सुगौली सन्धी यसरी जीवित गराए

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

राजदरवारका पूर्व प्रमुख सचिव रेवतीरमण खनालले आफ्नो आत्मकथा ‘अनुभुति र अभिव्यक्ति’ नामक पुस्तकको २४९ पृष्ठ सान्दर्भिक लागेकोले साभार गरेका छौं ।

कृष्णप्रसाद भट्टराईले विभिन्न सिद्धान्त बोकेका दलहरुलाई मिलाई मन्त्रिपरिषद् मात्र सञ्चालन गर्नु भएन, बरु थोरै समयमा राम्रो संविधान निर्माण गराई निर्वाचन गराएर सत्ता हस्तान्तरण गराउनुभयो । गिरिजाले संसद्मा आफै संसदीय दलको र नेपाली कांग्रेस दलको नेता तथा बहुमत प्राप्त प्रधानमन्त्री भएर पनि सरकारको नीति र कार्यक्रम प्रस्ताव पारित गर्दा आफ्नै दलका सदस्यलाई उपस्थित गराउन ह्विप गर्न नसकी आफू पदबाट हट्नुप¥यो । त्यसबाट संविधानअनुसार प्रजातान्त्रिक बाटामा हिँडेको देश अस्थिरताको भुमरीमा फस्यो । भट्टराईले भारतले लगाएको नाकाबन्दी केही मात्रामा खुलाउनुभयो । यसरी गिरिजा भन्दा भट्टराई हल्का–फुल्का देखिए पनि देश हितमा भट्टराई अगाडी देखिनुभयो । पञ्चायतकालभर पनि भट्टराई नेपालमै बस्नुभयो, गिरिजा विदेशमा बस्नुभयो ।

२०४७ सालको निर्वाचनमा भट्टराईलाई अन्तर्घात गरेको दोष लागेपछि पनि तेस्रो पटकको निर्वाचन जित्नका लागि भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार बनाई चुनाव जित्न प्रयोग गरियो । ६ महिनापछि भट्टराईलाई हटाएर
राजनीतिमा अस्थिरता ल्याउने काम पनि गिरिजाबाटै भएको हो । यसरी गिरिजाले प्रजातन्त्रको राम्रो बाटो लागेको नेपालको राजनीतिलाई बिगार्नुभयो भन्ने धेरै बुद्धिजीविको भनाई छ ।

२०५३ सालमा संसद्बाट महाकाली सन्धि पारित गराउन सो महाकाली आयोजनाबाट नेपाललाई वार्षिक १ खरब २० अरब आम्दानी हुन्छ भनी एमाले नेता खड्गप्रसाद वली र विद्या भण्डारीले वक्तव्य दिएका थिए तर सो आयोजना धेरै वर्षसम्म बन्न सकेन । भारतस्थित अंग्रेज र नेपाल सरकारका बीचमा भएका सन्धि–सम्झौताहरु १९५० को नेपाल भारत मैत्री सन्धिको दफा ८ ले खारेज गरेकाले सुगौली सन्धि पनि खारेज भयो । सो सन्धिले कायम गरेको सीमा पनि समाप्त भएकाले नेपालले कुनै बेला पश्चिममा किल्ला काँगडा र पूर्वमा टिस्टा नदीसम्म दावा गरी दुःख देला भन्ने भारतलाई भएको भय भने यस सन्धिले हटायो । भारतलाई तत्काल फाइदा त्यही भयो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *