पृथ्वीनारायण शाह र एकता दिवस

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपालका नयाँ नेताहरुले नराम्रो परिपाटी बसाल्न खोज्नु नेपालको पूर्ण अहितमा रहेको छ । जसले जनताको हितमा काम गरेको छ गरी रहेका छन् र गरेका थिए उनको कदर मान सम्मान गर्नु जनता नेता सबैको धर्म हो । त्यो भन्दा पनि ठूलो कुरा हो जुन देशमा हामी बसेका छौं त्ये देशको उत्पत्ति उपलब्धि कसरी र कसले गरेका हुन्, देशमा राम्रो नराम्रो भन्दा पनि सर्वप्रथम हामी बस्ने ठाउँको कुरातर्फ विशेष ध्यान दिनै पर्दछ । आज हामी कुरा गरी रहेका छौं जनता सित म यति वर्ष तपाईहरुको हितको लागि जेल परेको हुँ भनी जनताहरुलाई निर्वाचनको समयमा आफ्नो पक्षमा पार्न खोजेका हुन्छौं । स्वार्थी जनता पनि त्यस्तो प्रलोभनबाट पछि परेका घटनाहरु थोरै छन् । नेताहरु आफ्नो पक्षका सबै काम गर्न तयार हुने तर जनताका पक्षका काम गर्न पछि पर्दछन् । त्यति मात्र होइन कि मतदानको बेलामा जनतालाई भगवान भन्ने मत पाई विजय भएपछि आफु भगवान बन्न खोज्ने तर जनतामा कसैलाई दलित, कसैलाई आर्य खस, बाहुन ठकुरीको पगरी भिराई कसैलाई हेप्ने षड्यन्त्र गर्ने काम जो भइरहेको छ त्यो जायज होइन । जसले जे भने पनि दलितको नाममा जे–जति बौद्धिक शोषण गरेर समाजमा दलितलाई चिनाई यी दलित हुन् भन्ने पहिचान गराउने जुन घृणित कार्य भएको छ त्यो राम्रो होइन । सबै जातजातिलाई समान सम्झनुपर्दछ तर विकासको पहुँचबाट बाहिर रहेका जो कोहीको पनि स्थलगत अध्ययन गरी लगत लिएर उनलाई पहुँचमा पु¥याउनु राम्रो कुरा हो ।

पृथ्वीनारायण शाहको नीतिमा सबै जातजातिलाई एकै बगैंचाको रुपमा लिएका थिए । त्यो बगैंचामा फूल्ने सबै फूल चौतार्फी जातजातिमा चल्दथे । पृथ्वीनारायण शाहले सर्वप्रथम एउटा देशको जन्म दियो । त्यसपछि जनताको एकता प्रजातन्त्रमा जोर दिनु भयो । उनको साथमा काम गर्ने मात्र होइन कि नीतिमा रहने सबै इमानदार थिए । काजी अमरसिंह थापा जस्तो इमानदार वीर बलभद्र कुँवर जस्ता पराक्रमी सबै थिए । अनि यो देशको संरक्षण र संबद्र्धन भएको हो । जुन देशहरुलाई एकिकरण गरेका थिए ती देशहरुका असन्तुष्ट सत्ताधारी पनि थिए होलान् उनीहरु मध्ये कसैले पृथ्वीनारायण शाहको विरोध गर्न खोजेका थिएनन् भन्न सकिदैन जे भएपनि सत्यतथ्य कुराको तौल कहिले पनि घटेन ।

वर्तमानमा पृथ्वीनारायण शाहप्रति नेपाली जनताको आस्था टुटाउन नेताहरु लागि परेका उदाहरणहरु छन् । पंडित जवाहर लाल नेहरु जसको षड्यन्त्रमा अंग्रेजले छोडेको नेपाली भु–भाग प्राप्त हुन सकिएन तर पनि गोरखनाथको शक्तिले गर्दा १९५० मा नेहरु सित भएको मैत्री सन्धीले भने त्यो गुमेको नेपालको भु–भाग फिर्ता भइसकेको छ तर त्यसमा चलन गर्ने हिम्मत र बुद्धि भने आज सम्मका कुनै पनि नेताहरुले पु¥याउन सकेको पाइदैन ।

यदि जंगबहादुर राणाले सुगौली सन्धीमा गुमेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी ठूलो भु–भाग फिर्ता ल्याए आफुले आर्जेको भुमि फिर्ता ल्याएकोमा राष्ट्र निर्माताको आत्माले मात्र होइन हामी दुर्गम क्षेत्र दुल्लु, दैलेख, जाजरकोट, सुर्खेत, अछाम, बाजुरा, दार्चुला, बझाङ, बैतडी लगायतका विभिन्न पहाडी क्षेत्रमा गुम्सीएर बसेका हामी आज तराईका जिल्लाहरुमा बसाई सरी आउन पायौं । गुमेको गुम्यै रहन दिएमा अंग्रेजहरु सित व्यक्तिगत खजाना लिई यी क्षेत्रहरुलार्य छोडि दिएको भए आज हामी यो क्षेत्रमा कामदार कुल्ली अर्थात् कृषि मजदुर समेतको रुपमा प्रवेश गर्ने थियौं ।

हामी हाम्रा नेता सरकारलाई के भन्न चाहन्छौं भने पंडित जवाहरलाल नेहरुको भन्दा बढी सम्मान हामी पृथ्वीनारायण शाहलाई देऔं अन्यथा यिनको नाम मेटाई दिने दुस्साहस गर्छौं भने एकदिन अर्काे आउनेछ, तपाईहरुको नाम निशान पनि मेटिनेछ । तसर्थ यो परम्परा नेपाल आमाको लागि खराव भएकाले तुरुन्त कुभावना हटाउ, पृथ्वी विनाको नेपालको कुनै औचित्य हुदैन । नेपाल पृथ्वीको साथसाथै हुनुपर्छ । भारत र चीनका राष्ट्रपतिहरुलाई शिरोधार्य गर्ने तर नेपाल निर्माताको हेला गर्ने परम्पराले नेपालको भाबी नेतृत्व पनि खतरामा पर्नेछ । यदि देशलाई एकशुत्रमा बाध्न खोज्ने हो भने यही ०७४ पौष २७ गते देखिनै पृथ्वी जयन्ती र एकता दिवस मनाउन सुरु गरौं । त्यति मात्र होइन उनको नीतिका केही अंशहरु पुरा गर्ने तत्कालिन श्री ३ जंगबहादुर राणा माथि पनि सम्मानको दृष्टि राखौं । पश्चिमाञ्चल र सु.प.को भलो अवश्य हुनेछ । अनि जंगेले आर्जेको जमीनमा हामीले बसेको पनि सार्थकता हुनेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *