मुक्ति सेनाको सफलता कि असफलता ?








सन् १९५० नोवेम्बर १० र ११ गते राती १०० जना मुक्ति सेनो वीरगञ्जमा बडा हाकिम माथि हमला गरी भारततर्फ लगि कैद गरे । सरकार र क्रान्तिकारी भनिने बीच गोली हानाहान भयो । थिरबम मल्ल शहीद भए । कार्तिक २६ गतेलाई क्रान्ति दिवस भनेर केही नेपाली स्मरण गर्दछन् भने केही नेपालीहरु शोक व्यक्त गर्दछन् ।
ती बन्दुकहरु हाम्रो पूर्खाले आर्जेको क्षेत्र जुन सुगौली सन्धीको नाममा गुमेको थियो त्यो क्षेत्र फिर्ता लिन भने थिरबम मल्ल लगायतले शहीद बन्न पाएन तर आफ्नै देशको सम्पत्ति लुटपाट नाम मात्रको मुक्तिको लागि शहीद भएकोमा नेपाली चिन्तित दःुखी छौं । विशाल नेपालका नेपालीहरु द्वारा जनतालाई मुक्ति दिलाएको भए स्थिर हुने थियो । प्रजातन्त्र २००७ को ठाउँ ८÷९÷१० सालमा ल्याए पनि हुने तर राजा त्रिभुवनलाई दिल्लीका पंडित जवाहर लाल नेहरुको हवाला गर्नु प्राकृतिक नियम संगत थिएन बरु राणा शासकहरुलाई नेपालले गुमाएको भु–भाग फिर्ता ल्याउने आन्दोलन गर्नु जायज भएपनि हाम्रा नेताहरुले नाजायज काम गरेका हुन् । देशको लागि एकले पनि शहीद हुन सकेन ।







