धर्म अमृत अथवा धर्म अफिम ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

धर्मको व्याख्या अनेक प्रकारले गरिएको छ । पहिलो प्रश्न त धर्म भनेको के हो र संसारमा भनिएको धर्म हुन् कि होइनन् ? साच्चै भन्ने हो भने धर्म भनेको वैदिक सनातन हिन्दू धर्म मात्र धर्म हो, बाँकीका त सम्प्रदाय हुन् । रिलिजन शब्दको अर्थ धर्म नभएर पन्थ वा सम्प्रदाय भन्ने हुन्छ । हिन्दू पन्थ वा सम्प्रदाय होइन । हिन्दू विचारधारा हो । मानवी चेतनाको उच्च विचारको संयोजन नै हिन्दू धर्म हो ।

धर्म कहिल्यै अफिम हुन सक्दैन, न धर्म जहर हो । कठै विचरा ! कार्ल माक्स के जानोस् धर्म के ? पन्थ के ? सम्प्रदाय के ? साँचो अर्थमा माक्सलाई सनातन हिन्दू धर्मको बारेमा कुनै जानकारी थिएन । आफू इस्लाम तथा ईसाइको बीचमा हुर्के बढेको हुनाले कुरान र वाइबलको कुरालाई नै धर्म मान्यो । सनातन ग्रन्थ वैदिक साहित्यक ज्ञानको वाछिटा समेत देखेन । फलतः धर्मलाई अफिम मानि दियो ।

तत्कालिन समयको क्रिश्चियन तथा चर्चको चर्चिकला देखेर धर्मलाई अफिम मान्यो विचाराले । क्रिश्चियन सम्प्रदायलाई धर्म मान्यो । माक्सको सबैभन्दा ठूलो गल्ती यही हो । सत्य कुरा गर्दा क्रिश्चियन लगायतका धर्म भनिएका सम्प्रदायहरु धर्म नभई पन्थ मात्रै हुन् किनभने धर्म कुनै व्यक्ति द्वारा स्थापित हुदैन । कसैले धर्मको संस्थापना पनि गर्न सक्दैन । धर्म त सनातन हुन्छ जसको न आदि हुन्छ न अन्त्य हुन्छ । त्यो नै धर्म हो । हुनत युरोपियन युनियन, ईसाइ मेसिनरी एवं चर्च तथा वामपन्थी, दषिणपन्थी लगायत हिन्दू धर्म विरोधी नेपाली नेताहरुले नेपालमा धर्म निरपेक्षता सबैभन्दा ठूलो उपलब्धी मानि रहेका छन् । धर्म निरपेक्षताको समर्थनमा कतिपय बौद्ध, किराँत, जनजाति र दलितहरु पनि लागे । बडो विडम्बना २०५८ सालको जनगणनामा १० प्रतिशत जनसंख्या रहेको बौद्ध धर्म २०६८ सालको जनसंख्या गणनामा ९ प्रतिशत भयो । बौद्ध धर्मावलम्बीहरुलाई यसको चिन्ता र चासो भएन कि हाम्रा १ प्रतिशत बौद्धहरु कहाँ गए । यसको खोजी गर्नुपर्छ भन्ने चिन्तन नै भएन ।

जबकि २०५८ सालमा शुन्य प्रतिशत रहेको क्रिश्चियन २०६८ सालमा अचानक बढेर १ प्रतिशत भन्दा बढी भयो । यो सबै बौद्ध धर्म तथा हिन्दु धर्म परिवर्तन गराएर धन र पदको लोभ दिएर ल्याएका सनातनी बौद्ध र हिन्दु हुन् ।

त्यसैले धर्म भनेको विचारधारा परिवर्तन हो भन्ने लाग्छ किनभने धर्म परिवर्तन हुन सक्दैन । सूर्य सधै तातो हुन्छ, चन्द्रमा शीतल हुन्छ । पानी तल बग्छ यो उसको धर्म हो जो परिवर्तन हुन सक्दैन । हो केही समयका लागि बादल लाग्ला, ग्रहण लाग्ला, यन्त्र लगाएर पानी माथि तिर जाला तर धेरै समय सम्म यो अवस्था रहन सक्तैन । यही दशा नेपालको पनि हो । एकातिर धर्मलाई अफिम मान्ने अर्काेतिर विदेशीको इसारामा धर्म निरपेक्ष अर्थात् हिन्दू धर्म विरोध गर्ने नेताहरुलाई देखेर हास्नु बाहेक अरु केही गर्न सकिदैन । धर्मलाई अफिम मान्नेहरुले धर्मका नाममा आरक्षण दिएर हिन्दू धर्मको विरोध गरेको स्पष्ट छ । संविधानमै मुस्लिम धर्म आयोग गठन गरेर के अन्य धर्म माथि प्रतिबन्ध होइन । धर्म निरपेक्ष राष्ट्र भनेर खुलमखुला क्रिश्चियनको प्रचार गर्न राजमार्ग बनाएर नेपाललाई इसाई स्थल बनाउन खोजेको होइन ? मुसलवानहरुलाई मक्का मदिनाको तीर्थ यात्रा गर्न नेपाल सरकारले पैसा दिदैछ, साथमा मन्त्री पनि पठाउँछ तर नेपाली हिन्दु र बौद्ध तीर्थयात्रीलाई कैलास मानसरोवरको यात्रा गर्न न भिसा दिन्छ न पास दिन्छ न त चीन तिब्बत सरकारसंग कुनै सन्धी सम्झौता गर्छ । सुनिदैछ अब त क्रिश्चियनहरुलाई जेरुसेलम तथा वेटिकन सिटी जानका लागि पनि नेपाल सरकारले पहल गर्दैछ । धर्मान्तर भइ ईसाइ बनेकाहरुलाई युरोपियन युनियनले यो व्यवस्था गर्ने र जसका लागि नेपालमा हिन्दू विरोधी सरकारको गठन हुनुपर्ने र प्रधानमन्त्री र राष्ट्रपतिले पनि आन्तरिक रुपमा क्रिश्चियन धर्म स्वीकार गर्नुपर्नेछ । यसका लागि केही दिन पहिले प्रेस विज्ञप्ति समेत जारी भई सकेको कुरा स्मरणीय छ ।

यदि यो कुरा साँचो हो भने नेपालमा साच्चै धर्म अफिम बन्नेछ । त्यही आयातित अफिमले नेपालको दिशा र दशालाई कता लैजाने हो यो नै आजको चिन्ताको विषय हो । समयमा सबैलाई चेतना भया ।।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *