेपाल भारतका केही सहमति सम्झौता भए जसमा नेपालका नदिनाला दुबै देशका साझा हुनेछन् भनियो र भए । त्यसले गर्दा त्यसपछि नेपालका कुनै पनि नदिहरुको धार बदल्नमा प्रतिबन्द लागेको हुदा हाम्रा नदिनालाहरु आफुखुसी गर्न नपाउने व्यवस्था दुबै देशको समझदारीले भएका हुदा विद्युत उत्पादनमा समेत आ“च आएकोले जल श्रोतको धनी देशले आज भारतबाट विजुली खरीद गरी लोडसेडि· हटाउने काम भई रहेको छ । यस किसिमबाट लोडसेडि· कम गरेवापत् पुरस्कृत हुन खोज्नु नपर्ने भएपनि जनताबाट स्वागत नै भएको छ । विजुली बेचेर पैसा कमाउनुको साटो किनेर गुमाउनु परेको तितो सत्य हामी संग छ ।

कृषि प्रधान देश आज मजदुर प्रधान भएको छ । विश्वका कसै देशलाई मजदुर चाहिएका छन् भने नेपाल सित माग्दछन् । त्यति मात्र नभई स्वाभिमानी हामी खाडी मुलुकमा घरेलु काम गर्न त्यहा“का धनाड्यको ऐस आराम र मोजमस्तीको लागि नेपाली चेलिबेटी महिलालाई दिने गरेका कारणले पनि हाम्रा सिचाई योग्य खेतपनि बाझा परेका कारणले समेत अब नेपाली जनताले स्वदेशी कृषि प्रधानता त्यागी विदेशीएका कारण हाम्रो अन्न भण्डारमा ह्रास आएको हुदा आज हामीले अन्न विदेशबाट ल्याउनु परेको दुःखद कहानी छ र यसको अन्तको पनि संभावना धेरै कम देखिन्छ ।

नेपालमा स्वदेशी उत्पादन गराउनुको साटो नेपाली युवायुवतीहरुलाई विदेश पलायन गराउने खराब नीति नेपाल सरकारको रहेको हुदा सम्पूर्ण नेपालीहरुले चिन्ता लिनु कुनै खराब कुरा होइन । हाम्रा युवाहरुले स्वदेशलाई फलाउने फुलाउने इच्छा नगरेसम्म नेपालको प्रधानता विदेशको गुलामी नै रहनेछ ।

२० वर्ष पूर्व पहाडी जिल्लाहरु गुन्जायमान भइरहेका थिए । टनाटन बस्तीहरु भरिएका हुन्थे । आज ती बस्तीहरु उजाड गाउ“मा परिवर्तन भएका छन् । खेतीयोग्य जमीन खडेरी परेको छ । विदेशी दातृ मित्रराष्ट्रहरुको सहयोगबाट सिचाईको लागि बनेका कुलाकन्दराहरु आज बाझा परेका छन्, भत्किएका छन् । नेपाली जनताको प्रतिनिधित्व गर्न पहाडी जिल्लाका जुन ठाउ“बाट ३÷३ जना सभासदहरुको सिट थियो त्यो आज १ नं. सिटमा झरेको छ । एक व्यक्तिले त्यति ठूलो भु–भागलाई विकास तर्फ लम्काउन निकै धौ–धौ परेको छ । खोलानाला विद्युत उत्पादन लायकका नदिहरुको प्रवाह पहाडी क्षेत्रमा नै हुने भएकाले विद्युत उत्पादनमा सरलता आउने थियो । अब सबै कुरा तराई क्षेत्रबाट नै प्राप्त होस् भनेर पहाडीया नेताहरु अति कमजोर भएका कारण तराईतिर झर्ने मनसायले पनि त्यस क्षेत्रमा सिट संख्या घटाएको छ । यो हाम्रो नेताहरुको दुर्बलता बाहेक अरुकेही होइन । अरबौं रकम लगाएर बनाएका नहरहरुको पानी जंगलमा फाल्नु परेको छ । त्यसकारण यसतर्फ नेपाल सरकारको तुरुन्त ध्यान जाओस् भन्ने जनचाहना रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *